Dictionary

All Word

34551 झुत्र्याइनु क.क्रि झुत्रो पारिनु।
34552 झुत्र्याउनु प्रे. क्रि. झुत्रो पार्नु, फटाउनु, थोत्र्याउनु।
34553 झुन्ड ना. धेरै व्यक्ति वा वस्तुको थुप्रो, जमात, हुल, समूह।
34554 झुन्डिनु अ.क्रि. १. डोरी वा सिक्रीको भरमा भुईं नछुने गरी अडिनु उझन्डोमा बाँधिनु लट्कनु।
34555 झुन्डिनु अ.क्रि. २. झोलिनु लच्कनु।
34556 झुन्डिनु अ.क्रि. ३. गलामा डोरीको पासो लाएर मर्नु।
34557 झुन्डिनु अ.क्रि. ४. आशामा कुरेर बस्नु।
34558 झुन्डिनु अ.क्रि. ५. कुनै काम अपूरो भई बाँकी रहनु कुनै कार्य स्थगित भइरहनु।
34559 झुन्ड्याइ ना. झुन्डिने वा झुन्ड्याउने अवस्था, क्रिया वा प्रक्रिया।
34560 झुन्ड्याइनु क.क्रि लट्काइनु अड्याइनु।
34561 झुन्ड्याउनु प्रे. क्रि १. झुन्डिने पार्नु, लट्काउनु, अड्याउनु।
34562 झुन्ड्याउनु प्रे. क्रि २. गलामा पासो लाएर मार्नु।
34563 झुन्ड्याउनु प्रे. क्रि ३. कसैलाई कुनै आशामा अल्झाएर राख्नु।
34564 झुन्ड्याउनु प्रे. क्रि स.क्रि. ४. आसै आसमा धेरै समय कुराएर राख्नु, अबेर गर्नु, विलम्ब गर्नु।
34565 झुपडी ना. खर, स्याउला, छ्वाली आदिले छाइएको सानो कच्ची घर, सानो झुप्रो छाप्रो।
34566 झुपुक्क क्रि.वि. कागत, कपडा आदिले छोप्ने वा ढाक्ने गरी।
34567 झुपुक्क क्रि.वि. २. एकाएक निदाउने चालले।
34568 झुपुल्ले वि. कपाल, दाह्री नखौरेको र प्रायः चिथ्रा लुगा लगाएको, पुल्लो भएको।
34569 झुपुल्लो वि. लामालामा रौंले भरिएको, दाह्री, कपालको राम्रो सम्भार नगर्ने।
34570 झुपुल्लो वि. ना. २. त्यस्तो मानिस।
34571 झुप्प क्रि.वि. धेरै वस्तु वा व्यक्ति एकै ठाउँमा झुम्मिने गरी गुचुमुच्च।
34572 झुप्पा ना. हे. झुप्पो।
34573 झुप्पाझुप्पी ना. सानाठुला झुप्पाहरूको समूह।
34574 झुप्पिनु अ.क्रि. फलफूल आदि झुप्पाझुप्पा भएर फल्नु, लटरम्म हुनु, लदाबदी फल्नु।
34575 झुप्पिनु अ.क्रि. २. मानिस वा पशुहरू एकै ठाउँमा थुप्रिनु, चारैतिरबाट झुम्मिनु वा जम्मा हुनु।
34576 झुप्पु ना. चौरीको खच्चड।
34577 झुप्पे वि. झुप्पा भएको, झुप्पा हुने।
34578 झुप्पो ना. फूल, मञ्जरी आदिको गुच्छो, लटरम्म फलेको फलको झुत्तो।
34579 झुप्प्याइ ना. झुप्पो लाग्ने वा झुप्पिने क्रियाप्रक्रिया।
34580 झुप्प्याइनु क.क्रि झुप्पाझुप्पा पारिनु।
34581 झुप्प्याउनु प्रे. क्रि. झुप्पाझुप्पा पार्नु, झुत्र्याउनु।
34582 झुप्रlझुप्री वि. झुत्रो लगाउने, थाङ्ने।
34583 झुप्रlझुप्री वि. ना. २. केही झुप्राभुप्री- ना. [झुप्रो +झुप्री] सानातिना धेरै झुप्राको समूह।
34584 झुप्रlझुप्री वि. नभएको, निर्धन, परजीवी।
34585 झुप्री ना. सानो झुप्रो, छाप्री।
34586 झुप्रे वि. १. झुप्रोमा बस्ने।
34587 झुप्रे वि. २. गएगुज्रेको अवस्थाको; निर्धन; कङ्गाल।
34588 झुप्रो ना. पराले वा स्याउले छानु भएको सानो घर; झुपाडी; छाप्रो।
34589 झुम्नु अ.क्रि. १. नशालु पदार्थ लागेर लट्ठ पर्नु, झुल्नु।
34590 झुम्नु अ.क्रि. २. साहित्य, सङ्गीत, नृत्य आदिका रसमा लीन हुनु।
34591 झुम्नु अ.क्रि. ३. उड्नु।
34592 झुमडा ना. थारू जातिमा प्रचलित एक प्रकारको लोकनृत्य।
34593 झुम्का ना. १. चंदुवा, झल्लरी, छाता आदिका चारैतिर झुन्ड्याइने रङ्गीबिरङ्गी कपडाका फुर्का।
34594 झुम्का ना. २. नत्य, रिङ, बुलाकी आदिमा जडिएको लुर्कन।
34595 झुम्का वि. झुम्का भएको।
34596 झुम्काने जाबी ना. झुम्का हालेर बनाइएको जालीदार झोला।
34597 झुम्की ना. १. हुलाकीले टेकेर हिँड्ने भालासहितको के लट्ठी।
34598 झुम्की ना. २. कानमा लगाइने सानो झुप्पे गहना।
34599 झुम्के वि. झुम्का भएको।
34600 झुम्के फुली ना. स्त्रीजातिले नाकमा लाउने फुली।