Dictionary

All Word

35051 टक्रक्क क्रि.वि. २. कतै नढलपलिने र वरपरका वस्तुसँग नछोइने गरी; अलग्ग।
35052 टक्राइ ना. टक्रने भाव, क्रिया वा किसिम।
35053 टक्राइनु क.क्रि. टक्रने पारिनु वा गराइनु।
35054 टक्राउनु टक्रने पार्नु वा गराउनु; भिन्न तुल्याउनु; अलग्ग रखाउनु।
35055 टक्रिनु अ.क्रि. १. कुनै कामकाजमा अगाडि सर्नु; देखा पर्नु।
35056 टक्रिनु अ.क्रि. २. टक्रक्क परेर रहनु, छु‌ट्टै रहनु।
35057 टक्रिनु अ.क्रि. ३. सम्मानपूर्वक दिइनु; समर्पण गरिनु; चढिनु।
35058 टक्य्राइ ना. टक्रिने भाव, क्रिया वा प्रक्रिया।
35059 टक्य्राइनु क.क्रि. टक्रिने पारिनु; सम्मानपूर्वक दिइन्।
35060 टक्य्राउनु स.क्रि./ प्रे. क्रि. १. सम्मानपूर्वक दिनु, समर्पण गर्नु, चढाउनु।
35061 टक्य्राउनु स.क्रि./ प्रे. क्रि. २. टक्रक्क पारेर राख्नु।
35062 टक्स्याइ ना. टाक्सिने भाव, क्रिया वा प्रक्रिया; दुब्लाइ।
35063 टक्स्याइनु क.क्रि. दुब्लो पारिन्।
35064 टक्स्याउनु प्रे. क्रि. दुब्लो पार्नु; टाक्सिने तुल्याइनु।
35065 टगर ना. टक्करको बोट वा फूल; टक्करी।
35066 टङटङ ना. १. भाँडाकुँडा ठोकिँदा निस्कने शब्द।
35067 टङटङ ना. २. लगातारको टङ ध्वनि क्रि.वि. ३. टङटङको आवाज उत्पन्न गरेर।
35068 टङटङी क्रि.वि. अझै टङटङ भएर।
35069 टङ्क ना. १. ढुङ्गा काट्ने फलामे छिन्; फलामको चुच्चे घन।
35070 टङ्क ना. २. बन्चरो वा यस्तै हतियार।
35071 टङ्क ना. ३. चार मासाको तौल।
35072 टङ्क ना. ४. मुद्रा; सिक्का।
35073 टङ्क ना. ५. स्वाग; सुहाग।
35074 टङ्कक ना. ढुङ्गा फोर्ने फलामे छिनु।
35075 टङ्कक ना. २. चाँदीको सिक्का।
35076 टङ्ककशाला ना. टङ्कशाला; टकसार।
35077 टङ्कण/टङ्कन ना. १. टाइपराइटरले कागजमा अक्षर छाप्ने काम; धातुका पातामा नाउँ वा बुट्टाहरू खोप्ने काम।
35078 टङ्कण/टङ्कन ना. २. भाँडामा रसायन लाउने काम।
35079 टङ्कण/टङ्कनक्षार ना. सुनचाँदी गलाउन हालिने पदार्थ; स्वाग।
35080 टङ्कण/टङ्कनशाला ना. टङ्कण गर्ने वा टङ्कणको प्रशिक्षण दिने स्थान; टाइपघर।
35081 टङ्कण/टङ्कनसीमा ना. टङ्कणकार्य गरिने ठाउँको हद वा परिधि।
35082 टङ्कार ना. १. धनुको ताँदो खैंचेर छोड्दा निस्कने आवाज।
35083 टङ्कार ना. २. तामा, काँस आदिका भाँडा एकअर्कामा ठोकिँदा आउने शब्द।
35084 टङ्कार ना. ३. टक्कर; दाँजो; बराबरी।
35085 टङ्कार ना. ४. प्रख्यात हुने कार्य, प्रसिद्धि।
35086 टङ्कारी वि. १. टङ्कार झिक्ने।
35087 टङ्कारी वि. ना. २. अर्जुन, शिव, वा राम।
35088 टङकिका ना. १. ढुङ्गा आदि काट्ने फलामे छिनु।
35089 टङ् कित वि. टाइपराइटर आदिले मुद्रित; टाइप गरिएको।
35090 टङ् की ना. १. पानी, तेल आदि राख्ने धातुको भाँडो।
35091 टङ् की ना. २. सहर वा घरमा पानी वितरण गर्न सँगालिएको जलाशय र त्यसको भाँडो वा कुनै शिल्प प्रबन्ध।
35092 टङ्ग ना. मानिस वा पशुका दुई खुट्टाको दुरी; टाँग; खुट्टा।
35093 टङ्गन वि. १. खिनाउरो; दुब्लोपातलो; ख्याउटे।
35094 टङ्गन वि. २. अग्लो; टिङ्गरो।
35095 टङ्गने वि. १. दुब्लोपातलो; खिनाउरो; ख्याउटे (व्यक्ति वा पशु)।
35096 टङ्गने वि. २. पातलो; सङ्लो टुर्रो (झोल)।
35097 टङ्गने वि. ३. अग्लो; लामघारे।
35098 टङ्गर/टङ्गरो वि. १. एक्लो; सिग्रो; निःसन्तान।
35099 टङ्गर/टङ्गरो वि. २. विनागुदीको ; चोक्टा नभएको।
35100 टङ्गरे वि. झोल धेरै भएको ( तिहुन); टुर्रा ]।