Dictionary

All Word

35151 टनकटनक क्रि.वि. शरीरको कुनै भागमा रोग लागेर दुखिरहने गरी ; घाउखटिरामा पानी वा पिप भरिएर अथवा अरू कुनै कारणले दुख्ने किसिमले ; टनक्क टनक्क; टनटन।
35152 टनक्क क्रि.वि. १. शरीरको कुनै अवयवमा रोग लागेर दुख्ने गरी; घाउखटिरामा पानी वा पिप भरिएर दुख्ने गरी।
35153 टनक्क क्रि.वि. २. वायुविकारले शरीरको स्नायु व्यवस्थामा बाधा परी पीडा हुने किसिमले ३. डोरीले बेसरी कस्ने किसिमसि।
35154 टनक्क क्रि.वि. वि. ४. कसिएको।
35155 टनक्क क्रि.वि. ५. पीडाजनक वा ज्वलनशील।
35156 टनटन १ ना. नचाहिँदो किसिमको कचकच; बिनसित्तिको कचकच; रडाको; टन्टा; लेठो।
35157 टनटन २ क्रि.वि. १. घाउखटिराहरू टन्कने गरी; टनकटनक।
35158 टनटन २ क्रि.वि. २. फुर्ती झिकेर हिँड्ने चालले; लमकझमक।
35159 टनटन २ क्रि.वि. ३. टन्न कसेर बाँध्ने चालमा; टनक्क।
35160 टनटन २ क्रि.वि. ४. घण्टा आदि लगातार बज्ने गरी।
35161 टनटनती/ टनटनी क्रि.वि. टनक्क हुने (दुख्ने, लम्कने, बज्ने, भरिने, कसिने) गरी।
35162 टनटने ना. हरियो चिल्लो डाँठ र बाँसका जस्ता आँख्ला हुने, हाँगापात नहुने, कुरकुरे जस्तै सुलुत्त परेको झार।
35163 टनाटन क्रि.वि. १. भाँडोमा कुनै वस्तु खाँदिएर चुलिने गरी; अटाई नअटाई; टमाटम; भरिभराउ।
35164 टनाटन क्रि.वि. वि. २. पुरै भरिएको; टन्न।
35165 टनेल ना. १. पहाडको भित्रभित्रै बनाइएको बाटो वा कुलो।
35166 टनेल ना. २. सुरुङ।
35167 टन्कनु अ.क्रि. १. घाउखटिरा पिलिएर रन्थनिनु; पीडा हुनु, बल्कनु; भबाउनु।
35168 टन्कनु अ.क्रि. २. ज्यादै कसिने गरी वा नफुत्कने किसिमले बाँधिनु बेसरी तानिनु।
35169 टन्काइ ना. १. घाउ आदिको दुखाइ।
35170 टन्काइ ना. २. डोरी वा दाम्लाको कसाई।
35171 टन्काइनु क.क्रि. टन्कने पारिनु; बेसरी दुखाइनु वा कसिनु।
35172 टन्काउनु प्रे.क्रि./स.क्रि. टन्कने पार्नु; बेसरी दुखाउनु वा कस्नु।
35173 टन्किनु अ.क्रि. १. टन्कनु।
35174 टन्किनु अ.क्रि. २. चर्कोसँग दुख्नु; भबाउनु।
35175 टन्किनु अ.क्रि. ३. कसिने गरी बाँधिनु।
35176 टन्को ना. १. घाउखटिरा आदिको दुखाइ; रनक।
35177 टन्को ना. २. डोरी आदिको कसाइ; टन्काइ।
35178 टन्टकपाले वि. नचाहिँदो झन्झट बोकेर हिँड्ने; अनावश्यक झमेला बेसाउने; टन्टा बोकेर काम गर्ने; अनावश्यक रूपमा अर्काको दुखेसो आफ्नो टाउकामा लिएर हिँड्ने।
35179 टन्टलापुर वि. खुब पोल्ने; ज्यादा चर्को ; प्रचण्ड (घाम)।
35180 टन्टा ना. १. नचाहिँदो झमेला; भोज; झन्झट।
35181 टन्टा ना. २. अनावश्यक कामको बोझ।
35182 टन्टासन्टा ना. नचाहिँदो झोजझमेला।
35183 टन्न क्रि.वि. १. भाँडामा कुनै वस्तु खाँदिएर चुलिने गरी; भरिभराउ, टनाटन।
35184 टन्न क्रि.वि. २. पूरा अघाउने गरी; गलगिज्ज।
35185 टन्न क्रि.वि. ३. घण्टा, घडी आदिमा ठक्कर लागेर बजे जस्तै गरी।
35186 टन्न क्रि.वि. ४. रक्सी आदि लागु पदार्थले लट्ठिने गरी; लट्ठ।
35187 टप्नु स.क्रि. १. पढाइ, उद्योग, व्यवसाय र यात्रा आदिमा अरूलाई उछिनेर अगाडि पुग्नु, पछि भएको व्यक्तिले आफूभन्दा अघिको व्यक्तिलाई भेट्टाउनु वा जित्नु।
35188 टप्नु स.क्रि. २. फड्कनु; नाघ्नु।
35189 टप्नु स.क्रि. ३. टाप ठोक्नु; भाग्नु।
35190 टप १ ना. कानका लोतीमा लगाइने, सानो ढुङ्ग्री जस्तै एक प्रकारको प्रायः सुनको गहना।
35191 टप २ ना. बग्गी, तामदान आदिको बसाउन, उठाउन र ढाल्नसमेत मिल्ने माथिल्लो भाग वा छानु।
35192 टप ३ ना. साइकल, मोटरसाइकल, बग्गी; मोटर आदिको पाङ्ग्रामाथि जडिने ढकनीजस्तो कुप्रो परेको पाता।
35193 टपक्क क्रि.वि. १. एक्कासि वा सजिलै टिपेर; झट्ट टिप्ने गरी; झटपट टप्काएर।
35194 टपक्क क्रि.वि. २. कसैसँग एकदम टाँसिने वा लेसिने चालमा।
35195 टपक्क क्रि.वि. ३. थोपाका रूपमा झरेर; तप्प।
35196 टपटप क्रि.वि. १. एक एक थोपा गरी चुहिएर; तपतप।
35197 टपटप क्रि.वि. २. कत्ति नसुस्ताई लगातार टिपेर; टपाटप।
35198 टपटप क्रि.वि. ना. ३. त्यसरी चुहिँदाको ध्वनि।
35199 टपटपी / टपटप्ती क्रि.वि. टपटप; टपाटप।
35200 टपरी / टपरो ना. १. बाँसको सिन्काले गाँसेर बिट उठाई बनाइएको, साल आदिका पातको थाल जस्तो भाँडो; पत्तल; ठहर।