Dictionary

All Word

35801 टिल्लिनु अ.क्रि. २. शरीरको कुनै अवयव फुल्नु, सुन्निनु।
35802 टिल्लो ना. १. तोकिएको चौघेरा।
35803 टिल्लो ना. २. पहाड आदिको थुम्को वा ढिस्को।
35804 टिल्ल्याइ ना. टिल्ल हुने वा टिल्लिने क्रिया वा प्रक्रिया।
35805 टिल्ल्याइनु क.क्रि. टिल्ल तुल्याइनु।
35806 टिल्ल्याउनु स.क्रि. / प्रे. क्रि. टिल्ल हुन्जेलसम्म खानु; पेट टुन्न पार्नु।
35807 टिसी ना. स्त्रीयोनिको भित्र माथिल्लो भागमा र पशुयोनिको तल्लो भागमा हुने कामोत्तेजक मांसतुण्ड, भगको टुँडो, भगनासिका; नारी वा पोथी जातिको मणि।
35808 टीका ना. १. कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ, भाष्य।
35809 टीका ना. २. निधारमा लगाइने चन्दन, अबिर, सिन्दूर आदि; टिको; तिलक।
35810 टीका ना. ३. थोप्लो।
35811 टीका ना. ४. दाग।
35812 टीका ना. ५. माई आदि रोगका विरुद्ध पहिले नै गरिने खोप।
35813 टीकाकार ना. कुनै ग्रन्थको टीका वा भाष्य लेख्ने व्यक्ति; व्याख्याकार।
35814 टीकाको पाइतो ना. विजयादशमीका दिन गरिने प्रस्थान।
35815 टीकाको साइत ना. सबैभन्दा असल वा राम्रो साइ।
35816 टीकाटिप्पणी ना. चर्चा, परिचर्चामा आएका विषयको गुणदोष छुट्ट्याउने काम; आलोचना; चर्चा।
35817 टीकाटिप्पणी ना. ना. २. सानाठुला टीकाको समूह।
35818 टीठ ना. हे. टिठ।
35819 टीठलाग्दो वि. हे. टिठ लाग्दो।
35820 टी. बी. ना. टिबी रोग; क्षयरोग।
35821 टुँडाल ना. घर बनाउँदा गारामा टेकाइ छड्के पारी राखिने पानीबलो अड्याउने काठ।
35822 टुँडिखेल ना. १. काठमाडौँको रत्नपार्कदेखि तोपघरसम्मको खुला मैदान।
35823 टुँडिखेल ना. २. सिपाहीले कवाज खेल्ने चाक्लो मैदान (परेड ग्राउन्ड)।
35824 टुँडे ना. १. बाली लगाइसकेको बारीमा फेरि जोत्दा बाली खान नदिनका लागि गोरु, पाडा आदिका मुखमा लगाइने पेरुङ्गो; मोहला।
35825 टुँडे ना. वि. २. लामालामा टुँडा हुने, झुसे।
35826 टुँडे ना. ३. मुखाले; थुतुने।
35827 टुँडेसो ना. १. दुध खाँदैका बाछाबाछी व पाडापाडीलाई माउसँग छोड्दा दिउँसो दुध खान नपाओस् भन मुखमा दुईचुच्चे डन्डी हाली बाँधिने उपकरण।
35828 टुँडेसो ना. २. (रिस वा झोक पोख्ने अर्थमा) तरल पदार्थ खाने काम (उदा.- केटाकेटीलाई पनि कति टुँडेसो लाइरहनुपर्ने हो!)।
35829 टुँडो ना. १. गहुँ, जौ, धान आदिमा हुने झुस।
35830 टुँडो ना. २. मुख लागेर बोल्नेको मुख; चोथो।
35831 टुँडो ना. ३. चुच्चो।
35832 टुँडो ना. ४. कलमका टाँका टुप्पो।
35833 टुइँ ना. कोमल ठाउँमा परेको सानो प्वाल (मलद्वार आदि बाट हावा छिर्दा निस्कने ध्वनि।
35834 टुइँकनु / टुइँकिनु अ.क्रि. लमलम हिँड्नु फटाफट गोडा चाल्नु, टुइँटुइँती हिँडनु।
35835 टुइँकनु / टुइँकिनु अ.क्रि. २. मर्नु बेपत्ता हुन् सुइँकिनु।
35836 टुइँके वि. १. टुइँक्क परेर हिँड्ने।
35837 टुइँके वि. २. टुइँक्क आवाज आउने।
35838 टुइँके हाड ना. नितम्बको हाड।
35839 टुइँक्क क्रि.वि. १. टुइँकिने किसिमले।
35840 टुइँक्क क्रि.वि. २. 'टुइँ' ध्वनि उत्पन्न हुने गरी।
35841 टुइँक्क क्रि.वि. ३. वेगपूर्वक; टुइँय्याँ; सुइँय्याँ।
35842 टुइँक्याइ ना. टुइँकिने क्रिया वा प्रक्रिया।
35843 टुइँक्याइनु क.क्रि. टुइँकिने पारिनु।
35844 टुइँक्याउनु स.क्रि. १. टन्न कसेर सुर्क्याउनु कसेर बाँध्नु।
35845 टुइँक्याउनु स.क्रि. २. मुर्दालाई दाहसंस्कारका लागि मसानघाटमा लैजानु।
35846 टुइँक्याउनु स.क्रि. ३. अपानवायु छाड्नु।
35847 टुइँक्याउनु स.क्रि. ४. लिनुपर्ने कुरो जोरजुलुम गरेर उठाउनु; धड्याउनु।
35848 टुइँक्याउनु स.क्रि. ५. भगाउनु।
35849 टुइँक्याहट ना. टुइँक्याइ।
35850 टुइँटुइँ ना. १. बडो फुर्तीसाथको हिँडाइ; फटाफटी; लमलमी।