Dictionary

All Word

35701 टिपाउनु प्रे. क्रि. टिप्ने वा टिपाउने काम गराउनु।
35702 टिपिनु क.क्रि. टिप्ने काम गरिनु; एकएक गरी झिकिनु।
35703 टिपुवा वि. १. कुनै कुरा टिपेको टिपोट गरिएको; उतारिएको; उतार गरिएको।
35704 टिपुवा वि. २. टिपेर सिएको।
35705 टिपुवा वि. ३. क्रमैले एकएक गरी लिइएको।
35706 टिपुवा वि. ४. घिउ, तेलमा भुटेको (तरकारी)।
35707 टिपेक्स ना. लेखेको अक्षर मेट्न प्रयोग गरिने सेतो रङको द्रव वा लेदो।
35708 टिपैटा/टिपैता ना. १. वनजङ्गलका प्रायः पुराना रुख वा काठ सरकारले नै कटानी गरी बिक्री गर्ने काम।
35709 टिपैटा/टिपैता ना. २. त्यसरी बेचिने पुराना रुख वा काठ।
35710 टिपो ना. टिप्ने काम; अनुकरण; नक्कल।
35711 टिपोट ना. १. कुनै कुरा छोटकरीमा लेखिएको लेख; टिपन।
35712 टिपोट ना. २. सङ्क्षेपमा लेख्ने काम टिपाइ।
35713 टिपोट ना. ३. सिलाइको एक किसिमको ढाँचा।
35714 टिप्पणी ना. १. कठोर र गूढ अर्थको व्याख्या; टीका।
35715 टिप्पणी ना. २. विशेष कुरा सम्झाउन टिपिने सानो लेख।
35716 टिप्पणी ना. ३. कुनै व्यक्ति वा विषयका बारेमा प्रकट गरिने विचार; कुनै साहित्यिक कविता, लेख आदिमा गरिने समालोचना।
35717 टिप्पणी ना. ४. जल्दोबल्दो कुनै घटनाका बारेमा सम्पादकले प्रकट गरेको विचार।
35718 टिप्पणी ना. ५. सानो चिना; जन्मपत्रिका; टिप्पन।
35719 टिप्पणी ना. ६. कुनै कुराको ज्ञापन।
35720 टिप्पणी ना. ७. कुनै कार्यका बारेमा प्रकट गरिने सङ्क्षिप्त विचार; कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख।
35721 टिप्पणी ना. (उदा.- टिप्पणी उठाउन बाँकी रहेकाले निवेदनमा कारबाई हुन बाँकी छ)।
35722 टिप्पा ना. १. कुनै काम छिटो गराउने ताकिता; तरताकिता; दपेट्ने काम ; अति प्रेरणा।
35723 टिप्पा ना. २. पर्वतको टुप्पो; चुचुरो; शिखर।
35724 टिप्पा ना. ३. काम वा प्रतियोगितामा कसैलाई पारिने पराजय; उछिनाइ।
35725 टिप्ला ना. खेलको प्रत्येक पटक।
35726 टिबटो बर्मन वि. तिब्बतीदेखि बर्मेली भाषिक परिवारसम्मको; भोटबर्मेली।
35727 टिबी ना. मन्द ज्वर आइरहने र फोक्सोलाई बिस्तारै माइक्रोब्याक्टेरिया नामक कीटाणुले खतम गरिरहने महारोग; क्षयरोग; राजयक्ष्मा (ट्युबरकुलोसिस)।
35728 टिभी ना. टेलिभिजन; दूरदर्शन।
35729 टिमटाम वि. १. बोली, पहिरन, चाल आदिमा छाँटकाँट मिल्ने गरी; चिटिक्क; टामटुम।
35730 टिमटाम वि. २. कसिकसाउ वा सजिसजाउ; ठाँटबाँट; तडकभडक।
35731 टिमटाम वि. ना. ३. त्यसरी मिल्ने, ठिक हुने वा सजिसजाउ हुने कार्य।
35732 टिमिक्क क्रि.वि. १. पहिरनमा कसिकसाउ हुने गरी; ठाँटिलो भएर।
35733 टिमिक्क क्रि.वि. २. कसिलो प्रकारले टम्म।
35734 टिमिक्क क्रि.वि. ३. सानोतिनो उन्नतिमा पनि मात्तिने गरी; गमक्क।
35735 टिमिक्क क्रि.वि. वि. ४. कसिकसाउ; ठाँटिलो; वा गम्किलो।
35736 टिमिलो ना. ठुलठुला खस्रा पात र सेतो बोक्रो हुने, काण्डबाट निस्केका लहरामा खनिउँका जस्ता फल लाग्ने एक जातको रुख; त्यसैको फल; अन्जिर; तिमिलो।
35737 टिमुर ना. परपऱ्याउने सुगन्धी दाना फल्ने, लामा लामा पात हुने काँडावाल एक जातको रुख; त्यसैको मरिच जस्तै फल; टिम्मुर।
35738 टिमुरिनु अ.क्रि. १ टिमुर झैं नीरस हुनु, निचोरिनु।
35739 टिमुरिनु अ.क्रि. २. टर्रो मिजासको हुनु; टिम्किनु; चम्किनु।
35740 टिमुरे ना. १. बस्तुभाउलाई घाँस खुवाइने, दाउरा बाल्दा पड्किने, झन्डै आँपका जस्ता हरिया पात भएको एक वृक्ष।
35741 टिमुरे ना. वि. २. टिमुरसँग सम्बन्धित; टिमुरको।
35742 टिमुरे ना. ३. नाप्पिएको; सेखीदार; घमन्डी।
35743 टिमुऱ्याइ ना. टिमुरिने भाव, क्रिया वा प्रक्रिया।
35744 टिमुऱ्याइनु क. क्रि. टिमुरिने पारिनु।
35745 टिमुऱ्याउनु प्रे. क्रि. टिमुरिने पार्नु; टर्रो मिजासको बनाउनु।
35746 टिमुऱ्याहट ना. टिमुऱ्याइ।
35747 टिम्कनु अ.क्रि. १. गर्व वा घमन्डले फुल्नु, निफुल्किनु, गम्कनु।
35748 टिम्कनु अ.क्रि. २. टर्रो मिजासको हुनु, टिमुरिनु।
35749 टिम्कनु अ.क्रि. ३. अर्कालाई नगन्ने हुनु।
35750 टिम्कनु अ.क्रि. ४. टिमिक्क पर्नु।