Dictionary

All Word

34251 झामक ना. भट्टामा ज्यादा राप भएर डढेको ईंट, ईंको कीट।
34252 झामझुम क्रि.वि. १. कुनै पनि काम धेरै जना मिलेर छिटो सिध्याउने गरी २. थोरै खाद्य वस्तु धेरै जना मिलेर खाइसक्ने हिसाबले।
34253 झामझुम क्रि.वि. ३. झापझुप।
34254 झामझुम्म क्रि.वि. १. चारैतिरबाट एक्कासि छोप्ने वा छोपिने गरी।
34255 झामझुम्म क्रि.वि. २. अँध्यारो हुने किसिमले।
34256 झामझुम्म क्रि.वि. ३. एउटै काममा धेरै मान्छे झुम्मिने गरी।
34257 झाम्टा ना. हे. झाम्टो।
34258 झाम्टाझाम्टी ना. सानाठुला झाम्टाहरूको थुप्रो वा समूह।
34259 झाम्टिन अ.क्रि. १. झाम्टो हुनु, झाम्टाभाम्टी बन्नु।
34260 झाम्टिन अ.क्रि. २. गाँजिनु झाँगिनु।
34261 झाम्टो ना. १. रौं, धागो आदिको गुजुल्टो।
34262 झाम्टो ना. २. सप्लाएका सागपात आदिको बोट ३. चारैतिर हाँगाबिंगा फैलिएको बोटबिरुवा, झाँग, झाङ।
34263 झाम्टो झ्याम्टो; झ्याली।
34264 झार्नु स.क्रि १. अग्लो ठाउँबाट तलतिर पुऱ्याउनु; खसाल्नु; ओराल्नु।
34265 झार्नु स.क्रि २. भूतप्रेत वा बोक्सी आदि हटाउनका लागि मन्त्र पढेर फुकफाक गर्नु; झारफुक गर्नु।
34266 झार ना. १. प्रायः बालीनालीसँगै उम्रेर त्यसको वृद्धिमा नोक्सान पुयाउने घाँस।
34267 झार ना. २. तृण; घाँस।
34268 झारकुर ना. १.कपडालाई हातले झट्कारेर धुलोमैलो झार्ने काम; टकटक्या।
34269 झारकुर ना. २. फलफूल, अनाज आदि प्रायः पुरै खसाल्ने वा निकाल्ने काम।
34270 झारकुर ना. ३. कसैसित भएभरको रुपियाँपैसा आदि हात लगाउने काम।
34271 झारपात ना. रूखबाट खसेका पात र भुईंमा उम्रेका झारको समूह; घाँसपात; लहरापा।
34272 झारपोयर ना. १. धुलो, कसिङ्गर आदि झार्नेमिल्काउने काम झारर।
34273 झारपोयर ना. २. भएभरको सिद्ध्याउने काम; पाछपुछ।
34274 झारफुक ना. कुनै रोग वा भूतप्रेत हटाउने मन्त्र पढी कुश, कुचो, खरानी, जल आदिले बिरामीको शरीरलाई छुदै फुकेर उपचार गर्ने काम; त्यस्तो अन्धपरम्परागत पद्धति; झराइ र फुकाइ; फाकफुक।
34275 झारफुके वि. झारफुक गर्ने; फाकफुके।
34276 झारबुटी ना. बुटीका निम्ति प्रयोग हुने फार; वैदाङ्ग विधिअनुसार गरिने ओखतीमुलो।
34277 झारमौरो ना. सर्प, बिच्छी आदिले टोकेर शरीरमा फिंजिएको विष खिच्ने वा मार्ने हरियो रङको एक थरी पत्थर।
34278 झारल ना. जरायोका छाँटको एक जातको ठुलो मृग; हरिणविशेष।
34279 झारा ना. गन्जिफाका खेलमा रङको सबैभन्दा ठुलो अन्तिम चक्की नराखी जित्ने वा खानेजति जम्मै चक्की एकै बाजि लाम लगाई खेलिने दाउविशेष।
34280 झारा ना. १. सरकार, जमिनदार वा बिर्तावालले सरकारी वा सार्वजनिक काममा साधारण जनताबाट लिने पारिश्रमिकविनाको काम वा सहयोग।
34281 झारा ना. २. मन नलगाईनलगाई गरिने काम; करबलको काम।
34282 झाराको खेतालो ना. कामचलाउका रूपमा मात्र आएको मानिस; गालसम्म टार्ने मान्छे।
34283 झारा खेताला ना. ज्यालामजुरीविना वा सो लिएर काम गर्न आउने कामदार।
34284 झारा टार्नु टु. मन नलगाईकन काम गर्नु; करबलले काम गर्नु।
34285 झारातिरा वि. १. काराको काम गर्ने; झाराली।
34286 झारातिरा वि. २. मन नलगाईनलगाई काम गर्ने; अर्काको कर वा बाध्यताले मात्र काम गर्ने।
34287 झारातिराइ ना. मन नपरीनपरी गरिने काम; टारटुर गर्ने खालको कामकुरो।
34288 झारा तिर्नु टु. मन नपरीनपरी काम गर्नु; करबलले काम गर्नु।
34289 झारा फौज ना. पारिश्रमिक वा ज्यालाविना गुहारका लागि जम्मा गरेको फौज।
34290 झाराली ना. झाराको काम गर्नका लागि आएको व्यक्ति; गुहारे खेतालो बेठबेगारी।
34291 झारिनु क. क्रि. झार्ने काम गरिनु; खसालिनु।
34292 झारी ना. ठुलो पेट, सानो घाँटी र फुकेको मुख भएको; पेटबाट टुटी निस्केको लाम्चो खालको जलपात्र।
34293 झारखन्डे ना. १. झारपातको ओखती बनाई खुवाउने र फाकफुक गर्ने मानिस; गाउँघरको साधारण उपचारक।
34294 झारखन्डे ना. २. जोगीका भेषको बिकामे मान्छे।
34295 झारो ना. डन्डीबियाको खेलमा प्रयुक्त हुने चारको गणना वा सङ्ख्या।
34296 झार्लाङ्गे वि. १. कुनै पनि काम झारा टार्ने किसिमले गर्ने; रगढङ्ग नभएको।
34297 झार्लाङ्गे वि. ना. २. त्यस्तो मानिस।
34298 झाल ना. लहराहरूको झाड; एक अर्कामा जेलिएका लहराको समूह।
34299 झालर ना. प्रायः तराईवासी स्त्रीहरूले गोडामा लगाउने एक प्रकारको गहना।
34300 झालर ना. शोभा वा सौन्दर्यका लागि झुल, पर्दा आदि कपडामा फुर्का निकालेर लगाइने घेरो; झल्लर।