Dictionary

All Word

34901 झ्याम्टो ना. साग, रौं, धागो आदिको गुजुल्टो, झाम्टो।
34902 झ्याम्टो ना. झ्याम्टाको एक वचनको रूप; हे भयाम्टा।
34903 झ्याम्प्वाल ना. भुई खोसने, ढुड्गा फोड्ने वा घचेट्ने फलामे गल।
34904 झ्याम्म क्रि.वि. १. फलफूल, हाँगाबिंगा, लहरा आदिले बाक्लोसँग ढाक्ने गरी।
34905 झ्याम्म क्रि.वि. २. एक्कासि निदले छोपेर, भवाप्प।
34906 झ्याम्म क्रि.वि. ३. एकाएक अँगालो हालेर।
34907 झ्याम्म क्रि.वि. ४. सहसा झम्टने गरी।
34908 झ्याम्म क्रि.वि. ५. सबै ढाकिएर वा छोपिएर।
34909 झ्याम्मिनु अ.क्रि. १. ससाना बालकले पछ्याउनु, रत्तिनु।
34910 झ्याम्मिनु अ.क्रि. २. हाँगाबिँगाहरू फैलिएर झुत्तिनु, झाँगिनु।
34911 झ्यारभ्यार क्रि.वि. बराबर पानी परिरहने गरी; पानी बर्सेको आवाज आउने किसिमले।
34912 झ्यारभ्यार क्रि.वि. २. ओसिलो बत्ती सल्कँदा शब्द आउने गरी।
34913 झ्यारझ्यारे ना. रातो चुच्चो हुने एक जातको चरो।
34914 झ्यार क्रि.वि. १. पानीका थोपाहरू एक झमटमा जमिनमा खस्ता आवाज आउने गरी।
34915 झ्यार क्रि.वि. २. सुकेको पराल, छ्वाली, स्याउला आदि बल्दा शब्द आउने किसिमले।
34916 झ्याझ्या क्रि.वि. लगातार भयार्र भएर।
34917 झ्याल ना. १. कोठाहरूमा हावा र उज्यालोका लागि घरका भित्तामा बनाइने द्वार।
34918 झ्याल ना. २. मूल ढोकाबाहेकको सानोठुलो द्वार।
34919 झ्यालखान/खाना ना. कैदखाना; जेल; कारागार।
34920 झ्यालखानियाँ / खाने वि. झ्यालखानामा परेको।
34921 झ्याल ढुङ्गो ना. झ्यालजस्तो प्वाल भएको ढुड्गो; त्यस्तो ढुड्गो भएको ठाउँ।
34922 झ्यालिन्चा ना. १. नेवारजातिमा बजाइने झ्यालीजस्तो एक बाजा।
34923 झ्यालिन्चा ना. २. लाखेलाई जिस्क्याउने पात्र।
34924 झ्यालिन्चा ना. ३. सेतो टल्कने पखेटा हुने एक किरो; गाइने किरो; घामकिरी।
34925 झ्याली ना. झ्याम्टा बाजा।
34926 झ्याली डम्फु ना. ठुलो आकारको भ्याली भएको डम्फु।
34927 झ्याले ना. उच्च पहाडी भेगमा हुने एक जातको आलु।
34928 झ्याल्टुङ ना. यता न उता भएको व्यक्ति; काम नलाग्ने वस्तु।
34929 झ्याल्टुङ च्याइँ ना. दुई वा धेरै जनाले कुनै व्यक्तिलाई समाई घिच्च्याएर ल्याउने लैजाने स्थिति वा प्रक्रिया।
34930 झ्यास ना. सुकेको झारपात; झासभुस।
34931 झ्यासझुस ना. झ्यास; झासकुस।
34932 झ्यासझ्यास क्रि.वि. १. कुनै ठाउँमा सोद्धै नसोधी वा पहिले थाहै नदिई ( आउने किसिम )।
34933 झ्यासझ्यास क्रि.वि. २. फुस्स भएर कुस, रौं आदि उम्रने गरी।
34934 झ्यासभयासी / झ्यासभयास्ती क्रि.वि. झन् छिटो झ्यासभ्यास हुने गरी; अकस्मात्सि।
34935 झ्यास्स क्रि.वि. १. एकाएक आइपुग्ने गरी; टुप्लुक्क।
34936 झ्यास्स क्रि.वि. २. दाह्रीजुँघा वा कपाल जरखरिएर बढ्ने गरी।
34937 झ्यास्स क्रि.वि. ३. सुकेका झारपात आदिमा आगो सल्कने हिसाबले।
34938 झ्यास्सझ्यास्स क्रि.वि. लगातारको भयास्स।
34939 झ्वाँकी वि. झोकी; रिसाहा।
34940 झ्वाइँय्य ना. सर्वस्वनाश, समाप्ति।
34941 झ्वाँकी पानी ना. ज्वानु, सिधेनुन, टिमुर आदि हाली पोलेको रातमाटोका डल्लाले झानेको तातो पानी।
34942 झ्वाँकी पानी ना. (रुघाखोकी र चिसो गढेको अवस्थामा यस्तो पानी औषधीका रूपमा खुवाइन्छ)।
34943 झ्वाइँय्य क्रि.वि. तिखोसित झ्वाइँ हुने गरी झ्वाइँय्य।
34944 झ्वाट्ट क्रि.वि. झट्ट तुरुन्त उत्तिखेरै।
34945 झ्वाप्प क्रि.वि. १. एकाएक ढाक्ने वा छोप्ने गरी।
34946 झ्वाप्प क्रि.वि. २. अपर्झट बत्ती निभ्ने किसिमले।
34947 झ्वाम्म क्रि.वि. एकै झमटमा पानीको गहिराइमा हाम फाल्ने चालसँग।
34948 झ्वाम्ल्याड्ड क्रि.वि. झ्वाम्म।
34949 झ्वार्र क्रि.वि. सुकेका घाँस, पराल आदिमा आगो लाग्दा शब्द आउने गरी; झ्यार्र।
34950 झ्वास्स क्रि.वि. १. आगो झोस्ने गरी; पोल्ने चालसँग।