Dictionary

All Word

35651 टिन ना. २. त्यसैको ढ्वाङ वा बट्टा।
35652 टिनटिन ना. १. ससाना घण्टीहरू बज्दाको आवाज।
35653 टिनटिन ना. २. फुर्तिलो चालले टिम्किएर हिँड्ने तरिका; ठिमठिम।
35654 टिनटिन ना. क्रि.वि. ३. त्यस्तो आवाज उत्पन्न हुने गरी वा त्यसरी हिँड्ने गरी।
35655 टिनटिनती क्रि.वि. ठिमठिमती।
35656 टिनिकटिनिक क्रि.वि. टिनटिनती; ठिमठिमती।
35657 टिनिक्क क्रि.वि. १. एकदम कसिने चालमा।
35658 टिनिक्क क्रि.वि. २. शरीरमा लुगाकपडा आदि साँघुरो हुने गरी; टिमिक्क।
35659 टिनिक्क क्रि.वि. वि. ३. कसिएको, कसिलो।
35660 टिनिक्क क्रि.वि. ४. साँघुरो।
35661 टिनु ना. कुनै वस्तु वा प्राणीको समूह; हुल; भिड।
35662 टिन्चर ना. घाउखटिरा आदिमा वा सुनिएको ठाउँमा लगाइने डाक्टरी झोल औषधी; टिन्चर आइडिन।
35663 टिन्न ना. १. घण्टी आदिको मधुर र द्रुत ध्वनि झिकेर।
35664 टिन्न ना. २. कसिने वा अघाउने गरी; टन्न।
35665 टिप्नु स.क्रि. १. कुनै ठाउँबाट चिजबिज एकएक गरी लिनु; पालैसित एकपछि अर्को भिक्नु।
35666 टिप्नु स.क्रि. २. रुखबाट फूल वा फलहरू चुँड्नु।
35667 टिप्नु स.क्रि. ३. एकएक गरी रौँहरू उखेल्नु।
35668 टिप्नु स.क्रि. ४. टप्काउनु, उडाउनु।
35669 टिप्नु स.क्रि. ५. घोडचडीको नियन्त्रणमा नरही घोडा वेगले दौडनु।
35670 टिप्नु स.क्रि. ६. कुराका प्रसङ्गमा अर्काको कुरा उछिनेर बोल्नु।
35671 टिप्नु स.क्रि. ७. व्यक्ति वा वस्तुहरूको नाम लेख्नु; टाँक्नु।
35672 टिप्नु स.क्रि. ८. भनेको तुरुन्तै बुझ्नु।
35673 टिप्नु स.क्रि. ९. छिटै अनुकरण गर्नु।
35674 टिप्नु स.क्रि. १०. सिउँदा लामा फड्का मार्नु।
35675 टिप १ ना. १. व्यक्ति वा वस्तुका नाम, सानातिना व्यवहार आदि लेखिएको सानो कागत टिपोट।
35676 टिप १ ना. २. पोतामा तिर्नुपर्ने एक किसिमको दस्तुर।
35677 टिप १ ना. ३. जन्मेको क्षणको दिन, राशि, नक्षत्र आदि लेखिएको टिपन; जन्मपत्रिका लग्नकुण्डली।
35678 टिप १ ना. ४. गन्जिफाको खेलमा दुई चक्कीले एक चक्कीलाई जित्ने दाउ।
35679 टिप १ ना. ५. डकर्मी वा वज्रकर्मीले दई इँटको चेपमा दिने टिपकारीको मसला।
35680 टिप २ ना. १. यात्री आदिले पथप्रदर्शकलाई वा खान आउनेले होटेलका बेयराहरूलाई दिने बक्सिस।
35681 टिप २ ना. २. कुनै पनि सेवा गरेबापत कसैलाई दिइने अतिरिक्त थप रकम।
35682 टिप २ ना. ३. ट्रक आदि गाडीले एक पटकमा ढुवानी गर्न वा ओसार्न सक्नेजति परिणाम।
35683 टिपकार ना. भित्तो, गाह्रो आदिका इँटका जोर्नीजोर्नीमा वज्र, सिमेन्ट आदि लगाउने काम वा त्यस्तो लगाउने व्यक्ति।
35684 टिपकारी ना. १. टिपकार।
35685 टिपकारी ना. वि. २. टिपकार गरिएको वा गर्ने (व्यक्ति)।
35686 टिपटप ना. चिटिक्क, चिरिच्याँट्ट।
35687 टिपटाप ना. १. छरिएका सानातिना वस्तुहरू टिप्ने काम; टापटिप; टिपनटापन।
35688 टिपटाप ना. २. कसैको माल सुटुक्क लिएर जाने काम।
35689 टिपटापे वि. थाहा नदिई उठाएर लाने; चोर।
35690 टिपन ना. १. कुनै कामकुराको छोटकरी विवरण।
35691 टिपन ना. २. जन्मेको दिन, राशि, नक्षत्र आदि लेखेको सानो कागज; छोटकरी चिह्न; जन्मपत्रिका; लग्नकुण्डली।
35692 टिपन ना. ३. पैसा भुक्तानी गरेको सानो रसिद।
35693 टिपन ना. ४. स्रेस्ताको टिपोट।
35694 टिपनटापन ना. १. कामचलाउ किसिमले तयार पारिएको टिपोट।
35695 टिपनटापन ना. २. टिप; टिपोट।
35696 टिपनटापन ना. ३. टिपटाप।
35697 टिपनटापन ना. ४. सिलोसँगालो; सिलोबालो।
35698 टिपाइ ना. १. टिप्ने काम; टिपोट तयार गराइ।
35699 टिपाइ ना. २. टिपटाप।
35700 टिपाइनु क.क्रि. टिप्ने वा टिपाउने काम गराइनु।