Dictionary

All Word

35601 टिकटिक ना. ३. साना चरा, माउसुली, किथ्रा आदि कराउँदाको आवाज।
35602 टिकटिक ना. क्रि.वि. ४. त्यस प्रकारका कुनै आवाज उत्पन्न हुने गरी।
35603 टिकटिके ना. १. टिकटिक शब्द गरेर बोल्ने फिस्टोजस्तो सानो चरो।
35604 टिकटिके ना. वि. २. टिकटिक आवाज गर्ने।
35605 टिकटिके किरो ना. उत्तानो पारी भुइँमा छोडिदिँदा टिक्क आवाज गरेर उफ्रने कालो रङको सानो किरो।
35606 टिकटिके छेपारो ना. टिकटिक आवाज गरेर पुच्छर हल्लाउने एक जातको छेपारो।
35607 टिकटिके भ्यागुतो ना. टिकटिक गरेर कराउने सानो भ्यागुतो।
35608 टिकनबजी ना. काठमाडौँ उपत्यकाको टिकनी भन्ने ठाउँमा तयार हुने असल जातको पातलो चिउरा।
35609 टिकमाला ना. टिक वृक्षबाट तयार हुने प्लाइउड (टिकप्लाई)।
35610 टिकचिहन ना. ठिक हो भनी बुझाउने वा मूल रूप देखाउने विशेष आकारको (1) एक चिह्न (टिकमार्क )।
35611 टिकाइ ना. टिक्ने भाव, क्रिया वा प्रक्रिया; थेगाइ।
35612 टिकाइनु क.क्रि. टिक्ने तुल्याइनु।
35613 टिकाउ वि. धेरै समय खप्ने; धेरै दिन टिक्ने; खपुवा; टिकुवा; स्थायी।
35614 टिकाउनु प्रे. क्रि. टिक्ने तुल्याउनु।
35615 टिकारी ना. विजयादशमीको टीका थाप्न कसैकहाँ जाने व्यक्ति।
35616 टिकिनु अ.क्रि. टिक्न समर्थ हुनु।
35617 टिकिया ना. १. टीका जस्तै गोल ससानो वस्तु।
35618 टिकिया ना. २. औषधी आदिको सानो र बाटुलो चक्की; औषधीको थेप्चो गोली।
35619 टिकी ना. १. निधारमा लगाइने सुन, काँच, प्लास्टिक आदिको सानो टीका; टिकुली।
35620 टिकी ना. २. टिको (बालबोलीमा)।
35621 टिकी ट्याँसट्याँस ना. असावधानीका साथ वा दक्षिणा नदिई टिको लगाइदिने काम।
35622 टिकुली ना. १. सानो टिको; टिकोका लागि प्रयुक्त लघुताबोधक शब्द।
35623 टिकुली ना. २. स्त्रीजातिले निधारमा टाँस्ने सुन, काँच आदिको सानो टिको।
35624 टिकुवा वि. टिकाउ; धेरै टिक्ने; खपाउ; खप्ने।
35625 टिके वि. १. टिको लाउने।
35626 टिके वि. २. टीकाटीका भएको (सर्प आदि)।
35627 टिके वि. ३. कसैको आशीर्वाद पाई ठाउँमा पुगेको।
35628 टिको ना. १. देवमन्दिरको प्रसादका रूपमा वा शोभाका निम्ति निधारमा लगाइने चन्दन, सिन्दूर, अबिर, अक्षता आदि; तिलक।
35629 टिको ना. २. आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि; विजयादशमी; दसैँ।
35630 टिकोटालो ना. १. यज्ञान्त वा धार्मिक उत्सव आदिमा टिको लगाउने काम।
35631 टिकोटालो ना. २. धार्मिक विधिअनुसार बिहेको कुरो छिन्ने कार्य; जनैसुपारी; वाग्दान।
35632 टिकोटालो ना. ३. वाग्दानका दिन वरवधूलाई लगाइने टिको वा दिइने वस्तु।
35633 टिक्की ना. १. गुजारा गर्ने ठाउँ; टिक्ने ठाउँ।
35634 टिक्की ना. २. जीविका; वृत्ति।
35635 टिङ्गर ना. हे. टँगरो।
35636 टिङ्गरे / टिङ्गरो वि. १. अग्लो, दुब्लो वा पातलो; ख्याउटे।
35637 टिङ्गरे / टिङ्गरो वि. २. एक्ले, ठिङ्गो।
35638 टिङ् ग्रिङ्ङ क्रि.वि. १. दुब्लो र अग्लो शरीर उभिएर वा एक्लै रहने गरी; ठिङ्ग।
35639 टिङ् ग्रिङ्ङ क्रि.वि. वि. २. सर्वसाधारण व्यक्ति वा वस्तुभन्दा भिन्न; छुट्टा; फुट्टा।
35640 टिठ ना. १. तीव्र लालच; धित; सन्तुष्टि।
35641 टिठ ना. २. मानसिक तृष्णा।
35642 टिठ ना. ३. अन्य प्राणीमाथि गरिने मानवताको व्यवहार; दया; करुणा।
35643 टिठलाग्दो वि. मायालाग्दो; दयालाग्दो; करुण।
35644 टिठो वि. टिठलाग्दो; मायालाग्दो।
35645 टिठिनु अ.क्रि. १. टिठलाग्दो हुनु, मायालाग्दो हुनु।
35646 टिठिनु अ.क्रि. २. लोभलाग्दो हुनु; लोभिनु।
35647 टिठ्याइ ना. टिठिने तथा टिठ्याउने भाव, क्रिया वा प्रक्रिया।
35648 टिठ्याइनु क.क्रि. टिठिने बनाइनु; टिठलाग्दो पारिनु।
35649 टिठ्याउनु प्रे. क्रि. टिठिने पार्नु, लोभलाग्दो बनाउनु, टिठलाग्दो तुल्याउनु।
35650 टिन ना. १. राङ, फलाम आदि मिसाई बनाइएको एक प्रकारको मिश्रित धातु।