Dictionary

All Word

36551 ठाडो खोसुवा ना. वि. २. त्यसरी खोसिएको वा खोसुवामा परेको (कर्मचारी)।
36552 ठाडो जवाफ ना. झटपट दिइएको उत्तर; कोरा जवाफ।
36553 ठान्नु स.क्रि. १. कुनै कुराका विषयमा अडकल गर्नु; अनुमान लगाउनु; चिताउनु; सम्झनु; कल्पना गर्नु।
36554 ठान्नु स.क्रि. २. कुनै कुरामा आफ्नो धारणा निश्चित गर्नु; ठहराउनु।
36555 ठाना ना. थाना; कोतवाली; ठुलो पुलिस चौकी।
36556 ठानिनु क.क्रि. १. अडकल गरिनु; चिताइनु।
36557 ठानिनु क.क्रि. स.क्रि. २. निश्चय गर्नु; ठहराउनु।
36558 ठानेदार ना. थानाको हाकिम; प्रहरी चौकीको मुख्य अधिकारी।
36559 ठाम ना. ठाउँ; था।
36560 ठालु वि. १. गाउँघर वा बस्तीमा आफ्नो हैकम भएको; आफ्नै प्रभाव वा प्रभुत्व जमाएर बसेको; प्रतिष्ठित (व्यक्ति)।
36561 ठालु वि. २. प्रधान; मुख्य।
36562 ठालु वि. ३. महाजन; सेठ; धनी।
36563 ठालु वि. ना. ४ धनीमानी तथा हैकम भएको व्यक्ति।
36564 ठालु वि. ५. मेहनत नगरी ऐसआराममा जीवन बिताउन चाहने मानिस।
36565 ठास्नु स.क्रि. १. खाँदीखाँदी वा अटाईन अटाई हाल्नु; कोच्नु।
36566 ठास्नु स.क्रि. २. मैथुन गर्नु।
36567 ठासठुस क्रि.वि. पेट नमिली बाहिर मात्रै अलिअलि बोल्ने वा काम गर्ने गरी; ठस्याकठुसुक।
36568 ठासिनु क.क्रि. ठास्ने काम गरिनु।
36569 ठाहिँली वि. १. जन्मका रोलले जेठीदेखि गन्दै जाँदा पाँचौं, काहिँलीभन्दा पछिकी (छोरी, बहिनी इ.); ठाइँली।
36570 ठाहिँली वि. ना. २. जन्मका रोलमा पाँचौँ परेकी स्त्री सन्तान।
36571 ठाहिँली वि. ३. ठाहिँलाकी जोई।
36572 ठाहिँलो वि. जन्मका रोलले जेठोदेखि गन्दा पाँचौं; काहिँलोपछिको (भाइ, छोरो इ.); ठाइँलो।
36573 ठाहिँलो वि. ना. २. जन्मका रोलमा पाँचौँ परेको पुरुष सन्तान।
36574 ठिंगुराइ ना. ठिंगुरिने वा ठिंगुराउने क्रिया- प्रक्रिया; ठिंडुराइ।
36575 ठिंगुराइनु अ.क्रि. ठिंगुरिन लाइनु।
36576 ठिंगुराउनु अ.क्रि. बालीबिरुवा सुक्तै जानु वा सप्लाउन नसक्नु; कठ्याङ्ग्रिनु; ठिंगुरिन्।
36577 ठिंगुरिनु अ.क्रि. १. पानी नपाएर वा शीतले खाएर बोटबिरुवाहरू टुप्पादेखि नै सुक्तै जानु; बाली नसप्लाउनु वा खिइनु; ठिङुरिनु।
36578 ठिंगुरिनु अ.क्रि. २. जाडाले कक्रिनु; कठ्याङ्ग्रिनु।
36579 ठिंगुरी ना. १. कठमहालको रकम।
36580 ठिंगुरी ना. २. काठका टुक्राटाक्री वा मसिना ठेउका; ठिङुरी।
36581 ठिंगुरी महाल / माल ना. १. तीन फुटभन्दा कम मोटाइ भएका काठको कित्ता वा तह।
36582 ठिंगुरी महाल / माल ना. २. त्यस्ता काठको वा त्यसै सम्बन्धी काम गर्ने अड्डा।
36583 ठिंगुरो १ वि. १. एक्लो, ठिङ्गो; ठिडुरो।
36584 ठिंगुरो १ वि. २. ठाडो ; ठिङ्ग परेको।
36585 ठिंगुरो १ वि. ना. ३. ठाडो वा ठिङ्ग परेको लिङ्गुरो।
36586 ठिंगुरो २ ना. अपराधीलाई थुनामा राख्दा भाग्नउम्कन नपाउने गर्नका निम्ति उसका दुवै गोडा छिराएर कैद गर्ने काठका दुई फलेक जोरी ताल्चा मार्ने साधन; तुरुङ।
36587 ठिंगुऱ्याइ ना. १. ठिंगुरिने क्रिया वा प्रक्रिया।
36588 ठिंगुऱ्याइ ना. [[लिँगुऱ्याउ + याइ] २. ठिंगुऱ्याउने क्रिया वा प्रक्रिया।
36589 ठिंगुऱ्याइनु क.क्रि. १. ठिंगुरिने पारिनु; सप्लाउन नसक्ने गराइनु।
36590 ठिंगुऱ्याइनु क.क्रि. २. ठिंगुरामा हालिनु।
36591 ठिंगुऱ्याउनु स.क्रि. १. अपराधीलाई ठिंगुरामा हाल्नु; तुरुङमा हाल्नु।
36592 ठिंगुऱ्याउनु स.क्रि. प्रे. क्रि. २. ठिंगुरिने पार्नु; सप्लाउन नसक्ने पार्नु।
36593 ठिंडुल्को ना. सानो काठको गिँड।
36594 ठिंड्के वि. ठिंड्को भएको, ठिंड्कोजस्तो।
36595 ठिंड्के ढुङ्गो ना. आगो पार्ने एक प्रकारको खस्रो ढुङ्गो।
36596 ठिंड्को ना. काठ वा दाउराको गोलो टुक्रो।
36597 ठिंड्को ना. २. चकमक।
36598 ठिउँरो ना. १. सिन्धु र बेलुचिस्तानका माझको हिङ्गलाज प्रदेशमा पाइने, मल्लिँडोको जस्तो तर ठुलो हुने काँडावाल जङ्गली वृक्षको फल वा त्यसैको साह्रो बियाँ २. केटाकेटीको रक्षार्थ बुटीका रूपमा घाँटीमा, हातमा वा खुट्टामा बाँधिने सोही फलका दाना।
36599 ठिक वि. १. जस्तो हुनुपर्ने हो त्यस्तै; भनेजस्तो; ठिक्क।
36600 ठिक वि. २. सुहाउँदो; मिल्दो; दुरुस्त; मनासिब; उचि।