Dictionary

All Word

34401 झिम्रिनु अ.क्रि. १. रजस्वला हुनु; पर सर्नु; नछुने हुनु; पाखा लाग्नु।
34402 झिम्रिनु अ.क्रि. २. झ्याउरिनु; चाउरिनु।
34403 झिम्रिक्क क्रि.वि १. झुम्रिने वा ओइलाउने गरी; लोसे चालले।
34404 झिम्रिक्क क्रि.वि २. स्वात्तै; ख्वात्तै।
34405 झिम्रे वि. १. रजस्वला भएकी; नछुने भएकी; पर सरेकी।
34406 झिम्रे वि. ना. २. रजस्वला नारी।
34407 झिम्रेनी वि. पेट बोकेकी; गर्भिणी।
34408 झिम्सिङ्ङ क्रि.वि. अकस्मात् देखापर्ने गरी; जुमलुइङ।
34409 झिर ना. १. हुक्काको सुमेरुमा कस जम्ने भाग खोल्ने, बटारिएको, पातलो र लामो फलामे सुइरो; फलामको सानो डन्डी।
34410 झिर ना. २. काँचो मासु उनेर आगामा तताउने वा घाममा सुकाउने सुइरो।
34411 झिरकाठ ना. सलाई बनाउने काठ; सलाई।
34412 झिरको मासु ना. १. साह्रै सन्ताप; चर्को पिर।
34413 झिरको मासु ना. २. व्यर्थको झन्झट।
34414 झिरचिम्टा ना. १. फलामे चिम्टा।
34415 झिरचिम्टा ना. २. जो भएको सबै; सिरीखुरी।
34416 झिरलो ना. एकाएक आइपर्ने झोज; झिजो; पिरलो।
34417 झिरिक्क क्रि.वि. झुरिएका, सुकेका झिँजा वा धँसेटा आदि भाँचिने गरी; एक्कासि।
34418 झिरिप क्रि.वि. १. एकै चोटि छोप्ने गरी।
34419 झिरिप क्रि.वि. २. सिद्ध्याउने हिसाबले; चट्।
34420 झिरिप्प क्रि.वि. काम फत्ते हुने गरी; स्वाट्ट।
34421 झिरे वि. झिरजस्तो; झिरका छाँटको।
34422 झिरे लहरो ना. लहरा हुने आयुर्वेदका अनुसार पित्तशमन गर्ने एक लहरो।
34423 झिर्को ना. उज्यालाको ससानो झल्को; छिनछिनको चमक।
34424 झिर्नु / झिर्नो वि. थोत्रो वा पुरानो फाटेको, जीर्ण।
34425 झिर्नु / झिर्नो वि. २. चिन्ताले गलेको, दुब्लो, सिट्ठी।
34426 झिल ना. पानी जम्ने प्राकृतिक ठुलो पोखरी, ताल, दह।
34427 झिलङ्गो ना. खिउनी वा यस्तै रोटी पार्ने फलामे साँचो।
34428 झिलमिल क्रि.वि. कुनै वस्तु झल्कने वा ससाना कण चम्कँदा आँखा तिरमिराउने गरी झिलिकमिलिक।
34429 झिलमिल क्रि.वि. १.आँखा तिरमिराउने हिसाबले छिनछिनमा चम्कने गरी ना. २. रङ्गिन प्रकाशको आरोहअवरोह, आँखा तिरमिराउने तेजिलो झल्को।
34430 झिलिक ना. एकाएक चम्कने किसिम, सहसा चम्किने चाल।
34431 झिलिकमिलिक क्रि.वि. छिनछिनमा चम्कने प्रकारले।
34432 झिलिकमिलिक क्रि.वि. बारबार चम्किरहने गरी छिनछिनमा टल्कने हिसाबले।
34433 झिलिक्क क्रि.वि. १. चम्किला कण वा वस्तु छिनभर देखिएर अपर्झट चमक निस्कने हिसाबले।
34434 झिलिक्क क्रि.वि. २. बिजुली, आगो, बत्ती आदि एकाएक बल्ने गरी।
34435 झिलिक्क क्रि.वि. ३. कुनै व्यक्ति वा वस्तु एक्कासि देखापर्ने चालले।
34436 झिलिङ्गो ना. बलेको आगाको फिलिङ्गो; धप्केको कोइलो।
34437 झिलिमिली क्रि.वि. १. बत्ती वा रङ्गीचङ्गी वस्तुद्वारा झल्कने वा चम्कने हिसाबले, झलमल्ल, झकिझकाउ।
34438 झिलिमिली क्रि.वि. ना. २. बिजुलीको दृश्यावलीले राम्रो बनाइएको उत्सव वा तमासा रमाइलो वातावरण, रामरमिता।
34439 झिलिमिली झिल्ला ना. १. देउसी खेल्दा भट्टयाउनेले भन्ने शब्द।
34440 झिलिमिली झिल्ला ना. २. चारैतिर उज्यालै उज्यालो।
34441 झिलिमिली झ्याईं ना. रमाइलो वातावरण, रामरमिता।
34442 झीलियाँ / झिलैयाँ ना. . झाँझरबाट लेदो पिठो चुहाएर घाममा सुकाई पछि घिउतेलमा फुराउन मिल्ने गरी बनाइएको खाद्य वस्तु झिनियाँ।
34443 झिल्का ना. आगाको सानो कण, सानो अग्निकण।
34444 झिल्के वि. १. झल्को भएको, चमकदार।
34445 झिल्के वि. २. ठाँटिलो गुन्डो स्वभावको।
34446 झिल्के वि. ३. आँखा घुमाएर कुरा गर्ने ना. ४. लोकगीतमा प्रेमिकाले प्रेमीलाई भन्ने एक शब्द।
34447 झिल्केमिल्के वि. झिलिकमिलिक भएको ठाँटिलो र नक्कले।
34448 झिल्को ना. १. ज्यादै दुब्लोपातलो सिखो।
34449 झिल्को ना. ना. २. वाग्मती अञ्चलअन्तर्गत नुवाकोट जिल्लामा पर्ने एक गाउँ।
34450 झिल्टुङ वि. १. ज्यादै दुब्लोपातलो सिखो।