Dictionary

All Word

35401 टाँग्नु स.क्रि. १. कपडा आदि फिँजाएर झुन्ड्याउनु; लट्काउनु; टाङ्नु।
35402 टाँग्नु स.क्रि. २. तोकेको काम गर्न आलटाल गर्नु; सुस्ती गर्नु।
35403 टाँग्नु स.क्रि. ३. खसी, बोका आदिको छाला काढ्नु।
35404 टाँग ना. शरीरको कटीदेखि पैतालासम्मको भाग; खुट्टो; गोडो।
35405 टाँगटुँग ना. १. भित्ता र दलिनहरूमा वरपर केही कुरा झुन्ड्याउने वा टाँग्ने काम।
35406 टाँगटुँग ना. २. अस्तव्यस्त टँगाइ।
35407 टाँगन १ ना. होचो कदको फुर्तिलो घोडा; च्यान्टे घोडा; पहाडी टट्टु।
35408 टाँगन २ वि. शरीर पातलो र अग्लो भएको; सुइँखुट्टे; लामघारे।
35409 टागन घोडा ना. प्रायः टाँगा चलाउन लगाइने फुर्तिलो घोडा।
35410 टाँगा ना. एउटा घोडाले तान्ने अग्ला दुई पाङ्ग्रा भएको सानो बग्गी; टमटम; टाङा।
35411 टाँगिनु क.क्रि. टाँग्ने काम गरिनु; टाङिनु।
35412 टाँगी ना. सानो टाँगो।
35413 टाँगे वि. टाँगोका आकारको; ठाडे।
35414 टाँगे परेवा ना. एक आँखा सेतो र एक आँखा कालो हुने परेवा।
35415 टाँगे लौरी ना. खुट्टाका बुढी औंला र चोर औँलामाथि लट्ठी अड्याई हातले समातेको लट्ठी हुत्त्याएर खेलिने एक खेल; डन्डीबियो।
35416 टाँगो १ ना. १. जग्गाजमिन आदि नाप्ने लामो निश्चित परिमाणको लट्ठी; लग्गा; लग्गी; टाङो।
35417 टाँगो १ ना. २. लामो घोचो; घारो।
35418 टाँगो १ ना. ३. माछा मार्न टुप्पामा बल्छी अड्काइएको लामो लट्ठी।
35419 टाँगो २ ना. १. फलाम आदि कडा धातुमा प्वाल पार्दा तल ओछ्याइने, बिचमा प्वाल भएको फलाम वा काठ आदिको उपकरण।
35420 टाँचा ना. १. हुलाकद्वारा पठाइने चिठीपत्रका टिकटमा लगाइने मितिसहितको छाप; छापा; छाप।
35421 टाँचा ना. २. कटानी गर्ने अनुमति पाएका रुखमा लगाइने सरकारी छाप; त्यस्ता रुखमा खोपिने चिह्न।
35422 टाँड ना. १. चारै सुरमा खाँबा गाडेर वा भित्ता कपेर फल्याक, बाँसका चिर्पट आदि छापी सामान राख्न वा सुत्न बनाइएको मचान।
35423 टाँड ना. २. मुर्दा बोक्ने खट; शवयान; अर्थी।
35424 टाँड ना. ३. मालसामानको चाङ लगाउँदा बिचबिचमा परेको छिद्र।
35425 टाँड ना. ४. दुई नदीका बिचको चुलिएको जमिन।
35426 टाँड घर ना. काठपात, पराल आदि राखिने घर; मचान।
35427 टाँडी ना. बस्न वा सुत्न मिल्ने ससानो टाँड।
35428 टाँडे वि. १. टाँड भएको; टाँडसम्बन्धी; टाँडको।
35429 टाँडे वि. २. टाँड परेको।
35430 टाँडेघर ना. टाँडका आकारको घर।
35431 टाँडेजात्रा ना. मुर्दालाई मसानघाट पुऱ्याउने जात्रा, शवयात्रा; मलाम।
35432 टाँपो ना. पेट र घाँटी सानो भएको, हेर्दा सानो गाग्रीजस्तो देखिने, पानी खाने टुटीदार भाँडो; एक प्रकारको करुवा।
35433 टाँस्नु स.क्रि. १. गुँद आदि लेसाइलो पदार्थले दुई भिन्न वस्तुलाई जोर्नु; दुई वस्तुलाई एक जिउ पार्नु।
35434 टाँस्नु स.क्रि. २. सँगसँगै राख्नु; जोर्नु।
35435 टाँस्नु स.क्रि. ३. गाँस्नु।
35436 टाँस्नु स.क्रि. ४. आफूलाई आइपरेको झमेला अरूमाथि थोपर्नु; टाँसो लाउनु।
35437 टाँस ना. १. व्यक्तिविशेष वा सर्वसाधारण जनतालाई कुनै कुरो सूचित गर्न सरकारको तर्फबाट घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखोट वा सूचनापत्र टाँस्ने काम।
35438 टाँस ना. २. त्यसरी टाँसिएको काग।
35439 टाँसटुस ना. असावधानीपूर्ण टँसाइ।
35440 टाँसपुर्जी ना. टाँसको काग।
35441 टाँसिनु क.क्रि. टँसाइ पूरा गरिनु।
35442 टाँसो ना. आफूले नचाहेको व्यक्ति वा वस्तु करकापले आइलाग्ने काम; इच्छाविना पनि पाल्नुपरेको वा जिम्मा लिइएको व्यक्ति वा वस्तु।
35443 टाइँटुइँ १ ना. कामचलाउ वा टपर्तुय्याँ खालको अल्प ज्ञान; ज्ञानभन्दा बढी स्वाङ भएको थोरबहुत विद्वत्ता; पल्लवग्राही पाण्डित्य।
35444 टाइँटुइँ २ ना. १. अपानवायु निस्कँदा वा कुनै कुरो बज्दा आउने तिखो शब्द।
35445 टाइँटुइँ २ ना. क्रि.वि. २. त्यस्तो शब्द वा ध्वनि निस्कने गरी।
35446 टाइँटुइँ २ ना. ३. बडो अप्ठेरो मानेर।
35447 टाइँफाइँ/ टाइँफुइँ ना. शक्तिविनाको धाक; देखावटी चलाकी; फाइँफुट्टी; चुरीफुरी।
35448 टाइप ना. १. छाप्नका लागि ढालिएको सिसाको अक्षर; अक्षर छाप्ने सिसा वा पित्तल आदिको छाप।
35449 टाइप ना. २. टाइपराइटरद्वारा टङ्कण गर्ने काम।
35450 टाइप ना. ३. ढाँचा; किसिम।