Dictionary

All Word

36101 टेलिफोन ना. १. तारको सम्बन्धद्वारा एक ठाउँबाट अर्को ठाउँमा कुराकानी ओहोरदोहोर गराउने यन्त्र।
36102 टेलिफोन ना. २. यस्तै यन्त्रबाट पठाइएको खबर।
36103 टेलिफोन निर्देशिका ना. टेलिफोन नम्बर थाहा दिलाउने नामको वर्णानुक्रमसहितको पुस्तक ( टेलिफोन डाइरेक्टरी)।
36104 टेलिभिजन ना. १. बोल्ने मानिसको शब्द सुनिने र रूप तथा भावभङ्गिमा पनि देखिने आधुनिक यन्त्र।
36105 टेलिभिजन ना. २. श्रव्य, दृश्यसहितको विद्युतीय सञ्चार साधन।
36106 टेलेक्स ना. एक ठाउँबाट अर्को ठाउँमा खबर पठाउने काम।
36107 टेवा ना. आधार; अडान; टेको।
36108 टेस्ट ना. १. परीक्षा; जाँच।
36109 टेस्ट ना. २. प्रवेशिका (एस. एल. सी.) दिनुपूर्व लिने योग्यता परीक्षा।
36110 टेस्टट्युब ना. परीक्षणनली।
36111 टेस्ट म्याच ना. परीक्षणका रूपमा खेलिने फुटबल आदि खेल।
36112 टेस्टापुरी धिमाल जातिका ग्राम्यदेवता।
36113 टोक्नु स.क्रि. १. साह्रो र चपाउनुपर्ने कुनै खानेकुरो दाँतले टुक्रा पार्नु; दाँतले च्यापेर फोर्नु।
36114 टोक्नु स.क्रि. २. अरूलाई दुख्ने गरी शरीरका कुनै अङ्गमा दाँतले च्याप्नु; दाँतले चिथर्नु; दार्नु।
36115 टोक्नु स.क्रि. ३. डङ्क मार्नु; डस्नु।
36116 टोक्नु स.क्रि. ४. ग्रहगतिअनुसार नजिकका आफन्तलाई पिर्नु।
36117 टोक्नु स.क्रि. ५. कचकच गर्नु; टोकस्नु।
36118 टोक ना. १. भइरहेको कुनै काम बिथोल्ने किसिमको बोलाइ; अड्को।
36119 टोक ना. २. ठाडै हप्काउने काम; हप्कीदप्की।
36120 टोकन ना. १. चेक बुझाएपछि पैसा नदिउन्जेल बैंकले ग्राहकलाई प्रमाण वा निस्साका निम्ति दिने, नम्बर अङ्कित भएको धातुको बाटुलो वा त्रिकोणाकार चक्का।
36121 टोकन ना. २. चिह्न; सङ्के।
36122 टोकरी ना. टाउकामा बोकेर हिँड्ने वा फलफूल, सागपात, अन्न आदि राखिने बाँसका चोयाले बुनेको ठुलो ढक्कीजस्तो भाँडो; एक किसिमको सानो डाली।
36123 टोकस्नु स.क्रि. १. आफन्त कसैलाई बिरामै नभए तापनि निहुँ पारेर वा बिनसित्ति गाली गर्नु।
36124 टोकस्नु स.क्रि. २. खानेकुरामा कन्जुस्याइँ गरी ठग्नु; थोरै दिनु।
36125 टोकसाइ ना. टोकस्ने काम वा किसिम।
36126 टोकसाइनु क.क्रि. टोकस्ने काम गराइनु; टोकस्न लाइनु।
36127 टोकसाउनु प्रे. क्रि. टोकस्ने काम गराउनु; टोकस्न लाउनु।
36128 टोकसो ना. १. मन नपर्दो मान्छेलाई बिराम नै नभए पनि खेपैपिच्छे गरिने गाली; ट्वाकट्वाक ; कचकच; करकर।
36129 टोकसो ना. २. दिनुपर्ने जति खान नदिएर ठग्ने काम।
36130 टोका ना. हात्तीलाई ऐंचमा राख्नका निम्ति पिट्न प्रयोग गरिने लट्ठी।
36131 टोकाइ ना. टोक्ने क्रिया वा प्रक्रिया।
36132 टोकाइनु क.क्रि. टोक्न लाइनु।
36133 टोकाउनु प्रे. क्रि. टोक्न लाउनु।
36134 टोकाटोक ना. परस्परमा एकले अर्कालाई टोक्ने काम; पालैसितको टोकाइ।
36135 टोकाहा वि. १. टोक्ने बानी भएको; टोक्ने खालको।
36136 टोकाहा वि. २. बाबुआमा, दाजुभाइ आदिलाई टोक्ने भनिएको ग्रहमा परेको; ग्रहगतिअनुसार अरूलाई पिर्ने; पिराहा।
36137 टोकिनु क.क्रि. टोक्ने काम गरिनु।
36138 टोकुवा वि. टोक्ने स्वभावको; टोकाहा; पिराहा।
36139 टोक्रे वि. १. टोक्रो भएको; खबटादार।
36140 टोक्रे बाँस ना. प्याङपाथी आदि बनाउन प्रयोग गरिने टोक्रो भएको बाँस।
36141 टोक्रे बेत ना. टोकरी, डाली आदि बुन्ने काम लिइने एक जातको बे।
36142 टोक्रो ना. कलिलो बाँसको बोक्रो; हापा; खबटा।
36143 टोटा ना. बन्दुकमा बारुद, छर्रा वा गोली भरिने ढुङ्ग्रो ; कार्तोस।
36144 टोटावाल वि. टोटा भरेर हानिने (बन्दुक )।
36145 टोटे वि. टोटा जस्तै; पड्किने खालको।
36146 टोड्के ना. १. रुखमा टोड्को पारेर बस्ने र बचरा हुर्काउने पटुका आकारको एक चरो।
36147 टोड्के ना. वि. २. टोड्कोमा बस्ने; टोड्को परेको।
36148 टोड्का ना. खास गरी बुढो रुखमा परेको प्वाल वा खोप्लो।
36149 टोप ना. १. शिरमा लगाइने, वरिपरि पट्टीदार घेरा भएको, युरोपेली ठुलो गोलाकार टोपी।
36150 टोपल्नु स.क्रि. कुनै कामकुरो गरिटोपलेजस्तो मात्र गर्नु; गर्नुपर्ने कामकुरो देखावटी रूपमा मात्र गर्नु; देखाउन मात्र स्वाङ पार्नु।