Dictionary

All Word

36201 ट्याड्ड क्रि.वि. कुनै साहो वस्तुमा हिर्काउँदा वा घण्टा आदि बज्दा आवाज आउने गरी।
36202 ट्यानरी ना. छाला राखिने ठाउँ; छालाकारखाना।
36203 ट्याप ना. १. औँलाले छाप लगाउने काम।
36204 ट्याप ना. २. मैथुन गर्ने काम।
36205 ट्याप्प क्रि.वि. १. लेसाइलो वस्तुद्वारा दुई चिज मिल्ने वा टाँसिने गरी।
36206 ट्याप्प क्रि.वि. २. ठिकसित मिल्ने वा जोरिने भएर।
36207 ट्याप्प क्रि.वि. ३. रोकिने वा थुनिने चालले।
36208 ट्यामचरो ना. प्रहर प्रहर वा समय समयमा बास्ने चरो; भाले कुखुरो।
36209 ट्यामटर ना. हे. टमाटर।
36210 ट्यामट्याम क्रि.वि. ट्याम्कोजस्ता सानातिना बाजा बज्दा आवाज आउने गरी।
36211 ट्याम्के वि. १. ट्याम्को भिर्ने, बजाउने वा लिएर हिँड्ने।
36212 ट्याम्के वि. २. ट्याम्कोजस्तो; पुड्को र भुँडे।
36213 ट्याम्को ना. दमाहा जस्तै तर सानो, दुई गजाले बजाइने छाला मोहोरेको तालबाजा।
36214 ट्याम्पो ना. तीनवटा पाङ्ग्रा भएको, तीनचार जनादेखि दशबाह्र जनासम्म बस्न हुने, मिटर चढ्ने वा नचढ्ने सवारी गाडी।
36215 ट्याम्म क्रि.वि. १. ठिकसँग मिल्ने वा जोडिने गरी; ठ्याम्म; टम्म।
36216 ट्याम्म क्रि.वि. २. थुनिने वा बुजिने भएर।
36217 ट्यास्स क्रि.वि. १. करबलले वा मन नपरीकन ढोगेर।
36218 ट्यास्स क्रि.वि. २. कुनै वस्तु रखाइमा रिस देखाएर वा फन्केर राख्ने गरी; ठ्यास्स।
36219 ट्यास्स क्रि.वि. ३. भुईंमात्र छोएर बस्ने ढाँचाले ; टुसुक्क।
36220 ट्यास्स क्रि.वि. ४. कुनै वस्तु अर्को वस्तुसँग अलि टाँसिएर; ठ्याप्प।
36221 ट्यास्स क्रि.वि. ५. टिको लाइदिँदा मन नलगाईकनै।
36222 ट्युब ना. १. मोटर, मोटरसाइकल, साइकल आदि पाङ्ग्रा हुने गाडीका टायरको भित्री भागमा रहने, हावा भरिने, रबरको थैलो।
36223 ट्युब ना. २. काँच आदिको लामो, सम्म परेको ढुङ्ग्रोजस्तो साधन।
36224 ट्रक ना. बढी वजन भएका र ठुलठुला मालसामान ओसारपसार गर्ने लरीभन्दा पनि ठुलो मोटर वा गाडी।
36225 ट्रङ्क ना. एक किसिमको फलामे सन्दुक; ट्याङ्का।
36226 ट्रङ्कल ना. दूरसञ्चारका माध्यमले आवश्यक शुल्क तिरेर टाढाटाढादेखि कुराकानी गर्न टेलिफोनमा मानिस डाक्ने काम; दूरसञ्चारको डाक बोलाउ।
36227 ट्रली ना. ट्रलीबस।
36228 ट्रलीपोल ना. ट्रलीबसलाई चलाउन बिजुली प्राप्त गराउने, बसको छानामा भएको, मुख्य तारसँग जोडिने, सिङजस्तो लामो भाग।
36229 ट्रलीबस ना. विद्युत्शक्तिको सहायतले चल्ने, धेरै जना बस्न हुने, लामो आकारको मोटर।
36230 ट्रस्ट ना. १. व्यक्ति, समाज वा राज्यले कुनै खास लक्ष्यलाई ध्यानमा राखी सो लक्ष्यको पूर्तिका निम्ति संस्था आदिको स्थापना गरी उक्त संस्थाको दैनन्दिनी क्रियाकलापका लागि मूलधन नमासिने गरी अचल खातासमेत खोल्ने व्यवस्था।
36231 ट्रस्ट ना. २. उक्त व्यवस्थाका निम्ति खोलिएको अचल खाता ; गुठीधन।
36232 ट्रस्ट ना. ३. उक्त व्यवस्थाअन्तर्गत खोलिएको संस्था वा कार्यालय; गुठी।
36233 ट्रान्जिस्टर ना. बोकेर हिँड्न हुने, ब्याट्री हालेर बजाइने, सानो खालको रेडियो; श्रव्ययन्त्र।
36234 ट्रान्स अव्य. बेग्लो वा अर्कापट्टिको अर्थ दिने, उपसर्गका छाँटको अङ्ग्रेजी शब्द।
36235 ट्रान्सफरमर ना. एक किसिमको बिजुलीलाई अर्को किसिममा फेर्ने वा बिजुलीको पावर घटाउने बढाउने यन्त्रविशेष।
36236 ट्रान्सक्रिप्ट ना. लब्धाङ्क पत्र।
36237 ट्रान्समिटर ना. एक ठाउँबाट अर्को ठाउँसम्म पुऱ्याउने सन्देश प्रेषक यन्त्र।
36238 ट्रान्समिसन ना. टेलिफोन आदि कल गरिएको ठाउँसम्म कुरा जाने काम; सन्देश प्रेषण।
36239 ट्राम ना. लिगमा हिँड्ने, सानो रेलका आकारको सवारी गाडी।
36240 ट्रान्सवे ना. ट्राम हिँड्ने लिग भएको बाटो; ट्रामप।
36241 ट्रिक ना. कुनै स्वार्थसिद्धिका निम्ति गरिने उपाय ; दाउपेच; चलाखी; जालझेल।
36242 ट्रे ना. चिया, सर्बत आदि ल्याउन घरेलु काममा उपयोग गरिने, काठ वा धातुको बिट भएको, एक प्रकारको थाली वा किस्ती।
36243 ट्रेडमार्क ना. व्यापारीले आफ्नो मालको परिचयका निम्ति मालमा टाँस्ने वा लगाउने विशेष चिह्न; व्यापारचिह्न; बेपार चिनो।
36244 ट्रेडल / ट्रेडिल ना. १. यन्त्रलाई खुट्टाले चलाउने भाग; पाउदान।
36245 ट्रेडल / ट्रेडिल ना. २. सानातिना छपाइको काममा उपयोग हुने, हात वा इन्जिनले नचलाई एक जनाले मात्र खुट्टाले चलाउने यन्त्र।
36246 ट्रेन ना. रेलगाडी; रेल।
36247 ट्र्याक केबुल ना. रोपवे क्यारियर गुड्ने मोटो तार।
36248 ट्र्याक्टर ना. १. जमिन जोत्नका निम्ति उपयोगी, इन्जिनले चल्ने हलो; हे. ट्याक्टर।
36249 ट्र्याक्टर ना. २. कुनै भार तान्ने वा बोक्ने इन्जिन; त्यस्तै इन्जिन भएको गाडी।
36250 ट्वाँक वि. १. धेरै अमिलो; कडा अमिलो; ना. २. चुक।