Dictionary

All Word

36151 टोपलाइ ना. टोपल्ने भाव, क्रिया वा प्रक्रिया।
36152 टोपलिनु क.क्रि. प्रयास गरे झैँ वा स्वाङ पारे झैँ मात्र गरिनु।
36153 टोपलटापल ना. कुनै काम गरेजस्तो गर्ने वा गरिटोपल्ने ढङ्ग; देखाउनका निम्ति मात्र गरिने काम।
36154 टोपी ना. शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चाउलो र घेरा हाली सिइएको वस्त्र; शिरपोस।
36155 टोप्रे वि. टोप्रो भएको वा टोप्रो हुने (ऐँसेलु, भुईंकाफल इ.); टोप्रोजस्तो।
36156 टोप्रेल ना. सस्तो र साधारण किसिमको बुट्टेदार कपडाविशेष।
36157 टोप्रो ना. १. ऐँसेलु आदिको फल रहने गट्टो; बिर्को।
36158 टोप्रो ना. २. औंलाको टुप्पो।
36159 टोल / टोला ना. सहरको कुनै एक विभाग वा खण्ड; सहरभित्र पर्ने कुनै एक क्षेत्रभित्रको बस्ती।
36160 टोलाइ ना. टोलाउने क्रिया वा प्रक्रिया; एकोहोरो हेराइ।
36161 टोलाइनु अ.क्रि. टोलाउने होइनु; वाल्ल परिनु।
36162 टोलाउनु अ.क्रि. १. एकोहोरो किसिमले वा वाल्ल परेर हेर्ने; टोलो बन्नु।
36163 टोलाउनु अ.क्रि. २. बिलखबन्दमा पर्नु; जिल्ल पर्नु।
36164 टोलिनु अ.क्रि. टोलाउने होइन; वाल्ल परिनु।
36165 टोली ना. १. कुनै कार्यका निम्ति सङ्ख्या तोकिएका वा नतोकिएका मानिसहरूको समूह; जमात; डफ्फा; दल।
36166 टोली ना. २. ईश्वरलाई चढाएर प्रसादस्वरूप बाँडिने मिठाई आदि।
36167 टोले वि. एउटै टोलमा बस्ने; एकै टोलको; उही टोलको।
36168 टोलो वि . १. एकोहोरो हेरिरहने; टोलाउने बानी भएको।
36169 टोलो वि . २. वाल्ल परेको; जिल्ल परेको।
36170 टोस्ट ना. १. पाउरोटीका चकाना आगामा सेकाइएको खानेकुरो।
36171 टोस्ट ना. २. कुनै विशिष्ट अवसरमा कसैको सुस्वास्थ्यको कामना गर्दै वा शुभेच्छाज्ञापनकासाथ परस्परमा खाइने सुरा, सर्बत आदि पेय पदार्थ; स्नेहपान।
36172 टोस्ट ना. ३. त्यस प्रकारले शुभकामना व्यक्त गर्ने व्यक्ति वा विषय।
36173 टोहेँटो ना. तामाखानीमा काम गर्ने ज्यामी; तामाखानीको मजदुर।
36174 टोहो ना. कुनै काममा पारिने बाधा; भाँजी हाल्ने काम; अड्को; खोते।
36175 टौनु वि. कान नसुन्ने, बहिरो।
36176 टौनु वि. ( उदा.- कानुले नाचे टौनुले गीत गाउला नि त। - उखान )।
36177 टौवा ना. १. गाह्रो नलगाई थाम र दलिनहरू मात्र हालेर बनाइएको हावादारी घर; अग्लो मचान।
36178 टौवा ना. वि. २. खुब अग्लो; टङ्गरो।
36179 ट्याउँट्याउँ क्रि.वि. १. एकोतार बोल्ने वा कुरा गरिरहने गरी।
36180 ट्याउँट्याउँ क्रि.वि. (उदा.- नानी ट्याउँट्याउँ बोल्न थालिसक्यो, विद्यालयमा पढ्न पठाए हुन्छ)।
36181 ट्याउँट्याउँ क्रि.वि. २. कचकच गरिरहने चालले।
36182 ट्याउँट्याउँ क्रि.वि. (उदा.- तिमी कति ट्याउँट्याउँ गरिरहन्छौ, चुप लाग ! )।
36183 ट्याउरी ना. १. मन परेकी सानी केटी।
36184 ट्याउरी ना. वि. २. पातली; चिंगरी।
36185 ट्याउरो ना. १. मायालाग्दो सानो केटो।
36186 ट्याउरो ना. वि. २. पातलो काँटीको; चिंगरो।
36187 ट्याक ना. सुनचाँदीको बाक्लो चक्की।
36188 ट्याकट्याक क्रि.वि १. कुनै साह्रो चिजमा हल्का किसिमले हिर्काउँदा वा दुई थरी साना साह्रा चिज जुधिरहँदा आवाज आउने गरी।
36189 ट्याकट्याक क्रि.वि २. भनेगरेको कामकुरो ठिकठिकसित मिल्दै वा हुँदै जाने गरी।
36190 ट्याक्क क्रि.वि. १. कुनै साह्रो चिजमा हिर्काउँदा वा दुई थरी साह्रा चिज जुध्दा आवाज आउने गरी।
36191 ट्याक्क क्रि.वि. २. भनेगरेको कामकुरो ठिकसँग मिल्ने वा हुने ढङ्गले।
36192 ट्याक्कै क्रि.वि. ठिक्क मिल्दो गरी; ठ्याक्कै।
36193 ट्याक्टर ना. खेत जोत्ने वैज्ञानिक यन्त्र वा हलो।
36194 ट्याक्सी ना. १. स्वचालित रूपमा पैसा चढेको देखाउने भाडावाल मोटर।
36195 ट्याक्सी ना. २. भाडामा चलाइने सानो गाडी।
36196 ट्याङ्ट्याङ क्रि.वि तख्ताघडी, घण्टा आदि बज्दा बराबर आवाज आउने गरी।
36197 ट्याङप्वाल ना. फोर्न वा भसाउनका लागि बारुद भरेर पड्काउने गरी ठुलठुला ढुङ्गामा पारिने प्वाल।
36198 ट्याङ्क ना. सम्म नपरेको वा असजिलो बाटामा पनि जान सक्ने, युद्धका सामानले युक्त फौजी मोटर गाडी।
36199 ट्याङ्का ना. फलाम आदिका पाताले बनाइएको बाकस; सन्दुक; ट्रङ्क।
36200 ट्याङ्की ना. पानी भर्नका निम्ति उपयोग गरिने, सादा जस्ता, टिन, पोलिथिन आदिद्वारा बनाइएको ठुलो भाँडो।