Dictionary

All Word

36501 ठाँटी ना. १. बटुवाहरूलाई विश्राम लिन र आराम गर्नका निम्ति बाटाघाटामा बनाइएको चिटिक्क परेको पाटी; पौवा।
36502 ठाँटी ना. २. पाहुनाहरूलाई बास दिन वा मालसामान राख्नका निम्ति गाउँघरमा बनाइने काठको साधारण किसिमको घर।
36503 ठाँटी ना. ३. खोलाका छेउको उर्वर खे।
36504 ठाँटो ना. पानीको माथिल्लो भागमा जमेको तुसारो; जमेको तुसारो वा हिउँ।
36505 ठाँडो ना. प्रायः पुरानो भाँडो वा भुत्ते हतियारलाई झोकमा हेला गरेर भनिने शब्द।
36506 ठाँडो ना. (उदा.- पानी ल्याउने एउटा भएको ठाँडो पनि चुहिएर आपदै खेलायो। खुकुरी पनि नाम मात्रैको छ, ठाँडोले मासु थुङ्न पनि गाह्रो भयो)।
36507 ठाइँली वि. हे. ठाहिँली।
36508 ठाइँलो वि. हे. ठाहिँलो।
36509 ठाउँ ना. १. कुनै निश्चित स्थल वा टुङ्गो; स्थान; जग्गा।
36510 ठाउँ ना. २. कुनै कामकुराको तह वा स्थिति।
36511 ठाउँ ना. ३. मौका; अवसर।
36512 ठाउँ ना. ४. पद।
36513 ठाउँ न ठहर ना. अमिल्दो वा साँघुरो ठाउँ।
36514 ठाउँसरी ना. परस्पर ठाउँ सर्दै खेलिने, केटाकेटीको एक खेल।
36515 ठाउँसारी ना. एक ठाउँबाट अर्को ठाउँमा सर्ने वा सार्ने काम।
36516 ठाकठिक्क / ठाकठिक ना. तम्तयारी; ठिकठाक।
36517 ठाकठुक ना. १. चर्काचर्की नपरेको सानो खालको झगडा; साधारण भनाभन।
36518 ठाकठुक ना. क्रि.वि. २. सामान्य रूपमा बाझाबाझ भएर।
36519 ठाकठुक ना. ३. कुनै कामकुरो वा विषयवस्तु ठिकसँग मिल्ने गरी।
36520 ठाकठुक ना. ४. हलुका चालले ठक्कर लाग्ने गरी।
36521 ठाकठुक ना. ५. सम्भोग क्रिया।
36522 ठाकठोक ना. ठोक्ने काम।
36523 ठाकुर ना. १. देवता; ईश्वर।
36524 ठाकुर ना. २. स्वामी; मालिक।
36525 ठाकुर ना. ३. पति; पोइ।
36526 ठाकुरपुरी ना. भारतका चार धाममध्ये एक धामको अर्को नाउँ; जगन्नाथधाम।
36527 ठाकुरे वि.बो. दुःख, आश्चर्य आदिबाट उत्पन्न मनोभाव व्यक्त गर्दा प्रकट हुने शब्द।
36528 ठाकुरे वि.बो. (उदा.- जालीफटाहाले गाउँमा बस्न पनि नदिने भए ठाकुरे, अब कहाँ जाऊँ !)।
36529 ठाडकन्डे ना. पछिल्लो भाग ठाडो पारेर हिँड्ने एक जातको कमिलो।
36530 ठाडिनु अ.क्रि. ठाडो हुनु; ठडिनु।
36531 ठाडी वि. १. रुखो स्वभाव भएकी; ठर्री।
36532 ठाडी वि. २. ठाडोको लघु वा पोथी रूप।
36533 ठाडी वि. ना. ३. ठाडा सिङ हुने गाईभैंसीको बोलाउने नाम।
36534 ठाडी नाच ना. १. एक प्रकारको लोकनाच।
36535 ठाडी नाच ना. २. दौडादौडी पर्ने काम; एकदमै फुर्सद नभएको स्थिति।
36536 ठाडी बह ना. मुखबाट पानी बग्ने एक प्रकारको रोग; बह।
36537 ठाडी सियार ना. नयाँ गोरु सधाउनका निम्ति तान्न लगाइने साधनविशेष; घिस्सा।
36538 ठाडे वि . १. ठाडो स्वभावको, रुखो बानीबेहोर भएको; ठर्रो।
36539 ठाडे वि . २. सभ्यता र शिष्टता नजान्ने; गँवार।
36540 ठाडे वि . ३. सिधा माथि उठेको; ठाडो।
36541 ठाडे उनिउँ / उन्यु ना. उन्युको एक जा।
36542 ठाडे टप्पा ना. मारुनी नाचमा गाइने एक थरी चड्का राग।
36543 ठाडै क्रि.वि. बस्तै नबसी; आउँदाआउँदै हिँडेर; सोझै।
36544 ठाडै खुट्टा क्रि.वि. बस्नै नपाई; नबिसाईकन।
36545 ठाडो वि. १. खडा भएको वा रहेको; उभिएको (रुख, मानिस, वस्तु इ.)।
36546 ठाडो वि. २. रुखो स्वभाव वा बानी भएको; ठ।
36547 ठाडो वि. ३. पिठ्यूँले आड लिएर छाती देखिने गरी पल्टेको वा लेटेको; उत्ताने; चित परेको।
36548 ठाडो वि. ४. नम्र नभएको; अविनी।
36549 ठाडो वि. ५. नियमानुसार नभई सोझै भएको (आदेश, कारबाई आदि)।
36550 ठाडो खोसुवा ना. १. विशेषतः राणाकालमा श्री ३ महाराजले कुनै व्यक्तिलाई नोकरीबाट ठाडै खोस्ने गरिएको काम वा चलन।