Dictionary

All Word

35951 टुन्न क्रि.वि. २. खुबसित ढाडिने वा फुल्ने गरी।
35952 टुन्निनु अ.क्रि. १. सामान्यभन्दा बढी खाएर पेट उक्सन, टिल्ल हुनु, डेलिनु।
35953 टुन्निनु अ.क्रि. २. पेट ढाडिन; फुल्नु।
35954 टुन्न्याइ ना. पेट टन्न हुने क्रिया वा किसिम।
35955 टुन्न्याउनु स.क्रि. पेट टुन्न पार्नु; टिल्ल्याउनु।
35956 टुन्याहा वि. १. टुनामुना गर्न सिपालु, टुना गर्ने; मुहुनी लगाउने।
35957 टुन्याहा वि. २. तन्त्रमन्त्र गरेर अरूलाई दुःख पुऱ्याउने।
35958 टुपिन ना. विद्युत्तरङ्गलाई जोड्ने वा छुट्टयाउने दुईचोसे प्लक।
35959 टुपी वैदिक विधिअनुसार शिरमा प्रायः गोपुच्छ प्रमाणको नखौरी राखिएको रौँको समूह; शिखा; चूडा; टुप्पी।
35960 टुपीकट्टा ना. १. टुपीसमेत खौरेर सन्न्यासधर्म लिएको व्यक्ति (सन्न्यासी, जोगी इ.)।
35961 टुपीकट्टा ना. वि. २. टुपीसमेत खौरेको; टुपी काटेको; टुपी नभएको।
35962 टुपुक्क क्रि.वि. १. एक्कासि देखापर्ने गरी; टुप्लुक्क।
35963 टुपुक्क क्रि.वि. २. हल्कासँग भुईंमा बस्ने गरी; टक्रक्क; थुपुक्क।
35964 टुपुक्क क्रि.वि. ३. टिप्ता हलुङ किसिमले चुँडिने वा हातमा आउने गरी; टपक्क।
35965 टुपुटुपु क्रि.वि. १. टिप्ने बेलामा फलफूल आदि धमाधम हातमा आउने गरी टपटप।
35966 टुपुटुपु क्रि.वि. २. चुहुँदा थोपाथोपा झर्ने गरी; तपतप; तुपुतुपु।
35967 टुप्पा ना. हे. टुप्पो।
35968 टुप्पाटुप्पी ना. सानातिना हाँगाबिंगा र टुप्पा आदिको समूह; टुप्पाहरूको थुप्रो।
35969 टुप्पिनु अ.क्रि. १. टुप्पामा पुग्नु; टुप्पोसम्म छुनु।
35970 टुप्पिनु अ.क्रि. २. हलक्क बढेर हदैसम्म पुग्नु; बेसरी सप्रिनु।
35971 टुप्पिनु अ.क्रि. ३. धन, मान, इज्जत आदिको मदले मात्तिनु चढेबढेको हुनु; पहिले बिचैमा टप्केर हुनेखाने भई घमन्डी हुनु।
35972 टुप्पी ना. हे. टुपी; शिखा; चूडा।
35973 टुप्पो ना. १. लामो आकारको ठोस वस्तुको माथिल्लो अंश; अग्रभाग।
35974 टुप्पो ना. २. कुनै रुखको आकाशतिर चुलिएको भाग।
35975 टुप्पो ना. ३. पहाडको चुली; टाकुरो; शिखर।
35976 टुप्पो ना. वि. ४. टुप्पिएको; मास्तिर बढेको।
35977 टुप्प्याइ ना. टुप्पिने क्रिया वा प्रक्रिया; टुप्पामा पुग्ने काम।
35978 टुप्प्याइनु क.क्रि. टुप्पिने पारिनु, टुप्पामा पुऱ्याइनु।
35979 टुप्प्याउनु प्रे. क्रि. टुप्पिने पार्नु, टुप्पामा पुऱ्याउनु।
35980 टुप्प्याहट ना. टुप्पाइ।
35981 टुप्लुक्क क्रि.वि. १. अकस्मात् देखिने वा देखापर्ने गरी; एकाएक आइपुग्ने चालमा।
35982 टुप्लुक्क क्रि.वि. २. अनायास भेट हुने गरी; जम्काभेट भएर।
35983 टुप्लुक्किनु अ.क्रि. एकाएक आइपुग्नु; टुप्लुक्क आइपुग्नु।
35984 टुम ना. गिर खेलमा गोल हुने ठाउँ वा टुङ्गो; गिर खेलको गोल।
35985 टुमुक्क क्रि.वि. १. लुगा, कपडा मिलेर छरितो गरी; टम्म; टिमिक्क।
35986 टुमुक्क क्रि.वि. २. छाँट मिल्ने किसिमले; चिटिक्क।
35987 टुमेगिर ना. टुम कटाई खेलिने एक किसिमको गिर खेल।
35988 टुमौटे १ ना. तामो धातुको कारोबार गर्ने व्यक्ति; तमौटे।
35989 टुमौटे २ वि. १. कन्जुस स्वभावको; सानो चित्त भएको।
35990 टुमौटे २ वि. २. छोटो व्यवहार गर्ने; किफायती।
35991 टुम्को ना. १. निश्चित सीमा; तोकिएको अवधि।
35992 टुम्को ना. २. सम्म परेको ठाउँ बिच केही चुलिएको भूभाग; सानो पहाड; थुम्को।
35993 टुम्म क्रि.वि. हे. टम्म।
35994 टुर्र ना. १. तमाखु खाँदा हुक्काभित्रको पानीबाट आवाज निस्कने गरी; ट्वार; टिर्र।
35995 टुर्र ना. २. त्यस्तै समान परिस्थितिमा ध्वनि वा आवाज निकाल्दै।
35996 टुर्र ना. ३. बाँध्दा कसिलो हुने गरी।
35997 टुर्रिनु अ.क्रि. १. कसेर बाँधिनु; कसिनु।
35998 टुर्रिनु अ.क्रि. २. पखाला चल्नु।
35999 टुर्रिनु अ.क्रि. ३. तुर्किनु।
36000 टुर्रे वि. १. पानीजस्तो झोल भएको; पन्यालो।