Dictionary

All Word

35551 टायम ना. टाइम; समय।
35552 टायर ना. मोटर, साइकल आदिका पाङ्ग्राभित्रको हावाको ब्लडरट्युबलाई रक्षा गर्ने बाहिरी भाग।
35553 टार्नु स.क्रि. १. जेजसरी भए पनि काम चलाउनु; निर्वाह गर्नु।
35554 टार्नु स.क्रि. २. गर्नुपर्ने कामकुरो आलटाल गरेर पन्छाउनु; चाहिने नचाहिने कुरा गरेर काममा ढिलाइ गर्नु।
35555 टार्नु स.क्रि. ३. कुनै जुक्ति गरी कसैलाई नआउने पार्नु; पन्छाउनु।
35556 टार्नु स.क्रि. ४. बिताउनु; गुजार्नु।
35557 टार ना. पहाडको उचाइमा आदमाराको वा गडतिरको आसपासमा रहेको सम्म ठाउँ; बेसीभन्दा केही माथि रहेको सम्म थलो; टाहार (उदा.- रूपाटार, रुम्जाटार, तुम्लिङटार, पालुङटार, इरुङटार इ.)।
35558 टारिनु अ.क्रि. १. टर्ने हुनु।
35559 टारिनु अ.क्रि. क.क्रि. २. टर्ने पारिनु।
35560 टारी वि. १. टारको ; टार भएका ठाउँको।
35561 टारी वि. २. अग्लो।
35562 टारी वि. ३. सम्म परेको।
35563 टारीखेत ना. अकासे झरीले मात्र रोपाइँ हुन सक्ने उच्चो खे।
35564 टाल्नु स.क्रि. १. भाँडा आदिको प्वाल परेको वा फुटेको ठाउँ रसाएर छोप्नु।
35565 टाल्नु स.क्रि. २. कपडा आदि फाटेमा टालो लाउनु; पौलो मार्नु।
35566 टाल्नु स.क्रि. ३. पन्छाउनु; टार्नु; हटाउनु।
35567 टाल ना. १. कुनै वस्तुको समूह; थुप्रो; रास; ढेर।
35568 टाल ना. २. कुनिउँ; टाली।
35569 टालटुल ना. १. टुटेफुटेका भाँडामा रसायन हालेर वा फाटेका कपडामा टालो हालेर मर्मत गर्ने काम।
35570 टालटुल ना. २. घरपर्खाल आदिको दुलो, धाँजो आदिमा मर्मत गर्ने काम; जीर्णोद्धार; स्थित्युद्धार।
35571 टालटुल ना. ३. आलटाल गर्ने व्यवहार; अल्याङमल्याङ।
35572 टालाटुली ना. लुगा सिउँदा काटेर बचेका ससाना कपडाका टुक्रा; सानातिना टालाहरूको समूह।
35573 टालिनु क.क्रि. १. कपडाको फाटेको ठाउँमा टालो आदि छापेर सिउनु वा त्यसरी सिएर छोपिनु।
35574 टालिनु क.क्रि. २. भाँडाकुँडा चुहुने भएका ठाउँमा केही कुरो रसाएर बन्द गरिनु।
35575 टालिनु क.क्रि. ३. पानी, धुलो आदि छिर्ने प्वाल कुनै साधनद्वारा बन्द गरिनु।
35576 टाली ना. कुनिउँ; टाल।
35577 टालो ना. १. पहिरिने लुगाका फाटेका वा प्वाल परेका ठाउँमा छोपेर सिइने कपडाको टुक्रो; ससाना चकना।
35578 टालो ना. २. कपडाको सानो टुक्रो।
35579 टालो ना. ३. जग्गाजमिनको सानो अंश; पाखो।
35580 टालो ना. ४. कपडा; वस्त्र।
35581 टायल ना. छानो छाउनमा उपयोग गरिने माटो वा सिमेन्टको ठुलो झिँगटी; टाइल।
35582 टावर ना. विभिन्न उद्देश्यले बनाइएको अग्लो बुर्जादार घर।
35583 टावर वाइगन ना. १. अग्लो, होचो गर्न हुने टावर जडान गरिएको मोटरगाडी।
35584 टावर वाइगन ना. २. ट्रली बस चल्ने वा अरू अग्लो ठाउँको बिजुली उपयोग गरिने साधन।
35585 टिंटिंबाँस ना. प्रायः नदीका तीरका बालुवामा फुल पार्ने कागजत्रो चरो; हुटिट्याउँ।
35586 टिउरी १ ना. पहाडको चुचुरो; शिखर; तिब्री।
35587 टिउरी २ ना. हाँसको चल्लो; टिउरो।
35588 टिउरो१ ना. टिउरीभन्दा ठुलो चुचुरो।
35589 टिउरो २ ना. हाँसको चल्लो।
35590 टिक्नु अ.क्रि. १. अप्ठ्यारो स्थिति वा समयमा पनि बस्न सक्नु; बस्नु; रहनु।
35591 टिक्नु अ.क्रि. २. स्थायी रूपले रहनु; दिगो हुनु; अडिनु; थेगिनु।
35592 टिक ना. १. ठुलठुला पात र मसिना फल लाग्ने एक जातको रुख अथवा प्लाइउड बनाउन प्रयोग गरिने त्यसैको काठ।
35593 टिक ना. २. छेउमा मणि रत्नहरू लर्किने गरी जडेर माझमा विभिन्न निकाली बनाइएको घाँटीमा लाइने चन्द्राकार गहना; बुट्टेदार बुट्टा कण्ठहार।
35594 टिकट ना. १. बस, रेल, जहाज आदिमा यात्रा गर्दा दिइएको भाडाको प्रमाण जनाइएको कागतको टुक्रो।
35595 टिकट ना. २. चलचित्र, प्रदर्शनी आदिमा छिर्नका लागि तिरेको प्रवेशदस्तुरको प्रमाणपत्र।
35596 टिकट ना. ३. हुलाकद्वारा चिठी पठाउँदा टाँसिने, सरकारी तवरमा निष्कासित चिह्नयुक्त सानो कागज, हुलाक टिकट, टिकस।
35597 टिकट ना. ४. दानदक्षिणा प्रदान गर्न बाँडिएको प्रामाणिक कागज, दानदक्षिणाको टिकट।
35598 टिकट दस्तुर ना. सरकारी कार्यालय आदिमा निवेदन दर्ता गर्दा नियमानुसार टाँस्नुपर्ने टिकट वा त्यसको मूल्यस्वरूप जम्मा गर्नुपर्ने रुपैयाँ।
35599 टिकटिक ना. १. घडी चल्दा त्यसबाट लगातार निस्कने शब्द।
35600 टिकटिक ना. २. सानो वस्तुले कुनै कठोर चिजलाई ठोक्दा निस्कने आवाज।