Dictionary

All Word

35101 टङ्ग्रङ्ङ क्रि.वि. १. अक्कासिएर उभिँदै।
35102 टङ्ग्रङ्ङ क्रि.वि. २. एक्लिएर।
35103 टङ्ग्रङ्ङ क्रि.वि. ३. सङ्लो र पातलो हुने गरी; टुर्रा।
35104 टड्ङ क्रि.वि. टङको एकै आवाजमा; एकै टङको ध्वनिमा।
35105 टङ्रङ्ङ क्रि.वि. पानी वा झोल मात्र हुने किसिमले (दाल, तरकारी आदि)।
35106 टटरो वि . १. दुब्लो, पातलो; सुकेको र अग्लो; टँगरो; टट्टु।
35107 टटरो वि . २. टर्रो मिजासको; टर्रो स्वभावको; निर्मायालु।
35108 टटलो ना. तरबारका आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने बोट, फूल सुकाएर प्रायः औलो ज्वरमा औषधीका रूपमा खुवाइने र कोसाभित्रको पत्रमा जेलिएको बियाँलाई फूलको अभावमा माला उनिने वा देउतालाई चढाइने काम लिइने बोट।
35109 टट्कारो / टट्कालो वि. स्पष्ट देखिने; खुलस्त सफा; तड्कारो।
35110 टट्टरी ना. १. ठट्टा, दिल्लगी।
35111 टट्टरी ना. २. नभएको कुरा; झुटो व्यवहार।
35112 टट्टरी ना. ३. एक प्रकारको ढोलबाजा।
35113 टट्टाइ ना. टट्टाउने भाव, क्रिया वा प्रक्रिया।
35114 टट्इनु अ.क्रि. टट्टाइ अनुभव गर्ने होइन।
35115 टट्टाइलो / टट्टाउँदो वि. टट्टाउने खालको।
35116 टट्टाउनु अ.क्रि. १. शरीरमा चोटपटक लागेको वा घाउखटिरा भएको ठाउँमा कडा वस्तु वा चहऱ्याउने औषधी पर्दा चर्को किसिमले दुख्नु; चहऱ्याउनु; भबाउनु।
35117 टट्टाउनु अ.क्रि. २. भोक, प्यास, गर्मी आदिले सताउनु; पीडा हुनु।
35118 टट्टिनु अ.क्रि. १. दिनभर भोकै पर्नु; भोक, प्यास, गर्मी आदिले पीडित हुनु।
35119 टट्टिनु अ.क्रि. २. अप्ठेरो ठाउँमा बस्दा बस्दा उराठ लाग्नु।
35120 टट्टिनु अ.क्रि. ३. टाट पल्टनु।
35121 टट्टिनु अ.क्रि. ४. दुब्लाउनु।
35122 टट्टी ना. १. बाँस, नर्कटका चिर्पट आदिले बनाइएको पर्दा; बार ; फरिको; टाटी।
35123 टट्टी ना. २. पाइखाना; चर्पी।
35124 टट्टी ना. ३. मान्छेको मल; दिसा।
35125 टट्टी/टट्टु वि. हाडछाला मात्र बाँकी भएको; ज्यादै दुब्लो; हल्लनटाट।
35126 टट्ट्याइ ना. हे. टट्टाइ।
35127 टट्ट्याइनु अ.क्रि. टट्टाइनु।
35128 टट्ट्याउनु अ.क्रि. टट्टाउनु।
35129 टठ ना. १. गर्व; सेखी; अभिमान; घमन्ड।
35130 टठ ना. २. झगडा; निहुँ।
35131 टठमराइ ना. टठमराउने क्रिया वा प्रक्रिया।
35132 टठमराइनु अ.क्रि. टाठो वा अग्रसर होइन।
35133 टठमराइलो वि. १. टाठो।
35134 टठमराइलो वि. २. तत्पर।
35135 टठमराउनु अ.क्रि. १. परिआएको काममा अगाडि सर्न टाठोबाठो हुनु।
35136 टठमराउनु अ.क्रि. २. तरखराउनु; तयार हुनु।
35137 टठिलो वि. १. टाठो भएको; चङ्ख।
35138 टठिलो वि. २. जाँगरिलो; कामगरैया।
35139 टठिलो वि. ३. मोटोघाटो; हृष्टपुष्ट; खाएपिएको।
35140 टठिलो वि. ३. चलाक; बाठो; चतुरो; चङ्ख।
35141 टठी वि. टठ गर्ने; घमन्डी, सेखीवाल, अभिमानी।
35142 टठ्याइँ ना. टाठो हुनाको भाव वा अवस्था, बठ्याइँ।
35143 टड्कारो / टड्कालो वि. प्रस्ट; स्पष्ट; तड्कालो; टट्कालो।
35144 टन १ वि. झन्डै अट्ठाइस मनको तौल; पच्चिस मेट्रिक टनको तौल।
35145 टन २ वि. १. लागु पदार्थको सेवनले लट्ठ परेको; नशाले लट्ठिएको; रक्सी धोकेको टुन्न।
35146 टन २ वि. २. भरिएको; धन, सम्पत्तिले पूर्ण; टन्न।
35147 टन २ वि. ३. मोटाएको।
35148 टन २ वि. ४. अघाएको।
35149 टन २ वि. ५. कस्सिएको; टनक्क; टुनुक्क।
35150 टनक ना. घाउको पीडा; टन्को; जलन।