Dictionary

All Word

36451 ठस्स क्रि.वि. कसैसित मन नपर्ने कुरा वा कारणले ठस्कने गरी; ठुस्स।
36452 ठस्सा ना. १. आवश्यकताभन्दा बेसी वा अरूलाई देखाउनका निम्ति गरिने ठाँटबाँट; सान।
36453 ठस्सा ना. २. रवाफ; धाक।
36454 ठस्सा ना. ३. घमन्ड; सेखी।
36455 ठस्सिनु अ.क्रि. ठस्स पर्नु; ठुस्सिनु; ठस्किनु।
36456 ठस्स्याइ ना. ठस्सिने वा ठस्स्याउने भाव, क्रिया वा प्रक्रिया।
36457 ठस्स्याइनु क.क्रि. ठस्स पारिनु।
36458 ठस्स्याउनु स.क्रि. १. कसैलाई ठस्स पार्नु; ठुस्स्याउनु; चिढ्याउनु।
36459 ठस्स्याउनु स.क्रि. २. मन नपरेर पनि दिनु वा राख्नु; ठस्क्याउनु।
36460 ठस्स्याउनु स.क्रि. ३. आवाज ननिस्कने गरी अपानवायु छोड्नु।
36461 ठहर्नु अ.क्रि. १. कुनै कुरा वा विषयको ठहर हुनु; निश्चय हुनु।
36462 ठहर्नु अ.क्रि. २. कुनै ठाउँमा स्थिर भएर रहनु वा बस्नु; आसन जमाउनु।
36463 ठहर्नु अ.क्रि. ३. विश्राम गर्नु; अड्नु; रोकिनु।
36464 ठहर्नु अ.क्रि. ४. साबित हुनु।
36465 ठहर १ ना. १. बैठक, सभा आदिद्वारा कुनै कुरा वा विषयमा विचारविमर्श वा छलफलपछि गरिने अठोट; पारित भएको कुरा।
36466 ठहर १ ना. २. मुद्दामामिलामा न्यायाधीश वा इजलासद्वारा गरिएको निर्णय।
36467 ठहर १ ना. ३. कुनै कामकुरामा सल्लाहले वा मनमनै गरिने निधो ; निश्चय।
36468 ठहर १ ना. ४. बस्ने वा अड्ने ठाउँ; स्थान; थलो।
36469 ठहर २ ना. खास गरी सालका पातहरूलाई सिन्काले खुटी सिप लगाएर गाँसिने, थालका आकारको साधन; ठुलो टपरी।
36470 ठहराइ ना. १. ठहर्ने काम वा प्रक्रिया।
36471 ठहराइ ना. [ठहराउ+आइ] २. ठहराउने काम वा प्रक्रिया।
36472 ठहराइनु क.क्रि. ठहर गरिनु।
36473 ठहराउनु प्रे. क्रि. ठहर गर्नु; अठोट गर्नु; ठहऱ्याउनु।
36474 ठहरिनु अ.क्रि. ठहर होइन; ठहर्नु।
36475 ठहरै क्रि.वि. १. कुनै दुर्घटनाले वा चोटपटक आदि लागेर ठाउँको ठाउँमै तत्काल मर्ने गरी; भुतुक्कै; खुत्रुक्कै।
36476 ठहरै क्रि.वि. (उदा.- आज बाटामा मोटरले ठक्कर दिएर एउटा मान्छे ठहरै भयो। ) २. ठुलो आपत वा सङ्कटमा जेलिएर।
36477 ठहरै क्रि.वि. (उदा.- यसपालि असिनाले गहुँ चुटेर ठहरै पारिहाल्यो नि।)।
36478 ठहऱ्याइ ना. १. ठहर्ने वा ठहरिने क्रिया- प्रक्रिया।
36479 ठहऱ्याइ ना. [ठहऱ्याउ+आइ] २. ठहऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
36480 ठहऱ्याइनु क.क्रि. ठहर गरिनु।
36481 ठहऱ्याउनु स.क्रि. १. कुनै कुरा वा विषयको ठहर गर्नु; निधो गर्नु।
36482 ठहऱ्याउनु स.क्रि. २. विचारपूर्वक टुङ्गो लाउनु।
36483 ठहऱ्याउनु स.क्रि. ३. अठोट गर्नु; पक्का गर्नु।
36484 ठाँगे ना. १. बराबर हाई आइरहने एक किसिमको रोग।
36485 ठाँगे ना. ( उदा.- त्यसलाई ठाँगेले भेट्टायो कि क्या हो, बस्तुभाउ त पटक्कै हेर्दैन)।
36486 ठाँगे ना. २. बिघ्नबाधा; ठक्कर।
36487 ठाँगे ना. ३. बस्तुभाउलाई गाली गर्दा प्रयोग गरिने शब्द।
36488 ठाँगे ना. (उदा.- चराउन लगेको ठाँगे त अरूको बालीमा पो पसेछ)।
36489 ठाँट्नु स.क्रि. कुनै वस्तुलाई राम्रो पार्नका निम्ति सजाउने काम गर्नु; सिँगारपटार गर्नु; ठाँटिलो पार्नु।
36490 ठाँट ना. १. कुनै वस्तुको ढाँचाकाँचा मिलाउने काम; सजावट; शृङ्गार।
36491 ठाँट ना. २. व्यक्तिमा रहने विशेष गुण वा भाव; रवाफ; सान।
36492 ठाँट ना. ३. बाजा बजाउने ढाँचा वा किसिम।
36493 ठाँटठुँट ना. ठाँटबाँट।
36494 ठाँटबाँट ना. विशेष किसिमले ढाँचाकाँचा मिलाउने काम वा स्थिति; सजधज; कसिकसाउ।
36495 ठाँट भैंसली ना. भैंसी चर्ने ठाउँ; भैंसीको चरन।
36496 ठाँटिनु अ.क्रि. १. ठाँटिलो हुनु।
36497 ठाँटिनु अ.क्रि. क. क्रि. २. ठाँट पारिनु; ठाँट गरिनु।
36498 ठाँटिलो वि. ठाँटबाँट गरेको; ठाँटिएको; ठाँटी।
36499 ठाँटी १. ठाँटिएको; ठाँटिलो।
36500 ठाँटी २. सुन्दर; राम्रो।