Dictionary

All Word

36051 टेकी वि. २. सेखीवाल; घमन्डी; अभिमानी।
36052 टेकी वि. ना. ३. पहिलेका युवतीहरूले कम्मरमा बाँध्ने तीनकुने लुगा।
36053 टेकुवा ना. खाँबो; टेको।
36054 टेको ना. १. थाममन्तिर राखिने ढुङ्गो वा काठ।
36055 टेको ना. २. कुनै वस्तुलाई अड्याउने (काठ, बाँस आदिको) टेवा।
36056 टेको ना. ३. बिसौनी।
36057 टेको ना. ४. गीतको अन्तरा।
36058 टेङ्ग्रा ना. एक जातको माछो।
36059 टेठो ना. बाँसका वा काठका किलाहरू ठोक्ने काठको मुङ्ग्रो; खुटा गाड्ने काठको मुङ्ग्री।
36060 टेढिनु अ.क्रि. १. सिधा नहुनु; बाङ्गिनु; टेढो हुनु।
36061 टेढिनु अ.क्रि. २. रिसाउनु; चिढिनु।
36062 टेढो वि. १. सोझो नभएको; बाङ्गो; डेउढो; वक्र।
36063 टेढो वि. २. नमिल्ने प्रकृति भएको; कुटिल; अचाडू।
36064 टेढोमेढो वि. बाङ्गोटिङ्गो।
36065 टेढ्याइ ना. टेढो हुने वा टेढिने क्रिया वा प्रक्रिया।
36066 टेढ्याइनु क.क्रि. टेढो पारिनु; बाङ्गोटिङ्गो तुल्याइनु।
36067 टेढ्याउनु प्रे.क्रि १. टेढो पार्नु; बाङ्गोटिङ्गो तुल्याउनु।
36068 टेढ्याउनु प्रे.क्रि २. रिसाउने पार्न; चिढ्याउनु।
36069 टेनिस ना. रबरको सानो बललाई जालीदार ब्याट वा डन्डाले हानेर खेलिने एउटा खेल।
36070 टेन्डर ना. कुनै कार्यालय वा संस्थाको कार्यविवरणसहितको मागअनुसार ठेक्कामा काम गर्न वा तोकिएको मालसामान दिन कबुल गरिने दररेटसहितको निवेदन; बोलपत्र; निविदा।
36071 टेन्डरदाता वि. १. टेन्डरवाला।
36072 टेन्डरदाता वि. ना. २. बोलपत्रको निवेदन दिने व्यक्ति।
36073 टेप ना. १. ध्वनितरङ्गलाई यन्त्रद्वारा समातेर चाहिएको बखत सो ध्वनि निकाल्न सक्ने लामो फित्ता।
36074 टेप ना. २. फित्ता।
36075 टेप रिकर्डर/रिकाट ना. ध्वनिलाई टेपमा भर्ने यन्त्र वा साधन।
36076 टेपो / टेप्रो ना. पुरुषेन्द्रियको अग्रभाग; लिङ्गको टुप्पो; लिङ्गको मणि।
36077 टेबुल / टेबिल ना. कुर्सी आदिमा बसी सामान्य लेखपढ, भोजन, काम आदि गर्न मिल्ने एक खास प्रकारको खटिया।
36078 टेबुल / टेबिल गफ ना. टेबुलको वरिपरि बसेर गरिने कुराकानी वा बहस।
36079 टेबुल / टेबिल घडी ना. टेबुलमाथि राखिने मझौला घडी।
36080 टेबुल / टेबिल टेनिस ना. टेबुलमा खेलिने टेनिस खेल।
36081 टेबुल / टेबिल पोस ना. शोभाका लागि टेबुलमाथि बिछ्याइने कपडा; टेबुलमाथि राखिने तन्ना।
36082 टेबुल / टेबिल पात्रो ना. टेबुलमाथि राखिने आवश्यक कुराको सम्झौटो लेख्नसमेत हुने एक खालको पात्रो।
36083 टेर्नु स.क्रि. १. भनेको वा अह्राएको कुरा मान्नु; आज्ञापालन गर्नु।
36084 टेर्नु स.क्रि. २. अदबमा रहनु; अनुशासित हुनु।
36085 टेर्नु स.क्रि. ३. वास्ता गर्नु।
36086 टेर ना. १. पत्याउने वा टेर्ने काम; आज्ञापालन।
36087 टेर ना. २. अपेक्षा; वास्ता; परवाह।
36088 टेर ना. ३. अनुशासन; नियमपालन; अदब।
36089 टेरपुच्छर ना. मानमर्यादा; वास्ता; परवाह।
36090 टेराइ ना. टेर्ने कार्य वा किसिम।
36091 टेराइनु क.क्रि टेर्ने पारिनु।
36092 टेराउनु प्रे. क्रि. टेर्ने पार्न।
36093 टेरिउल ना. टेरिलिन र ऊन मिसिएको प्राय: कोट, पाइन्ट सिइने दामी कपडा।
36094 टेरिकटन ना. टेरिलिन र सुती कपडा मिसिएको प्राय: कमिज आदि बनाइने दामी कपडा।
36095 टेरिलिन ना. एक प्रकारको मिश्रित पदार्थबाट निर्मित तन्तु र त्यसबाट तयार कपडा।
36096 टेलर ना. १. कहीं यात्रा गर्दा वा माल ढुवानी गराउँदा ट्र्याक्टर, जिप आदिको पछाडि जोडेर लगिने दुई पाङ्ग्रे डिब्बा ; ट्रेलर।
36097 टेलर ना. २. कपडा सिउने पसल।
36098 टेलिग्राफ ना. कुनै ठाउँबाट अर्को ठाउँमा बिजुलीको सहायताले जरुरी खबर पुऱ्याउने साधन; आकाशवाणी (आ. वा.); तार।
36099 टेलिग्राम ना. आकाशवाणीद्वारा पठाइएको खबर; तारबाट प्राप्त सन्देश; टेलिग्राफको खबर।
36100 टेलिप्रिन्टर ना. तारद्वारा प्राप्त भएको खबरको सङ्केतलाई स्वयम् टाइप गरिदिने यन्त्र; दूरमुद्रण यन्त्र।