Dictionary

All Word

36301 ठकुराइ ना. १. अघि ठकुरी राजाहरूको प्रमुखता भएको ठाउँ वा क्षेत्र।
36302 ठकुराइ ना. २. आधिपत्य।
36303 ठकुरी ना. १. क्षत्रिय जातिको एक वर्ग वा तिनको थर।
36304 ठकुवा ना. हे. ठेकुवा।
36305 ठक्क क्रि.वि. एकाएक थामिने, उभिने वा आउने गरी; टक्क।
36306 ठक्कर ना. १. कुनै दुई वस्तुको जुधाइ वा ठोकाइ; परस्परको धक्का।
36307 ठक्कर ना. २. मानसिक आघात वा चोट।
36308 ठक्कर ना. ३. हन्डर; चोट।
36309 ठक्कर ना. ठक्कर नखाई बुद्धि आउँदैन ( उखान)।
36310 ठक्रक्क क्रि.वि. कुनै वस्तु राख्ता वा खस्ता हल्का आवाज आउने गरी।
36311 ठग्नु स.क्रि. १. झूठो कामकुरो गरी अरूको धनमाल हडप्नु; झुक्यानमा पारी अरूको वस्तु लिनु; ठगी गर्नु; धुत्नु।
36312 ठग्नु स.क्रि. २. छकाउनु; धोका दिनु।
36313 ठग्नु स.क्रि. ३ चाहिँदोभन्दा बढी नाफा खानु।
36314 ठग्नु स.क्रि. ४. नानाभाँती चालबाजी वा बहाना गरेर सक्ने काम पनि नगर्नु; काममा छलछाम गर्नु।
36315 ठग वि. १. धोकामा पारेर वा छल गरी अरूको धनमाल लिने; ठग्ने।
36316 ठग वि. २. नानाथरी बहाना झिकी कामकाज नगर्ने; काममा छलछाम गर्ने; ठगाहा।
36317 ठग विद्या ना. ठग्ने विद्या; ठग्ने अकिल ठगी गर्ने तरिका वा उपाय।
36318 ठग वृत्ति ना. ठग्ने पेसा।
36319 ठगाइ ना. ठग्ने काम वा प्रक्रिया।
36320 ठगाइनु क.क्रि. ठग्न लाइनु।
36321 ठगाउनु प्रे.क्रि. ठग्ने गराउनु; ठग्न लाउनु।
36322 ठगाहा वि. ठग्ने बानी भएको; ठग्ने खालको; ठग।
36323 ठगाहार वि. ठगेर खान पल्केको; ठगी गरेर पेट पाल्ने; ठग।
36324 ठगाहारी ना. ठग्ने काम; ठगी।
36325 ठगिनु क.क्रि. ठगी गरिनु।
36326 ठगी ना. ठगको काम वा छ्काइ; ठगविद्या।
36327 ठङ्कार्नु स.क्रि. ठुलो स्वरले वा डाँको झिकेर बोल्नु; ठङ्कार गर्नु; हप्काउनु।
36328 ठङ्कार ना. ठाडो बोली; ठुलो स्वर; डाँको।
36329 ठङ्काराइ अ.क्रि. ठङ्कार्ने भाव, क्रिया वा प्रक्रिया।
36330 ठङ्कारिनु क.क्रि. ठुलो स्वरले बोलिनु; ठकार गरिनु।
36331 ठङ्ग्रङ्ङ क्रि.वि. १. धातुका भाँडाकुँडा खस्ता वा बग्रँदा आवाज आउने गरी।
36332 ठङ्ग्रङ्ङ क्रि.वि. २. वरिपरि प्राय: केही नभई एक्लो उभिएर; ठिङ्ग।
36333 ठटाइ ना. ठटाउने क्रिया वा प्रक्रिया।
36334 ठटाइनु क.क्रि. जोरसँग पिटिनु; धान, मकै आदि चुटिनु।
36335 ठटाउनु स.क्रि. १. कुनै वस्तुलाई जोरसँग पिट्नु; ठोक्नु; गोद्नु।
36336 ठटाउनु स.क्रि. २. धान, मकै आदि बोट वा घोगाबाट झार्नका निम्ति चुट्नु।
36337 ठटेउली ना. / वि. ठट्यौली।
36338 ठटेउले वि. हे. ठट्यौले।
36339 ठटेउलो वि. हे. ठट्यौलो।
36340 ठट्टा ना. १. मन बहलाउन आपसमा जिस्किने वा जिस्क्याउने काम; ख्याल; दिल्लगी।
36341 ठट्टा ना. २. झुटो कुरोलाई पनि राम्रो बनाएर भन्ने चाल।
36342 ठट्टा ना. ३. उपहास; हँस्सी; खिसी।
36343 ठट्टाबाजी परस्परमा गरिने ख्यालठट्टा; हँस्सीदिल्लगी।
36344 ठट्याकठुटुक ना. मसिनु वा हल्का खालको बाझो; ठाकठुक।
36345 ठट्यौली ना. १. चुड्किलो किसिमको ठट्टा; ख्याल;ठटेउलो भाव।
36346 ठट्यौली ना. वि. २. ठट्टा गर्ने स्वभाव भएकी; ठटेउली।
36347 ठट्यौले वि. ठट्टा गर्ने स्वभावको; ठटेउले।
36348 ठट्यौलो वि. ठट्टा गर्ने बानी भएको; ठटेउलो; ख्याली।
36349 ठट्यौल्याइँ ना. ठटेउलो चाल; ठटेउलोपन।
36350 ठडिनु अ.क्रि ठाडो हुनु; अडिनु; उभिनु।