Dictionary

All Word

34951 झ्वास्स क्रि.वि. २. सूचना वा खबर नदिई ( आउने किसिम)।
34952 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये दसौँ व्यञ्जन वर्ण; परम्परागत रूपमा तालव्य, स्पर्शी, सघोष, अल्पप्राण, अनुनासिक तर नेपाली उच्चारणअनुसार - ञकार प्रतिनिधित्व गर्ने लिपिचिहन; गोरुसिङ्गे 'यँ' ठहरिने व्यञ्जनवर्ण, चवर्गको अन्तिम तथा पाँचौं अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको ञ ( नेपाली लेखनमा )।
34953 २. नेपालीमा विभेदकता वा व्यतिरेक नभएको नासिक्य व्यञ्जन (नेपाली उच्चारणमा)।
34954 ञकार ना. ञ' अक्षर; चवर्गको अन्तिम वर्ण।
34955 देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये एघारौ वर्ण; मू॒र्धन्य ताडित, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण, टवर्गको पहिल अक्षर लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिहन ओठकाट्यो ट।
34956 टँकाइ ना. टाँक्ने भाव, क्रिया वा प्रक्रिया।
34957 टँकाइनु क.क्रि. टाँक्न लाइनु।
34958 टँकाउनु प्रे. क्रि. टाँक्न लाउनु।
34959 टँगरो वि. १. सुकुटे तर अग्लो, दुब्ल र अग्लो।
34960 टँगरो वि. २. टङ्ग्रङ परेको टिङ्गरो।
34961 टँगरो वि. ना. ३. पातलो झोल सङ्लो झोल वा रस, टुर्रो।
34962 टँगाइ ना. टाँग्ने भाव, क्रिया वा प्रक्रिया।
34963 टँगाइनु क. क्रि. १. टाँग्ने काम गराइनु।
34964 टँगाइनु क. क्रि. २. झुन्ड्याउन लगाइनु।
34965 टँगाउनु प्रे. क्रि. १. टाँग्ने काम गराउनु।
34966 टँगाउनु प्रे. क्रि. २. झुन्ड्याउन लगाउनु।
34967 टँसाइ ना. टाँस्ने भाव, क्रिया वा प्रक्रिया।
34968 टँसाइन् क.क्रि. टाँस्न लाइनु।
34969 टँसाउनु प्रे.क्रि. टाँस्न लाउनु।
34970 टँसिलो वि. टाँसिएको, ठिक्क मिलेको।
34971 टक १ ना. १. प्रकाशपुञ्जको चहक, सूर्य, चन्द्र, बत्ती आदिको प्रकाश; ‘पानी, ऐना वा यस्तै टलकदार वस्तुमा परेर अन्यत्र फर्केको उज्यालो; प्रतिबिम्ब।
34972 टक १ ना. २. एकसुरको हेराइ, आँखा झिम्म नगरीकनको हेराइ; स्थिरदृष्टि।
34973 टक १ ना. ३. लालसा, तीव्र इच्छा।
34974 टक १ ना. (उदा.- हरिलाई पढ़ने टक बसेको छ )।
34975 टक २ ना. १. रुपियाँपैसा आदिमा लगाइएको सरकारी छाप; मुद्रा वा सिक्कामा लगाइने सरकारी चिह्न।
34976 टक २ ना. २. मुद्रा; सिक्का, रुपियाँपैसा।
34977 टकटक ना. १. साह्रो पदार्थमा केही कुराले आघात गर्दा वा धुलो आदि झार्नका लागि लुगा इत्यादि झट्कार्दा आउने ध्वनि।
34978 टकटक ना. २. ठकठक; टुकटुक; टिकटिक (ध्वनि)।
34979 टकटका वि. १. धनसम्पत्ति र जहान परिवार केही नभएको; टकटकिएको; निक्खरा एक्लो, टकटके; नाङ्गो।
34980 टकटका वि. ना. २. रुपियाँपैसा; सरसामान।
34981 टकटकाइ ना. १. टकटक गर्ने क्रिया वा प्रक्रिया।
34982 टकटकाइ ना. २. छैन भनी अभाव जनाउने क्रिया वा प्रक्रिया।
34983 टकटकाइ ना. एकसुरे हेराइ।
34984 टकटकाइनु क.क्रि. १. धुलो आदि झार्न झट्कारिनु।
34985 टकटकाइनु क.क्रि. २. टकटक ध्वनि निकाल्ने गरी आघात गरिनु।
34986 टकटकाइनु क.क्रि. ३. एक सुरले हेरिनु।
34987 टकटकाउँदो वि. निर्मल, उज्जर; सफा; स्वच्छ; राम्रो।
34988 टकटकाउनु अ.क्रि. / स.क्रि. १. अ.क्रि. टकटकको आवाज पैदा हुनु।
34989 टकटकाउनु अ.क्रि. / स.क्रि. २. छैन भनी अभावग्रस्त देखा पर्नु, टकटकिनु।
34990 टकटकाउनु अ.क्रि. / स.क्रि. स.क्रि. ३. धुलो आदि झार्नु टकटक्याउनु।
34991 टकटकापुर वि. / ना. १. बिलकुल सेतो; एकदम सफा; स्वच्छ।
34992 टकटकापुर वि. / ना. ना. २. केही पनि नहुने स्थिति; अभाव, शून्यता; रिक्तता।
34993 टकटकाहट ना. १. टकटक्याहट।
34994 टकटकाहट ना. २. एकसुरको हेराइ, टकटकी।
34995 टकटकाहा वि. १. टकटकाउने।
34996 टकटकाहा वि. २. एकसुरले हेर्ने।
34997 टकटकिनु अ.क्रि. १. एकदम रित्तिनु; केही पनि बाँकी नहुनु, सिद्धिन।
34998 टकटकिनु अ.क्रि. २. धुलो, कसिङ्गर वा पानी झर्नु, झारफुर हुनु।
34999 टकटकिनु अ.क्रि. ३. कुनै कामबाट हात झिक्नु, फट्कार्नु पन्छिनु।
35000 टकटकी क्रि.वि. १. एकोहोरो दृष्टिका साथमा ; एकटक लाएर, स्थिर दृष्टिले।