Dictionary

All Word

34101 झर्रो वि. १. धुलो आदि झट्कारेर सफा पारिएको।
34102 झर्रो वि. २. नबिटुलिएको, चोखो, शुद्ध।
34103 झर्रो वि. ३ बाबुआमाको गुण लिएको, बाबुआमासँग काटीकुटी मिल्ने।
34104 झर्रो वि. ४. बाहिरी प्रभाव नपरेको।
34105 झर्रो वि. ५. निम्नतम सामाजिक पूर्वाधार पूरा गरी तल्लो जातीय कोटिबाट माथिल्लो कोटिमा प्रवेश गरेको ना. ६. त्यसरी माथिल्लो कोटिमा पुगेको कुनै व्यक्ति।
34106 झर्रोवाद ना. २०१३ सालतिर बनारसमा अध्ययन गर्ने भाषाप्रेमी व्यक्तिहरूले नेपाली भाषाको चोखो प्रयोगका लागि चलाएको, भाषामा सकेसम्म देशज र तद्भव शब्द मात्र प्रयोग गर्नुपर्छ भन्ने मतमा आधारित अभियान।
34107 झर्रोवादी वि. झर्रोवादको अनुयायी, झर्रोवादलाई अगाडि बढाउन प्रयास गर्ने (व्यक्ति)।
34108 झऱ्याइँ ना. झर्रो हुनाको भाव, गुण, अवस्था वा विशेषता, रोपना, विशुद्धता।
34109 झलक ना. १. घाम बत्ती वा बिजुली आदिको चहकिलो रूप, चमक, चहक; आमा।
34110 झलक ना. २. नजानिँदो झल्को धमिलो सम्झना, झझल्को।
34111 झलक ना. ३. सम्झना।
34112 झलकदार वि. झलक वा चमक भएको; झल्कने; चहकदार।
34113 झलक्क क्रि.वि. १. एकै छिन मात्र देखापर्ने गरी; झुलुक्क।
34114 झलक्क क्रि.वि. २. निमेषभर चम्कने वा झल्किने भएर।
34115 झलक्क क्रि.वि. ३. एकै छिन देखेको भरमा सम्झँदै।
34116 झलझल क्रि.वि. १. कुनै वस्तु लगातार झल्कने गरी झलमलाउँदो भएर।
34117 झलझल क्रि.वि. २. बारम्बार सम्झने किसिमले; झलझली।
34118 झलझलाइ ना. झलझलाउने भाव, क्रिया वा प्रक्रिया।
34119 झलझलाइनु क.क्रि. झलझलाउने होइन।
34120 झलझलाउँदो वि. झलझल गर्ने वा हुने, झलमलाउँदो।
34121 झलझलाउनु अ.क्रि चहकमहक देखिने गरी चलमलाउनु झलमलाउनु।
34122 झलझलाहट ना. झलझल हुने भाव, क्रिया वा अवस्था; झलझलाइ।
34123 झलझली / झलझलती क्रि.वि. लगातार झलझल भएर।
34124 झलमल क्रि.वि. १. घाम बत्ती आदिको उज्यालो वा कुनै वस्तुको सौन्दर्य देखिने गरी झलझल ना. २. रामरमिता, रमाइलो।
34125 झलमल्ल क्रि.वि. चारैतिर झलमल हुने गरी वा सौन्दर्य छरिएर, झलमल।
34126 झल्कनु अ.क्रि. १. सौन्दर्य वा प्रकाशले झल्ल हुनु, चम्कनु टल्कनु।
34127 झल्कनु अ.क्रि. २. मनमा कुनै आकृति, भाव वा सौन्दर्यको झल्का आउनु।
34128 झल्कनु अ.क्रि. ३. सम्झनु, भान पर्नु, उस्तै लाग्नु।
34129 झल्कनु अ.क्रि. झल्कने - वि. टलक भएको, चमकदार।
34130 झल्कने वि. टलक भएको; चमकदार।
34131 झल्काइ ना. झल्कने वा झल्काउने क्रिया-प्रक्रिया।
34132 झल्काइनु क.क्रि. झल्कने पार्नु।
34133 झल्काइलो ना. झल्कने खालको ; चमकदार।
34134 झल्काउनु स.क्रि. / प्रे.क्रि. बत्ती वा बिजुलीको प्रकाश फैलाउनु,।
34135 झल्को ना. १. कुनै वस्तु वा व्यक्ति देख्नासाथ हुने अस्पष्ट आभास हो कि, हो कि लाग्ने सम्झना; झझल्को।
34136 झल्को ना. २. मिथ्याभास; प्रतीति भान।
34137 झल्को ना. ३. चमक; झलक; टलक।
34138 झल्ट्याङमुल्टुङ / झल्ड्याङमुल्डुङ ना. १. हात, काँध आदिमा झुन्ड्याउँदा हल्लिने पोकापोकी, झिटीमिटी, झिटी झाम्टा।
34139 झल्ट्याङमुल्टुङ / झल्ड्याङमुल्डुङ ना. क्रि.वि. २. त्यस्तो पोकापोकी वा झिटीझाम्टा हल्लाउँदै झुन्ड्याउने गरी; झागलझुडुगल।
34140 झल्याँस्स क्रि.वि १. मस्त निद्रामा पनि एकाएक बिउँझने गरी एक्कासि चेतना वा होसमा आएर।
34141 झल्याँस्स क्रि.वि २. अचानक सम्झने किसिमले।
34142 झल्याकझुलुक क्रि.वि १. झरिलो वस्तु वा उज्यालो यदाकदा देखिने गरी; कहिलेकाहीँ मात्र घाम आदि देखिने चालसँग।
34143 झल्याकझुलुक क्रि.वि २. कुनै व्यक्ति वा वस्तु फाटफुट देखिने गरी; आकलझुकल।
34144 झल्याक्क क्रि.वि एक झमट देखिने वा झल्किने गरी।
34145 झल्याङकुलुङ क्रि.वि. १. यताउति हल्लने वा हल्लाउने गरी झल्ट्याडकुल्टुङ।
34146 झल्याङकुलुङ क्रि.वि. २. कहिलेकाहीं; कताकति; आकलझुकल।
34147 झल्ल क्रि.वि १. केही छिनका लागि चम्कने वा टल्कने गरी झल्कने किसिमले।
34148 झल्ल क्रि.वि २. चारैतिर छरिएर उज्यालो फैलने गरी झलमल्ल।
34149 झल्लझल्ल क्रि.वि बारम्बार झल्ल भएर।
34150 झल्लर ना. मन्दिरका छाना, चंदुवा, छाता, कुल आदिका छेउछाउमा शोभाका निम्ति चारैतिर झुन्डिएका मुजादार कपडा वा झुम्का।