Dictionary

All Word

35751 टिम्काइ ना. टिम्कने भाव, क्रिया वा प्रक्रिया।
35752 टिम्काइनु क.क्रि. टिम्कने पारिन्।
35753 टिम्काउनु प्रे. क्रि. / स.क्रि. टिम्कने पार्न।
35754 टिम्किनु अ.क्रि. १. टिम्कनु।
35755 टिम्किनु अ.क्रि. २. टिमिक्क परिनु।
35756 टिम्के वि. १. मात्तिएको; बढेचढेको; टिम्किएको।
35757 टिम्के वि. २. टिमिक्क परेको; खुब कसिएको।
35758 टिम्के चोली ना. खुब कसिएको वा छाँट परेको चोलो; ब्लाउज।
35759 टिम्क्याइ ना. टिम्किने भाव, क्रिया वा प्रक्रिया।
35760 टिम्क्याहट ना. टिम्किने भाव, क्रिया वा अवस्था; टिम्क्याइ।
35761 टिम्बा ना. १. साल, सिसौ, सखुवा आदि कटानी गरी निस्केको मोटो चाक्लो काठ; निदाल, दलिन आदि हाल्न हुने र झ्याल, ढोका, दराज, कुर्सी आदि बनाइने चारपाटा पारी ताछेको ठुलो काठ, टिम्मा।
35762 टिम्बा ना. २. जालीभित्र रुवा तगेर बनाइएको सिरक।
35763 टिम्म क्रि.वि. चट्ट कसिने गरी (शरीरमा लगाएका लुगा मिल्ने किसिम); टम्म; टिमिक्क; टिनिक्क; रिटिक्क।
35764 टिम्मटाम्म वि. कसिकसाउ।
35765 टिम्मा ना. हे. टिम्बा।
35766 टिम्मुर ना. हे. टिमुर।
35767 टिरटिर ना. १. किराफट्याङ्ग्रा आदि कराउँदाको आवाज निस्कने गरी।
35768 टिरटिर ना. ना. २. त्यस्तो आवाज वा ध्वनि।
35769 टिरटिरती क्रि.वि. अझै टिरटिर गरेर।
35770 टिरटिरे वि. १. टिरटिर आवाज निकाल्ने।
35771 टिरटिरे वि. ना. २. दुर्र] (सानो हुक्का)।
35772 टिर्टिरे ना. १. टिरटिर।
35773 टिर्टिरे ना. २. पातलो दिसा लाग्ने रोग, पखाला, टुर्र]; टिर्री।
35774 टिर्टिरे ना. वि. ३. त्यस्तो रोग लागेको; छेरुवा, दुर्र।
35775 टिर्र क्रि.वि. १. पातलो पदार्थ (दिसा, पानी इ.) वेगले झर्ने गरी; टिर्री लाग्ने चालले।
35776 टिर्र क्रि.वि. २. ससाना किरा कराउँदाको झैँ ध्वनि निकालेर।
35777 टिर्र क्रि.वि. ना. ३. त्यसरी झर्दा वा कराउँदा उत्पन्न हुने ध्वनि।
35778 टिर्रटिर्र ना. लगातार टिर्र ध्वनि निस्कने गरी।
35779 टिर्री १ ना. १. पातलो दिसा; पखाला; टिटिरे।
35780 टिर्री २ ना. कुनै कुरामा गरिने जिद्दी ; टेक; अभिमान; सेखी; टठ।
35781 टिर्रीवाल वि. घमन्डी, टेकी, अभिमानी; सेखीवाल।
35782 टिर्र्‍याइ ना. टिर्याउने वा पातलो दिसा गराउने क्रिया वा प्रक्रिया।
35783 टिर्र्‍याइनु क.क्रि. तुर्कों, टिर्री आदि झारिनु; पातलो दिसा गरिनु।
35784 टिर्र्‍याउनु स.क्रि. १. पखाला निकाल्नु, पातलो दिसा गर्नु; छेर्नु।
35785 टिर्र्‍याउनु स.क्रि. २. तुर्क्याउनु।
35786 टिल वि. १. जाँड, रक्सी बढी खाएर मात्तिएको, टुन्न भएको।
35787 टिल वि. २. अघाएको।
35788 टिल वि. ना. ३. भाँडाकुँडा, नाउ आदिको बिट।
35789 टिलटिल क्रि.वि. १. पुरै टिल हुने गरी।
35790 टिलटिल क्रि.वि. २. घाउखटिराको फोको पिप भरिएर फुट्लाजस्तो हुने गरी।
35791 टिलटिलती क्रि.वि. १. भरिने वा अघाउने गरी।
35792 टिलटिलती क्रि.वि. २. टिलटिल भएर।
35793 टिलपिल क्रि.वि. १. पानी आदि भाँडामा पोखिने हालतमा पुगुन्जेल, बिटसम्म भरिएर, टलपल।
35794 टिलपिल क्रि.वि. २. बत्ती आदि बल्दा मधुरो भएर वा निम्ने निम्ने छाँटले।
35795 टिलिक्क क्रि.वि. झल्कने, उज्यालो दिने वा चमक दिने किसिमले।
35796 टिलो ना. १. मरेका दिनदेखि दश दिनसम्म ढिकुरामा गरिने श्राद्धमा चढाइने फलामको दक्षिणा वा भेटी।
35797 टिलो ना. २. रुपियाँपैसा, सामान आदि (निन्दार्थ वा क्षुद्रार्थमा)।
35798 टिल्ल क्रि.वि. १. टिल हुने गरी ( खाने किसिम )।
35799 टिल्ल क्रि.वि. २. टिलिक्क।
35800 टिल्लिनु अ.क्रि. १ . बढी खाना खाएर पेट उक्सिन; बेसी खाएर पेट टुन्न हुनु; जेलिनु; टुन्निनु।