Dictionary

All Word

36651 ठिङ्ङ्याउनु प्रे. क्रि. हे. ठिङ्ग्याउनु।
36652 ठिटा ना. हे. ठिटो।
36653 ठिटाठिटी ना. १. ठिटा र ठिटी; केटाकेटी।
36654 ठिटाठिटी ना. २. युवायुवती; तरुनातरुनी; पट्ठापट्ठी।
36655 ठिटामिटा ना. ठिटाहरूको समूह।
36656 ठिटामिटा ना. (उदा.- जन्तीमा बुढापाका त कोही छैनन्, सबै ठिटामिटा मात्र )।
36657 ठिटिनी ना. दुवैतिर धार भएको सानो तरबार।
36658 ठिटी ना. १. किशोरी।
36659 ठिटी ना. २. वयःसन्धिमा पुगेकी वा भर्खर यौवन चढ्न लागेकी केटी।
36660 ठिटो ना. १. किशोर।
36661 ठिटो ना. २. वयःसन्धिमा पुगेको वा भरखर यौवन चढ्न लागेको केटो।
36662 ठिटौली ना. १. ठिटोमा हुने अपरिपक्व अवस्था; ठिटोपन, अल्लारेपना।
36663 ठिटौली ना. वि. २. ठिटो अवस्थाको ठिटोमा हुने वा पाइने; ठिटोसँग सम्बन्धित; ठिटौलो।
36664 ठिटौले वि. ठिटौली पाराको; जवान अवस्थाको।
36665 ठिटौलो ना. / वि. ठिटौली।
36666 ठिट्याइँ ना. ठिटोपन; ठिटौली।
36667 ठिड्के वि . छोटा, गठरिएका र बलिया हातगोडा हुने।
36668 ठिड्को वि. १. छोटा, गठरिएका र दहा हातगोडा हुने; ठिड़के।
36669 ठिड्को वि. ना. २. दोषीलाई सजाय दिनका लागि बाँधिने काठको ठ्यौको; घाँडो।
36670 ठिनामिना ना. १. मसिना केटाकेटी; भुराभुरी।
36671 ठिनामिना ना. २. सानातिना साधारण वस्तु।
36672 ठिनी ना. जुवा खेल्दा खालेहरूले आआफ्ना दाउमा थाप्ने वा राख्ने निश्चित रकम; जुवाको बाजीमा रहने दर वा रुपियाँपैसा।
36673 ठिनेमिने वि. साधारण किसिमको; सानोतिनो।
36674 ठिन्को ना. बाणको अगाडिपट्टिको तिखो भाग वा ठुन्को; बाणको टुप्पो।
36675 ठिमाहा वि. १. अन्तर्जातीय स्त्रीपुरुषको सम्बन्धबाट जन्मेको; ठिम्मल, वर्णसङ्कर।
36676 ठिमाहा वि. २. भिन्नाभिन्नै अन्नका बिउ मिसिएर उम्रिएको वा उब्जिएको (अनाज); नाभो।
36677 ठिम्नु ना. दुधको मुन्टो।
36678 ठिम्मल / ठिम्मु वि. वर्णसङ्कर; ठिमाहा।
36679 ठिहिरिँदो वि. ठिहिऱ्याउने; साह्रै चिसो।
36680 ठिहिरिनु अ.क्रि. ठिहिरो लाग्नु; ठिहिऱ्याउनु।
36681 ठिहिरो ना. १. हातगोडा कक्र्याउने गरी हुने जाडो; ठन्डी।
36682 ठिहिरो ना. २. त्यस्तै किसिमको तुषारो वा शी।
36683 ठिहिऱ्याइ ना. १. ठिहिरिने क्रिया वा प्रक्रिया।
36684 ठिहिऱ्याइ ना. [ ठिहिऱ्याउ + आइ] २. ठिहिऱ्याउने क्रिया वा प्रक्रिया।
36685 ठिहिऱ्याइनु अ.क्रि. ठिहिरो लागिनु; धेरै चिसो हुनु।
36686 ठिहिऱ्याउनु अ.क्रि. १. जाडाले हातगोडा कक्र्याउनु; असाध्यै चिसो हुनु।
36687 ठिहिऱ्याउनु अ.क्रि. २. ठिहिरो लाग्नु; ठिहिरिनु।
36688 ठिहिऱ्याहट ना. ठिहिऱ्याउने भाव, अवस्था, क्रिया वा प्रक्रिया; ठिहिऱ्याइ।
36689 ठीं क्रि.वि. नाकबाट सिँगान निकाल्दा वा पुछ्ता शब्द आउने गरी; सीं।
36690 ठीं ठीं क्रि.वि. १. गाईगोरु आदि जुध्दा नाक बजाएर।
36691 ठीं ठीं क्रि.वि. २. छिक्दा शब्द आउने गरी।
36692 ठीं ठीं क्रि.वि. ३. फुइँफाइँ गरेर; सेखी गर्दै।
36693 ठीक वि. हे. ठिक।
36694 ठीकठीकै वि. हे. ठिकठिकै।
36695 ठुँग्नु स.क्रि. हे. ठुङ्नु।
36696 ठुँग ना. हे. ठुङ।
36697 ठुँगाइ ना. ठुँग्ने भाव, क्रिया वा प्रक्रिया।
36698 ठुँगाइनु क.क्रि. ठुँग्न लाइनु।
36699 ठुँगाउनु प्रे. क्रि. ठुँग्न लाउनु; ठुँगाइमा पर्नु।
36700 ठुँडुल्को ना. काठको गिँडिएको ठुलो टुक्रा; गिँडुल्को; ठुँडो।