Dictionary

All Word

36001 टुर्रे वि. २. टुर्र आवाज गर्ने (नरिवलको सानो हुक्का)।
36002 टुर्रो ना. १. तरकारी दाल आदिको पातलो झोल; बेस्वादको पानीजस्तो रस।
36003 टुर्रो ना. २. सानो हुक्का; टुर्रे हुक्का।
36004 टुर्र्‍याइ ना. १. टुर्र हुक्का तान्ने क्रिया।
36005 टुर्र्‍याइ ना. २. तुर्क्याइ।
36006 टुर्र्‍याइनु क. क्रि. १. टुर्र तुल्याइनु; कसिलोसँग बाँधिनु।
36007 टुर्र्‍याउनु स.क्रि. टुर्र आवाज निस्कने गरी हुक्का गुडगुडाउनु; तमाखु खानु।
36008 टुर्र्‍याहट ना. टुर्र्‍याउने क्रिया वा अवस्था।
36009 टुलटुल क्रि.वि. एकटक लाएर हेर्ने किसिमले; एकोहोरो कसैको मुख हेरिरहेर।
36010 टुलटुली/टुलटुलती क्रि.वि. १. अझै टुलटुल हुने गरी; एकटक लाएर हेरिरहने किसिमले; क्वारक्वारती।
36011 टुलटुली/टुलटुलती क्रि.वि. २. आशा वा दयनीय भावनाले एकोहोरो हेरिरहेर; पुलुपुलु।
36012 टुलबक्स ना. मोटर गाडी आदिका औजार वा ज्याबल राख्ने सानो बाकस।
36013 टुलुक्क क्रि.वि. एकै दृष्टिमा हेर्ने गरी; एकपल्ट मात्र हेर्ने किसिमले; पुलुक्क।
36014 टुल्के वि. १. टुलुटुलु हेरिरहने; एकटक लाएर हेर्ने।
36015 टुल्के वि. २. आसे।
36016 टुल्ल क्रि.वि. १. टोलाएर वा एकनाससित हेर्ने गरी; ट्वाल्ल।
36017 टुल्ल क्रि.वि. वि. २. हेरेको हे भएको; जिल्ल, वाल्ल।
36018 टुसा ना. हे. टुसो।
36019 टुसाइ ना. टुसाउने क्रिया वा प्रक्रिया।
36020 टुसाइनु अ.क्रि. टुसो निस्किनु ; टुसा हालिनु।
36021 टुसाउनु अ.क्रि. १. कुनै बोटबिरुवाले टुसो हाल्नु; अङ्कुराउनु।
36022 टुसाल ना. १. उखु पेल्ने मेसिन वा यन्त्र।
36023 टुसाल ना. २. सो मिसिन भएको ठाउँ; रसेटो।
36024 टुसुक्क क्रि.वि. १. दुई गोडा र चाकको भरले बिस्तारै भुइँमा बस्ने गरी।
36025 टुसुक्क क्रि.वि. २. टुसा वा अङ्कुर फुट्ने वा पलाउने गरी।
36026 टुसो ना. १. बोटबिरुवा, अन्न आदिको भर्खरै उम्रेको कलिलो मुनु; अङ्कुर; पिपिरो।
36027 टुसो ना. २. निगालो, बाँस आदिको भर्खरै उम्रेको, तरकारी खाइने मुनु।
36028 टुस्स क्रि.वि. हे. टुसुक्क।
36029 टुहुरिनु अ.क्रि १. टुहुरो हुनु; अनाथ बन्नु।
36030 टुहुरो वि. १. आमाबाबु मरेको; कुनै संरक्षक नभएको; टोके।
36031 टुहुरो वि. २. कुनै सहाय नभएको; अनाथ; बिचरो।
36032 टुहुरो वि. स्त्री. टुहुरी।
36033 टुहुरो टिङ्गरो वि. आमाबाबु नहुनाले अरूको शरण पर्न विवश भएको।
36034 टुहुरो टिङ्गरो वि. स्त्री. टुहुरीटिङ्गरी।
36035 टूट वि. हे. टुट।
36036 टूटफूट वि. हे. टुटफुट।
36037 टेक्नु स.क्रि. १. कुनै आधारमाथि गोडा अड्याउनु, कुल्चनु; खुट्टा हाल्नु; पाउ राख्नु।
36038 टेक्नु स.क्रि. २. कुनै आधार वा प्रमाणलाई समात्नु।
36039 टेक्नु स.क्रि. ३. कसैको आधार लिनु; आडभरोसा लिनु।
36040 टेक ना. १. कुनै कुरामा गरिने जिद्दी ; हठ; ढिपी; आग्रह।
36041 टेक ना. २. गर्व; अभिमान।
36042 टेक ना. 3. गीतका टुक्राहरूपछि दोहोऱ्याइने आरम्भिक चरण वा पङ्क्ति; गीतको स्थायी बोल।
36043 टेकन ना. १. अड्ने आधार; टेको; आड; टेवा।
36044 टेकन ना. २. बिसौना।
36045 टेकाइ ना. टेक्ने क्रिया वा प्रक्रिया।
36046 टेकाइनु क.क्रि. टेक्ने गराइनु।
36047 टेकाउनु प्रे. क्रि टेक्ने तुल्याउनु, टेक्न लगाउनु।
36048 टेकिनु अ.क्रि. १. टेक्ने हुनु; खुट्टा हालिनु।
36049 टेकिनु अ.क्रि. स.क्रि. २. कुल्चिनु।
36050 टेकी वि. १. जिद्दीवाल; टेक गर्ने; हठी; ढिपीवाल।