Dictionary

All Word

35901 टुङ ना. वानर, सुगा आदिबाट खेतबारीको बालीनाली नोक्सान हुन नदिन रेखदेखका लागि कुरेर बस्ने अग्लो मचान वा टाँड, यस्तै कामका लागि बनेको अग्लो छाप्रो वा ठाँटी; टहरो।
35902 टुङ्गिनु अ.क्रि. १. कुनै कामकारबाईको टुङ्गो लाग्नु; किनारा लाग्नु, निधो हुनु।
35903 टुङ्गिनु अ.क्रि. २. सिद्धिन; सकिनु; समाप्त हुनु।
35904 टुङ्गो ना. १. कुनै मुद्दा वा घरव्यवहारको समाप्ति; कुनै काम वा कुराको निधो; निर्णय।
35905 टुङ्गो ना. २. निश्चित अवधि; सीमा; हद।
35906 टुङ्गो ना. ३. तोकिएको स्थान वा समय; म्याद।
35907 टुङ्गो ना. ४. ठेगाना; पत्ता।
35908 टुङ्ग्याइ ना. १. टुङ्गो लाग्ने वा टुङ्ग्याउने क्रियाप्रक्रिया।
35909 टुङ्ग्याइ ना. [टुङ्ग्याउ + आइ] २ टुङ्ग्याउने क्रिया वा प्रक्रिया।
35910 टुङ्ग्याइनु क.क्रि. टुङ्गो लगाइनु; समाप्त गरिन्।
35911 टुङ्ग्याउनी ना. समाप्ति; उपसंहार।
35912 टुङ्ग्याउनु स.क्रि. १. टुङ्गो लगाउनु, निधो हुने पार्नु।
35913 टुङ्ग्याउनु स.क्रि. २. समाप्त गर्नु; सिद्ध्याउनु।
35914 टुङ्ना ना. आकारमा सारङ्गीजस्तो, चारवटा रेसमका तार जेलिएको, भ्यागुता वा भेडीका छालाले मोरेको र नक्खी वा जवाले बजाइने, प्रायः लामा, सेर्पा, तामाङ र गुरुङ जातिमा प्रचलित लोकबाजा।
35915 टुट्नु अ. क्र १. कुनै ठोस वस्तु टुक्रिनु; भाँचिनु।
35916 टुट्नु अ. क्र २. फुट हुनु; अलग्गिनु; छुट्नु।
35917 टुट्नु अ. क्र 3 रोकिनु; बन्द हुनु।
35918 टुट्नु अ. क्र ४. सम्बन्ध आदिको विच्छेद हुनु।
35919 टुट ना. टुट्ने काम।
35920 टुटफुट वि. टुटेफुटेको; टूटफूट।
35921 टुटाइ ना. टुट्ने क्रिया वा प्रक्रिया।
35922 टुटाइनु क.क्रि. टुट्ने तुल्याइनु।
35923 टुटाउनु प्रे. क्रि. / स.क्रि. १. टुटाउनु, छोड्न लगाउनु।
35924 टुटाउनु प्रे. क्रि. / स.क्रि. २. भाँच्नु, तोड्नु।
35925 टुटिनु क. क्रि. छोडिनु; त्यागिनु।
35926 टुट वि. १. फुटेको, टुटेको, छुटेको, टुट।
35927 टुट वि. ना. २. घाटा; टुट्टा ड्याक; नोक्सान।
35928 टुटफुट वि. १. टुटेफुटेको, भत्केबिग्रेको; नोक्सान।
35929 टुटफुट वि. २. छुटफुट।
35930 टुटिलो / टुटिल्को ना. ठोकिएर वा आघात परेर निधार वा टाउकामा उठेको फोको; टुटुल्को।
35931 टुटी ना. १. करुवा, कमण्डलु, झारी आदिको पानी खसाल्ने सानो टुटो; धातुको नालाबाट ल्याइएको धाराको टुटो।
35932 टुटी झारो ना. १. चौरमा उम्रने दुबोजस्तो एक थरी झार।
35933 टुटी झारो ना. वि. २. ज्यादै निम्छरो ; नाजुक।
35934 टुटी धारो ट्टीवाल धारो; टूटी भएको धारो।
35935 टुटे वि. १. टुटी भएको ; टुटीवाल।
35936 टुटो ना. १. करुवा, झारी, टाँपो आदि भाँडाबाट पानी चुहाउन जडिएको सानो नली; त्यसैको टुप्पो।
35937 टुटो ना. २. कलधाराको मुखैमा पानी खोल्ने र बन्द गर्ने चुकुल भएको पानी चुहुने भाग।
35938 टुट्टा ना. व्यापार, व्यवसायमा बेहोर्नुपर्ने नोक्सानी; घाटा; ड्याक; हानि।
35939 टुना ना. कुनै व्यक्तिलाई आफ्नो वशमा लिन गरिने झारफुक वा तन्त्रमन्त्रको प्रयोग; मोहिनी; अभिचार क्रिया।
35940 टुनामुना/मुहुनी ना. वशमा पार्न गरिने टुनामोहनीको प्रयोग; अभिचारसम्बन्धी काम।
35941 टुनाल ना. है. टुँडाल।
35942 टुनी ना. १. ससाना पात हुने, सेता झुप्पे फूल फुल्ने र हर्रोजस्तो फल फल्ने एक वृक्ष; त्यसै वृक्षको फल।
35943 टुनी ना. २. बाजा बनाउन प्रयोग हुने र सुरिलो स्वर निस्कने त्यसैको काठ।
35944 टुनेमुने वि. १. टुनामुना गर्ने।
35945 टुनेमुने वि. ना. २. धामी।
35946 टुनेमुने वि. ३. बोक्सी।
35947 टुनेसो ना. ससाना बाछाबाछी आदिले माउसँग चरनमा जाँदा दुध नचोरून् भनी नाकको डाँडीमास्तिर चोके पारेर बाँधिने काठ।
35948 टुन्टे वि. १. हात काटिएको; एकहाते; ठुटे।
35949 टुन्टे वि. ना. २. पुरुषेन्द्रिय ( निन्दा वा गालीको अर्थमा )।
35950 टुन्न क्रि.वि. १. खाँदा असाध्यै पेट उक्सिने गरी; टन्न; टिल्ल।