Dictionary

All Word

34751 झैँझागढ़ा ना. १. नचाहिँदो भनावैरी, कलह, जालझेल, झगडातगडा।
34752 झैँझागढ़ा ना. २. मुद्दामामिला।
34753 झैँझागढ़ा ना. स्वीकृत जङ्गल।
34754 झोरिनु क.क्रि. झोर्ने काम गरिनु।
34755 झैझमेला ना. नचाहिँदो झन्झट आदि, तारन्तारको झमेला; सानातिना कुरामा देखिने कचमच।
34756 झोंक ना. झोक।
34757 झोज ना. हे. झोज।
34758 झोक ना. १. क्रोधको चर्को आवेग, कडा रिस।
34759 झोक ना. २. झोक्का; वेग।
34760 झोक ना. ३. कोट, कमिज आदि कपडा झुन्ड्याउन टाँगिने साधन।
34761 झोकाोक ना. परस्परको झोक आपसमा झोकिने काम।
34762 झोकिनु अ. क्र. १. जङ्गिनु, रिसाउनु, जाग्नु।
34763 झोकिनु अ. क्र. २. रिसाएर च्याँठिन, कराउनु।
34764 झोकी वि. रिसाहा, क्रोधी।
34765 झोक्का ना. १. हावा, पानी आदिको वेगसित आएको आघात; धक्का।
34766 झोक्का ना. २. कडा वेग।
34767 झोक्काझोक्की ना. परस्परमा झोकिने कम, झोकाझोक।
34768 झोक्याइ ना. झोकिने भाव, क्रिया वा प्रक्रिया।
34769 झोक्याइनु क.क्रि. झोकिने पारिनु।
34770 झोक्याउनु प्रे. क्रि. झोकिने पार्नु, जङ्ग्याउनु।
34771 झोक्राइ ना. झोक्रिने भाव, क्रिया वा प्रक्रिया।
34772 झोक्राइनु क.क्रि. झोक्रन लाइन्।
34773 झोक्राउनु अ. क्र. चिन्ता पारेर शिर निहुराउनु, झोक्रिनु, घोत्लिनु।
34774 झोक्रिनु अ.क्रि. १. कुनै चिन्ता वा रोगले टाउको निहुराएर बस्नु।
34775 झोक्रिनु अ.क्रि. २. विचार गर्न, सोच्नु घोत्लिनु।
34776 झोक्रिनु अ.क्रि. ३. निन्याउरो मुख लाउनु, भयाउरिनु।
34777 झोज ना. १. कुनै फाइदा नभएको झर्कोलाग्दो काम, झम्मार।
34778 झोज ना. २. नचाहिँदो वा थेग्न गाह्रो पर्ने लन्ठा।
34779 झोजी वि. झोज बेसाउने (व्यक्ति)।
34780 झोजिलो वि. झोज भएको झोज हुने।
34781 झोड्नु अ.क्रि. कुलो र पैनीको झार - जङ्गल फाँडेर राम्रो बनाउनु (तराईतिर प्रचलित)।
34782 झोड ना. सुपारीको रूख।
34783 झोडी वि. अरूले भनेको नमान्ने, रिसाहा, हठी।
34784 झोपडी ना. हे. झुपडी।
34785 झोर्नु स.क्रि. १. चारैतिरबाट घेरेर ल्याई एकै ठाउँमा जम्मा गर्नु।
34786 झोर्नु स.क्रि. २. फुक्नु वा उकास्नु।
34787 झोर ना. चामलको मसिनु पिठो दुधमा पकाई चालनीद्वारा लहरा पारेर स्याउजस्तो बनाई तयार पारिने रोटी।
34788 झोरा ना. १. सिकार खेल्दा गरिने जङ्गली जनावरको खेदो।
34789 झोरा ना. २. औलो लाग्ने जङ्गल, झोर।
34790 झोरा ना. ३. नाचगान बजानको सामूहिक रूप।
34791 झोराइ ना. झोर्ने भाव, क्रिया वा प्रक्रिया।
34792 झोराइनु क.क्रि. एकै ठाउँमा जम्मा पारिनु।
34793 झोराउनु प्रे.क्रि. एकत्रित पार्नु।
34794 झोरापाटा ना. सरकारबाट फँडानी गरी बस्ती बसाल्न स्वीकृत जङ्गल।
34795 झोरिनु क.क्रि. झोर्ने काम गरिनु।
34796 झोऱ्याउनु स.क्रि. बिस्तारै गाइएको गीतलाई छिटो गाएर नाच्ने स्थितिमा ल्याउनु।
34797 झोल ना. १. तिहुनतरकारी, मासु आदिको रस।
34798 झोल ना. २. पन्यालो वस्तु कुनै चिजमा भएको जलीय अंश, तरल पदार्।
34799 झोल ना. ३. झोलिनी।
34800 झोला ना. काँधमा भिर्न वा हातले समाउन मिल्ने गरी उझन्डो लगाइएको कपडा आदिको थैलो।