Dictionary

All Word

34701 झुल्क्याउनु स.क्रि २. एकाएक मुख देखाउनु, झुलुक्क देखा पर्नु।
34702 झुल्क्याउनु स.क्रि प्रे. क्रि. ३. फुल्किन लाउनु, झुल्किने पार्नु।
34703 झुस ना. १. धान, गहुँ, जौ आदिका टुप्पामा हुने धुनिएको मसिनु काँडाजस्तो वस्तु एक प्रकारको जुका।
34704 झुस ना. २. काउछो, बाँस र किराफट्याङ्ग्राका जिउमा हुने मसिना काँडा वा रौंजस्ता वस्तुको समूह।
34705 झुसिनु अ.क्रि. कुनै वस्तु भाँडाको बिटसम्म भरिएर माथि उक्सिन माथिसम्म चुलिनु, कुसी हुनु।
34706 झुसिलो वि. धेरै खाएर अपच वा अजीर्ण हुँदा मुखबाट नमिठो गन्ध आउने ( डकार )।
34707 झुसिलो वि. झुस भएको, कुसले भरिएको, भुवादार।
34708 झुसिल्किरा ना. प्रायः वर्षा र शरद् ऋतुमा देखिने, जिउभरि कुकुस भएको एक जातको लाम्चो किरो।
34709 झुसी ना. माना, पायी वा अरू कुनै भाँडाको बिटभन्दा मास्तिर अटाएसम्मको भराइ, अन्नपात भर्दा बिटभन्दा माथि पारी भर्ने काम; अग्लो पारी भरिएको मराइ।
34710 झुसे वि. झुस भएको, झुसिलो, झुस्याहा।
34711 झुसे करेलो ना. बोक्रामा नरम झुस हुने र तरकारी खाइने छोहोराजस्तो आकारको फल।
34712 झुसे तिल ना. पहेँलो फूल फुल्ने र तेल पेलिने, टुप्पामा कुस हुने तिल।
34713 झुसे बारुलो ना. १. झुसैझुस हुने एक जातको बारुलो।
34714 झुसे बारुलो ना. २. भारेभुरे मानिस।
34715 झुस्याइ ना. १. कुसिने क्रिया वा प्रक्रिया।
34716 झुस्याइ ना. [झुस्याउ+आइ] २. झुस्याउने क्रिया वा प्रक्रिया।
34717 झुस्याइनु क.क्रि. झुसी पारिनु।
34718 झुस्याउनु प्रे. क्रि अन्नपात भर्दा मानो, पायी वा भाँडाका बिटभन्दा माथि थपेर चुली पार्नु उचाल्नु, झुसी पार्नु।
34719 झुस्याहा वि. धेरै झुस भएको, झुसिलो, झुसे।
34720 झुस्स क्रि.वि. १. ठाडाठाडा रौं उम्रने वा रहने गरी, कुस देखिने हिसाबले।
34721 झुस्स क्रि.वि. २. खातापाता बढेर दुब्लो देखिने चालसँग।
34722 झूट वि. हे. कुट।
34723 झुतमुट वि. हे. झुटमुट।
34724 झुल्किनु अ.क्रि. झुल्कनु।
34725 झुसिलो वि. धेरै खाएर अपच वा अजीर्ण हुँदा मुखबाट नमिठो गन्ध आउने ( डकार )।
34726 झुसिलो वि. झुस भएको, कुसले भरिएको, भुवादार।
34727 झुसिल्किरा ना. प्रायः वर्षा र शरद् ऋतुमा देखिने, जिउभरि कुकुस भएको एक जातको लाम्चो किरो।
34728 झुसी ना. माना, पायी वा अरू कुनै भाँडाको बिटभन्दा मास्तिर अटाएसम्मको भराइ, अन्नपात भर्दा बिटभन्दा माथि पारी भर्ने काम; अग्लो पारी भरिएको मराइ।
34729 झुल ना. हे. कुल।
34730 झेउवा ना. बगरतिर उम्रने साह्रो काठ भएको एक जातको पोथ्रो।
34731 झेल्नु स.क्रि. १. आपत् र कष्ट परे पनि आइपरेको अवस्थासँग पछि नहट्नु, अप्ठेरो समस्यालाई पार गर्नु।
34732 झेल्नु स.क्रि. २. दुःखसँग जीवन-निर्वाह गर्नु।
34733 झेल्नु स.क्रि. ३. जालझेल गर्नु, बखेडा गर्नु, निहुँ खोज्नु।
34734 झेल्नु स.क्रि. ४. कुनै काम चाँडो नगरी टङ्ग्याइदिनु, अल्झाउनु।
34735 झेल्नु स.क्रि. ५. अलमल्याउनु, फिसोल्नु।
34736 झेल ना. नभएको कुरा वा घटनालाई झुटो तर्क वा प्रमाणद्वारा सिद्ध गर्ने काम; बखेडा, जाल।
34737 झोलझाल ना. नचाहिंदो बखेडा, परस्परमा झेल गर्ने काम।
34738 झेलबखेडा ना. जालझेल।
34739 झेलम ना. १. लडाईंमा जाँदा योद्धाले पहिरने फलामे वा पित्तले जालीको लुगा।
34740 झेलम ना. २. भारतको पन्जाब राज्यका पाँच प्रमुख नदीमध्ये एक।
34741 झेलाइ ना. दुःख झेल्ने वा सहने क्रिया- प्रक्रिया।
34742 झेलाइनु क.क्रि. झेल्न लाइनु।
34743 झेलाउनु प्रे. क्रि. दुःख, कष्ट आदि सहन लाउनु।
34744 झेलाहा वि. झेल गर्ने, बखेडा झिक्ने।
34745 झेलिनु क.क्रि. १. झेल गरिनु बखेडा झिकिनु।
34746 झेलिनु क.क्रि. अ. क्र. २. दुःख कष्ट आदि बेहोरिनु।
34747 झेलिनु क.क्रि. ३. जेलिन, जोल्टिनु।
34748 झेलिनु क.क्रि. ४. धेरै झन्झट आइपर्नु लन्ठा लाग्नु।
34749 झेली वि. झेल गर्ने।
34750 झैँ ना.यो. उस्तै तुल्य, सदृश समान (लिनु झैं, दिनु झैं, घर झैं, कलम इ.)।