Dictionary

All Word

35451 टाइप केस ना. मुद्रणकार्यका टाइपहरू व्यवस्थित गरी राख्ने खण्ड खण्ड भएको साधन।
35452 टाइप पेपर ना. टाइप गर्ने पातलोखाले काग।
35453 टाइप बेड ना. छाप्ने अक्षरहरू आदि मिलाएर राख्ने मुद्रणयन्त्रको भाग।
35454 टाइप राइटर ना. हातका औँलाहरू चालेर अक्षर टङ्कण गर्ने यन्त्र।
35455 टाइपिस्ट ना. १. टाइपराइटर चलाउने वा टाइप गर्ने व्यक्ति।
35456 टाइपिस्ट ना. २. सो काम गर्ने एक न्यूनवैतनिक पद।
35457 टाइफाइड ना. पानी आदिको दोषबाट आन्द्रामा विकार पैदा भएर आउने जरो; आन्तरिक ज्वर; म्यादी जरो।
35458 टाइम ना. १. वर्ष, महिना, दिन, घण्टा आदिको एकाइ; समय।
35459 टाइम ना. २. मौका; अवसर।
35460 टाइम घडी ना. समय सूचित गर्न टिन्न बज्ने घडी।
35461 टाइम टेबुल ना. समयतालिका; समयसारिणी।
35462 टाइल ना. छानो छाउन उपयोग गरिने ठुलो झिँगटी; टायल।
35463 टाई ना. सुट आदि युरोपीय ढाँचाका पोसाकको पहिरनमा घाँटीमा (सर्टको कलरमा) सुर्काउनी पारी लगाइने विभिन्न रङको लुर्के फित्ता।
35464 टाई क्लिप ना. छातीमा टाई अड्काउने किलिप।
35465 टाईपिन ना. टाई अड्काउने पिन।
35466 टाउके वि. १. साधारणभन्दा ठुलो टाउको भएको; शरीरको गठनभन्दा ठुलो टाउको हुने; घनटाउके।
35467 टाउके वि. २. ठुलो पदमा रहेको; प्रतिष्ठि।
35468 टाउके वि. ३. प्रमुख; मुख्य।
35469 टाउके कमिला ना. टाउको ठुलो हुने एक जातको कमिला।
35470 टाउको ना. शरीरको घाँटीदेखि माथिको मुख्य अङ्ग; शिर; माथ; मुन्टो।
35471 टाउको खानु टु. १. मगज खानु।
35472 टाउको खानु टु. २. अघि लाउनु ( मर्नुको अर्थमा )।
35473 टाउको जोगाउनु टु. निर्दोषी रहनु, गाल नपार्नु।
35474 टाककोरी ना. आ आ टाककोरी' भन्दै हातले साथीको टाउकामा पिट्ने र पिटिनेले दौडेर छुन खोज्दा पिट्नेले छल्न खोज्ने बालखेल।
35475 टाकटुक क्रि.वि. १. पुगनपुग; जसोतसो; यताउति; यसोउसो; हाहु।
35476 टाकटुक क्रि.वि. २. ठिक ठिक, टाकनटुकन।
35477 टाकटुक क्रि.वि. ना. ३. दुई वस्तु एकअर्कामा ठक्कर खाँदा निस्कने आवाज।
35478 टाकटुक क्रि.वि. ४. ठाडा र तेर्सा गरी तानेका धर्कामा नौ कोठा पारी बिचबिचमा आआफ्ना चिह्न राखेर खेलिने खेल।
35479 टाकटुके वि. सबै कुरा जसोतसो गरी मिलाउने; कामचलाउ सिप भएको।
35480 टाकनटुकन ना. १. जसोतसो काम फत्ते गर्ने तरिका ; टाकटुक।
35481 टाकनटुकन ना. २. गाईजात्रामा केटाकेटीहरूले लट्ठी परस्परमा जुधाई खेल्ने एक खेल; हनुमान् नाच।
35482 टाकनटुकन ना. ३. सानातिना मालमत्ता।
35483 टाकनटुकन ना. ४. सानोतिनो कामकुरो।
35484 टाकनटुकन ना. ५. साधारण खानेकुरो।
35485 टाकनटुकन ना. वि. ६. साधारण।
35486 टाकुरी ना. ससानो टाकुरो सानो चुली ; सानो ढिस्को।
35487 टाकुरीको पार ना. कहिल्यै गरेर नसकिने काम वा धन्दा।
35488 टाकुरो ना. १. समतल जमिनभन्दा माथि उठेको भूभाग; पहाडको टुप्पो; चुचुरो; शिखर।
35489 टाकुरो ना. २. गजुर, धुरी।
35490 टाक्सिनु अ.क्रि. १. चिन्ताले दुब्लाउनु, पिरले खिइँदै जानु, ख्याउटिनु।
35491 टाक्सिनु अ.क्रि. २. फस्टाउन नसक्नु, विकसित हुन नसक्नु।
35492 टाक्से वि. चिन्ताले दुब्लाएको; टाक्सिएको; ख्याउटे; अविकसि।
35493 टाङ१ ना. खुट्टो; गोडो; टाँग।
35494 टाङ२ ना. भाँडाकुँडा वा ठुलो घडी बज्दा निस्कने आवाज।
35495 टाङटाङ क्रि.वि. त्यसरी बजेर।
35496 टाङटुङ ना. १. घण्टा, घण्टी भएको घडी आदि बज्दा निस्कने शब्द।
35497 टाङटुङ ना. क्रि.वि. २. त्यस्तो ध्वनिका साथमा।
35498 टाङन ना. हे. टाँगन।
35499 टाङन घोडा ना. हे. टाँगन घोडा।
35500 टाङा ना. हे. टाँगा।