Dictionary

All Word

35351 टस्को ना. २. नचाहिँदो काम; बिनसित्ति आइपरेको झन्झट।
35352 टस्को ना. ३. असावधानीपूर्वकको रखाइ।
35353 टस्क्याइ ना. टस्किने भाव, क्रिया वा प्रक्रिया।
35354 टस्क्याइनु क.क्रि. मन नलगाईकन दिन वा राखिनु।
35355 टस्क्याउनु स.क्रि. / प्रे. क्रि. १. मन नलाई नलाई कुनै वस्तु दिनु वा राख्नु।
35356 टस्क्याउनु स.क्रि. / प्रे. क्रि. २. मन नपरीकन ढोग्नु वा ढोगाउनु; टस्स्याउनु।
35357 टस्स क्रि.वि. बस्दा, केही राख्दा वा ढोग्दा असावधानीको किसिमले।
35358 टस्स्याइ ना. टस्स हुने वा पार्ने क्रिया प्रक्रिया।
35359 टस्स्याइनु क.क्रि. टस्स हुने वा टस्स्याउने पारिनु।
35360 टस्स्याउनु स.क्रि. १. मन नपरीकनै वा हतपतसित टिको लाउनु।
35361 टस्स्याउनु स.क्रि. २. हेला गरेर वा रिसले दिनु।
35362 टस्स्याउनु स.क्रि. ३. मन नपरीकन ढोग्नु, टस्क्याउनु।
35363 टहक ना. १. घाम, जून आदिको टक; प्रकाश; चमक; झलक।
35364 टहक ना. २. थेगर पिँधमा थिग्रिएपछि सङ्लिएको माथिको तरल पदार्थ (पानी, तेल आदि)।
35365 टहकाइ ना. टहकिने भाव, क्रिया वा प्रक्रिया।
35366 टहकाइनु क.क्रि. १. टहकिने पारिनु, झल्काइनु।
35367 टहकाइनु क.क्रि. २. तहराइनु।
35368 टहकाउनु स.क्रि. / प्रे. क्रि. १. झल्काउनु।
35369 टहकाउनु स.क्रि. / प्रे. क्रि. २. तहराउनु।
35370 टहकिनु अ.क्रि. १. झल्किनु।
35371 टहकिनु अ.क्रि. २. तहरिनु।
35372 टहटह क्रि.वि. १. जून बादलले नढाकिनाले स्वच्छ रूपमा चम्किएर।
35373 टहटह क्रि.वि. वि. २. त्यसरी चम्किएको (जून)।
35374 टहटहाइनु अ.क्रि. टहटह हुनु (जून आदि)।
35375 टहरो ना. तलो नथपेको लामो खालको प्राय: कच्ची छाप्रो; धेरै जना अटाउने लामो एकनाले कटेरो।
35376 टहल्नु अ.क्रि. मनबहलाउ वा स्वास्थ्यलाभका दृष्टिले सानो दुरीमा पैदल हिँड्नु; बिस्तार बिस्तारै यताउता घुम्न; घुमफिर गर्न, डुल्नु।
35377 टहल ना. मान्य जनलाई तथा बिरामी, केटाकेटी आदिलाई गरिने सेवा वा स्याहार; सेवाशुश्रूषा; सुसार; चाकरी।
35378 टहल चाकरी/टुकुरो ना. सेवाशुश्रूषा।
35379 टहलाइ ना. टहल्ने क्रिया वा प्रक्रिया।
35380 टहलाइनु क.क्रि. टहल्न लाइनु; डुलाइनु।
35381 टहलाउनु प्रे. क्रि. टहल्न लाउनु; डुलाउनु।
35382 टहलिनु अ. क्र. १. टहल्नु।
35383 टहलिनु अ. क्र. २. घुमफिर गरिनु।
35384 टहलुवा ना. १. निम्न स्तरको एक सरकारी दर्जा।
35385 टहलुवा ना. २. सेवाटहल गर्ने व्यक्ति; नोकर।
35386 टहलुवा ना. वि. ३. टहलसेवा गर्ने; सेवक।
35387 टहलुवागिरी ना. चाकरकर्म।
35388 टा प.स. गन्ती बुझाउने शब्दको पछिल्तिर गाँसिएर थान वा गोटा बुझाउने प्रत्यय (एउटा, दुइटा, तीनटा, चारोटा इ.)।
35389 टाँक्नु स.क्रि. १. कपडामा टाँका लाउनु; लामा लामा फड्का पारेर सिउनु।
35390 टाँक्नु स.क्रि. २. रजिस्टरमा कुनै व्यक्ति वा वस्तुको नाम दर्ता गर्नु।
35391 टाँक्नु स.क्रि. ३. नाउँनामेसी टिप्नु; नामाङ्कित गर्नु।
35392 टाँक्नु स.क्रि. ४. धातु आदिमा बुट्टा, नाम आदि कुँदनु वा खोप्नु।
35393 टाँक ना. कोट, कमिज आदिको अगाडिको फेरो अल्झाउन फेराकै किनारमा केही फरक पारी टाँसेर सिइने सानो पैसाका छाँटको विभिन्न आकारको धातु, सिपी, काठ, प्लास्टिक आदिको वस्तु; बटन।
35394 टाँक घर ना. टाँक छिराउने प्वाल।
35395 टाँका ना. १. कपडा सिउँदा धागाले समात्ने भाग; सियाइको फड्को।
35396 टाँका ना. २. धातुका टुक्राहरू जोड्ने रसायन।
35397 टाँका ना. ३. कलम अथवा निबको लेख्ने चुच्चो परेको भाग; टुँडो।
35398 टाँकिनु अ.क्रि. १. टाँका लाग्नु।
35399 टाँकिनु अ.क्रि. क. क्रि. २. टाँका लगाइनु।
35400 टाँकी ना. २. भोर्लाको टुप्पो दुई भाग परेजस्तो तर सानो पात हुने, प्याजी रङको ठुलठुला र लामालामा टाटा हुने, स्याउला डाले घाँसको काममा आउने कोइरालो जस्तै एक जातको वृक्ष; २. त्यसैको फल।