Dictionary

All Word

35201 टपरे वि. टपरी सँगेट्ने वा सह्यार्ने, घरघरमा पुरोहित्याइँ गरी जीविका गर्ने; टपरीमा हालेका सिधाबाट गुजारा गर्ने।
35202 टपर्टुय्याँ वि. १. अध्ययन, ज्ञान आदि नभए पनि बाहिरी बठ्याइँद्वारा आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने; भित्री ज्ञान नभएको तर बाहिर प्रभुत्व जमाउन चाहने; लालबुझक्कड।
35203 टपर्टुय्याँ वि. ना. २. त्यस्तो व्यक्ति।
35204 टपाइ ना. टप्ने भाव, क्रिया वा प्रक्रिया।
35205 टपाइनु क.क्रि. टप्न वा उछिन्न लाइनु, टप्न सक्ने बनाइनु; टप्ने पारिनु।
35206 टपाउनु प्रे. क्रि. टप्ने वा उछिन्न सक्ने पार्नु; उछिन्न लाउनु; टप्न लाउनु।
35207 टपाटप क्रि.वि. जमिनबाट कुनै वस्तु वा रुखबाट फल आदि टिप्ने किसिमले; टपटपती।
35208 टपिनु क.क्रि. १. अरूलाई उछिनेर अगाडि बढिनु वा पुगिनु।
35209 टपिनु क.क्रि. २. टप्ने वा उछिन्ने काम गरिनु।
35210 टप्कनु अ.क्रि. . थोपाथोपा गर्दै पानी चुहिनु वा खस्नु; बुँदबुँद गरी झर्नु।
35211 टप्कनु अ.क्रि. २. एक्कासि आइपुग्नु; प्रकट हुनु।
35212 टप्कनु अ.क्रि. स.क्रि. ३. उछिन्नु; टप्नु।
35213 टप्कनु अ.क्रि. ४. फड्केर नाघ्नु।
35214 टप्कनु अ.क्रि. ५. टपक्क टिपेर लग्ने काम हुनु।
35215 टप्काइ ना. टप्कने वा टप्काउने क्रियाप्रक्रिया।
35216 टप्काइनु क.क्रि. टपक्क टिपेर लगिनु।
35217 टप्काउनु स.क्रि./ प्रे. क्रि. १. टपक्क टिपेर लैजानु; हात लाउनु; हातलागी गर्नु; उडाउनु।
35218 टप्काउनु स.क्रि./ प्रे. क्रि. २. हरण गर्नु, चोर्नु।
35219 टप्काउनु स.क्रि./ प्रे. क्रि. ३. थोपा थोपा चुहाउनु; बुँद खसाउनु।
35220 टप्किनु अ.क्रि. १. टप्कनु।
35221 टप्किनु अ.क्रि. २. थोपा थोपा गरी चुहिनु।
35222 टप्क्याइ ना. टप्किने भाव, क्रिया वा प्रक्रिया।
35223 टप्प क्रि.वि. १. एकएक थोपा गरेझैँ गरी; टपक्क।
35224 टप्प क्रि.वि. २. एकै पटक मात्र केही कुरो टिप्ने किसिमले।
35225 टप्प क्रि.वि. ३. तुरुन्त टप्काउने चालमा।
35226 टप्प क्रि.वि. ४. टाँसिए जस्तै गरी।
35227 टप्प क्रि.वि. ५. एक्कासि थामिने, रोकिने वा पक्रिने चालले।
35228 टप्प क्रि.वि. ६. अकस्मात् प्रकट भएर; टुप्लुक्क।
35229 टप्पा १ ना. १. कुनै जिल्ला वा प्रगन्नाको एक हिस्सा; सानो भूभाग; इलाका; तप्पा।
35230 टप्पा १ ना. २. अग्लो ढिस्को; डाँडो।
35231 टप्पा २ ना. मारुनी नाचमा गाइने एक थरी राग।
35232 टप्पु ना. नदीको दोभान, तलाउ वा मैदानका बिचमा उठेको जमिन वा ढिस्को; द्वीप; टाकुरो; मझौ।
35233 टप्पू वि. १. चङ्ख; चतुरो; २. टिप्ला वा टप्काउलाजस्तो।
35234 टप्फा/टप्फु ना. एक व्यक्ति र अर्को व्यक्तिको अनुहारमा देखिने अन्तर।
35235 टफी ना. १. क्रिम आदि भएको चकलेट; कागजमा बन्दी गरिएको ससानो मिठाई।
35236 टफी ना. २. खेलमा विजेताले पाउने विजयचिह्न।
35237 टब ना. बसेर वा पल्टेर नुहाउनका लागि पानी राख्न बनाइएको, ठुलो खुला मुख भएको सिमेन्ट आदिको भाँडो।
35238 टमक्क क्रि.वि. कपडा आदि शरीरमा टम्म मिल्ने वा कसिने गरी; सिमिक्क; टिमिक्क।
35239 टमटम १ ना. एउटै घोडाले तान्ने, दुई अग्ला अग्ला पाङ्ग्रा भएको हल्का बग्गी; एक्का।
35240 टमटम २ क्रि.वि. गोडा बजार्दै फुर्तीसाथ हिँड्ने किसिमले; ठिमठिम; टिमिकटिमिक।
35241 टमाटम क्रि.वि. भाँडामा कुनै वस्तु भरिभराउ भए जस्तै गरी; टनाटन।
35242 टमाटर ना. १. आलुको जस्तो बोटबाट जमिनमाथि फल्ने आलुकै आकारको फल; गोलभेंडा; ट्यामटर।
35243 टमाटर ना. २. भन्टाको जस्तो बोटमा गोलभेंडाको स्वादको डिम्बाको आकारको फल लाग्ने एक वनस्पति।
35244 टमाटर ना. ३. त्यसै बोटमा फल्ने, गोलभेंडाको जस्तो स्वाद हुने र अचार बनाएर खाइने फल।
35245 टमोट ना. १. तामाका भाँडाकुँडा बनाउने काम; भाँडामा चढाइएको पाइन वा जलप।
35246 टमोट ना. २. तामो कमाउने एक वर्ग; टमौटे; टुमौटे; तमोट।
35247 टमोटे/टमौटे ना. १. तामाको भाँडाकुँडा बनाउने व्यक्ति; ताँबोको व्यापार गर्ने व्यक्ति।
35248 टमोटे/टमौटे ना. २. विश्वकर्माको एक वर्ग; टमुटो।
35249 टम्काइ ना. टमक्क हुने क्रिया वा प्रक्रिया।
35250 टम्काइनु क.क्रि. टमक्क तुल्याइनु।