Dictionary

All Word

35501 टाङ्नु स.क्रि. हे. टाँग्नु।
35502 टाङिनु क.क्रि. हे. टाँगिनु।
35503 टाङो ना. हे. टाँगो।
35504 टाङ्ड क्रि.वि. टाङको ठुलो आवाज निक्लने गरी।
35505 टाट ना. १. प्रायः सनपाटको धागाले बनाइएको खस्रो र बाक्लो कपडा।
35506 टाट ना. २. ठुलो कोठा वा बैठकमा बिछ्‌याउनका लागि तयार गरिएको बुट्टावाल र पालिसदार मोटो कपडा।
35507 टाट ना. ३. पसलेको गद्दी वा आसन।
35508 टाट ना. वि. ४. तन्नम ; गरिब।
35509 टाट ना. ५. दुब्लोपातलो।
35510 टाट उल्टाइ/पल्टाइ ना. वाणिज्य व्यवसायमा बेहोर्नुपरेको भयानक असफलता।
35511 टाट जोराइ ना. पेट खाली भएर छाला करङमै जोरिएजस्तो भएको अवस्था।
35512 टाटरी ना. प्राय: तराई प्रदेशमा वा भित्री मधेसमा पाइने वृक्षविशेष।
35513 टाटी ना. १. गोठ आदिको खुला किनारा छोप्न स्याउला र बाँसका कप्टेराले बनाइएको पर्दा; फरिको।
35514 टाटी ना. २. आडा; छेका।
35515 टाटी ना. ३. टाटमा बस्ने समय।
35516 टाटी टिकाइ ना. थोरै बेरको बिसाइ वा सुस्ताइ; क्षणिक विश्राम।
35517 टाटे वि. १. छप्पछप्प टाटो भएको; टाटेपाटे।
35518 टाटे वि. २. दाग भएको; दागी; खोटी।
35519 टाटे वि. ना. ३. घिउ नहालेको गहुँ आदिको रोटी।
35520 टाटेपाङ्ग्रे वि. दागका छिर्का भएको; टाटेपाटे; झालेमाले।
35521 टाटेपाटे वि. टाटेपाङ्ग्रे।
35522 टाटेसिमी ना. बाटुला खालका पात र थेप्चा कोसा फल्ने सिमी।
35523 टाटो १ ना. थेप्चो र लामो कोसो (भोर्लो, टाँकी, टटलो, तरबारे सिमी आदिको कोसो)।
35524 टाटो २ ना. १. शरीर वा कुनै वस्तुमा पाइने धब्बा; दाग; कलङ्क।
35525 टाटो २ ना. २. शरीरको घाउखटिरा निको भएपछि बसेको दाग; ख।
35526 टाटो २ ना. ३. छाप; चिह्न।
35527 टाटो २ ना. ४. जग्गा, जमिनको हीनताबोधक शब्द।
35528 टाटो २ ना. ५. डढेको रोटीको तुच्छताबोधक शब्द।
35529 टाट्नु ना. है. टाट्नो।
35530 टाट्ने वि. टाट्नुसँग सम्बन्धित; टाट्नाको।
35531 टाट्नो ना. बाख्रा, पाडा आदिलाई घाँस खुवाउन लहरै घोचा गाडी बनाइएको टाँड; टाट्नु।
35532 टाठो वि. आफ्नो काम फत्ते गर्न सिपालु; चलाख; बाठो; टठिलो; फुर्तिलो।
35533 टाठोबाठो वि. घरव्यवहार चलाउन, बोलचाल गर्न वा अड्डा, अदालत धाउन सिपालु; चङ्ख।
35534 टाडरी ना. छेउछाउमा काँडा हुने लामा र ठुला पात, सेतोरातो मिसिएको फूल र रातो अनि बाटुलो फल फल्ने वृक्षविशेष; त्यसको फल।
35535 टाढा वि. १. दुई भिन्न ठाउँ, समय, सम्बन्ध आदिका दृष्टिले नजिक नभएको; धेरै परको।
35536 टाढा वि. क्रि.वि. २. त्यस्तो स्थितिमा ; धेरै पर।
35537 टाढा वि. ना. ३. त्यस्तो स्थिति; असामीप्य; दूरता।
35538 टाढाको कुरा ना. भविष्यको बात; पछिको कुरा।
35539 टाढाको कुरा ना. टाढाको साइनु देब्रे न दाहिनु (उखान)।
35540 टाप ना. घोडा, गधा आदिका गोडाको टेक्ने भाग; घोडा आदिको खुर।
35541 टापटिप ना. छिटफुट टिप्ने काम; धेरथोर टिप्ने काम; सानोतिनो चोरी।
35542 टापटिपे वि. सानातिना वस्तु चोर्ने; धेरैथोरै टिप्ने।
35543 टापुरो ना. टापु; टप्पु; द्वीप।
35544 टापु ना. चारैतिरको सिमाना पानीले घेरिएको भूभाग; द्वीप।
35545 टापो ना. परेवा, कुखुरा, बट्टाई आदि चराहरू हाल्ने कोक्रो।
35546 टामटुम क्रि.वि. १. भएनभएको कुरा मिलाएर नबनेको कामलाई पनि ठिक्क पार्ने गरी।
35547 टामटुम क्रि.वि. २. कसिकसाउ वा तम्तयार हुने ढाँचामा।
35548 टामटुम क्रि.वि. ३. किफायतसाथ काम चलाउने किसिमले।
35549 टामटुम क्रि.वि. वि. ४. ठिकठाक ; तम्तयार।
35550 टामटुमे / टामेटुमे वि. परिचितहरूदेखि टाढा गएर वा थोरै खर्चमा गरिने (विवाह आदि कार्य)।