Dictionary

All Word

35251 टम्काइलो वि. टमक्क हुने; टमक्क होलाजस्तो।
35252 टम्काउनु स.क्रि. / प्रे. क्रि. टमक्क पार्नु वा पार्न लगाउनु।
35253 टम्के ना. फलामे ठूलो भाँडो; कराही।
35254 टम्म क्रि.वि. १. शरीरमा कपडा, जुत्ता आदि ठिक्क मिल्ने गरी; टमक्क।
35255 टम्म क्रि.वि. २. गुँद आदिले केही वस्तु टाँसिने गरी।
35256 टम्म क्रि.वि. ३. बाकस, ढोका आदि ठिकसँग बन्द हुने किसिमले, ढ्याम्म।
35257 टम्म क्रि.वि. ४. भाँडो सबै भरिने गरी।
35258 टम्म क्रि.वि. ५. अघाउन्जेल, टन्न।
35259 टम्म क्रि.वि. वि. ६. भरिएको; टाँसिएको; ठिक्क भएको वा अघाएको।
35260 टम्माटम्मी क्रि.वि. पूरा भरिने गरी; टनाटनी।
35261 टर्नु अ.क्रि. १. समय बित्दै जानु, टाइम गुज्रनु; टल्नु।
35262 टर्नु अ.क्रि. २. प्रकारान्तरबाट पनि काम चल्नु; निर्वाह हुनु।
35263 टरकी ना. थारू जातिका स्त्रीहरूले कानमा लगाउने काठको गहना।
35264 टरटर ना. सामूहिक रूपमा भ्यागुता कराउँदाको आवाज; ट्वारट्वार।
35265 टरटराउनु अ.क्रि. भ्यागुताहरू कराउनु।
35266 टराइ ना. टर्ने भाव, क्रिया वा प्रक्रिया।
35267 टराइनु क.क्रि. टर्न वा टार्न लाइनु।
35268 टराउनु प्रे.क्रि. / स.क्रि. टार्नु, टार्न लाउनु।
35269 टरिनु अ. क्र. टर्ने काम हुनु, बितेर गइनु।
35270 टरेली ना. सलामी पर्दै गएको जमिनको रूप; केही भिरालो टार।
35271 टर्कटी ना. मकैको खोस्टा, पराल आदिले बनेको सानो चटाई; ससानो सुकुल; एक जना मात्र बस्न मिल्ने पराल आदिको बिँडो।
35272 टर्की ना. १. गिनीफोर चरा, लौकाट।
35273 टर्की ना. २. तुर्क देश।
35274 टर्च ना. गुलुप र ब्याट्री राखेर बालिने हाते बत्ती; चोरबत्ती।
35275 टर्च लाइट ना. टर्चको उज्यालो; गुलुप र ब्याट्रीबाट बल्ने हाते बत्ती।
35276 टर्र ना. १. वर्षाकालमा भ्यागुताले कराएको आवाज; टरटर।
35277 टर्र ना. क्रि.वि. २. त्यसरी टरटराएर।
35278 टर्रटर ना. १. वर्षाको बेला भ्यागुता लगातार कराउँदाको ध्वनि।
35279 टर्रटर ना. २. त्यस्तो ध्वनिसँग मिल्दो ध्वनि (हुक्का आदि तान्दाको)।
35280 टर्रटर ना. क्रि.वि. ३. लगातार टरटराएर।
35281 टर्रिनु अ.क्रि. १. टर्रो हुनु; काँचो महक आउनु।
35282 टर्रिनु अ.क्रि. २. अरूको रायसल्लाहमा नपस्नु; टेढिनु; बाङ्गिनु।
35283 टर्रो ना. १. हर्रो, काँचो हलुवावेद वा यस्तै फलमा पाइने स्वाद; छ रसमध्ये एक रस; कषाय।
35284 टर्रो ना. वि. २. हर्रो आदिको जस्तै स्वाद भएको; काँचो।
35285 टर्रो ना. ३. अरूको राय, सल्लाहमा नपस्ने; ठर्रो मिजास भएको; एकलकाँटे; रुखो।
35286 टर्‍याई ना. टर्रोपन।
35287 टर्र्‍याइनु क.क्रि. टर्रो तुल्याइनु।
35288 टर्र्‍याउनु प्रे.क्रि. टर्रो पार्नु वा पार्न लगाउनु।
35289 टर्र्‍याहट ना. टर्रोपना।
35290 टल्नु अ.क्रि. १. कुनै प्रकारले समय बित्दै जानु; टर्नु; पन्छनु; हट्नु।
35291 टल्नु अ.क्रि. २. टारिनु।
35292 टलक ना. १. कुनै चम्किलो वस्तु वा ऐनामा देखिने चमक; चहक; झलक।
35293 टलक ना. २. सूर्य, चन्द्र, बिजुली, बत्ती आदिको प्रकाश पानी वा ऐनामा परेर फर्केको प्रतिबिम्ब, टहक; टक।
35294 टलकटलक क्रि.वि. १. बारबार चम्किरहने गरी।
35295 टलकटलक क्रि.वि. ना. २. लगातारको टलक।
35296 टलक्क क्रि.वि. कुनै वस्तुको चमक प्रकाशमा ठक्कर खाएर टल्कने गरी; टलक्क; झिलिक्क।
35297 टलटल क्रि.वि. १. कुनै पारदर्शक वस्तुमा उज्यालो ठक्कर खाएर चम्कने गरी, सूर्य, चन्द्र, बिजुली आदिको प्रकाश ऐना, पानी आदिमा परेर चम्के झैं; टलकटलक।
35298 टलटल क्रि.वि. २. एकटकसित हेरिरहेर; क्वारक्वार्ती।
35299 टलटली / टलटल्ती क्रि.वि. अझै टल्किरहने किसिमले।
35300 टलपल ना. १. कुनै द्रव पदार्थमा हल्का छाल उठी पानीको अंश हल्लने चालमा।