Dictionary

All Word

36801 ठुस्स क्रि.वि. २. सडेको वस्तु गनाए झैँ; डुङ्ङ।
36802 ठुस्स क्रि.वि. ३. बिस्तारै अपानवायु छोडेर।
36803 ठुस्सिनु अ.क्रि. धुम्म परेर नबोली बस्नु; ठुस्स पर्नु; ठुस्कनु।
36804 ठुस्स्याइ ना. ठुस्सिने क्रिया वा प्रक्रिया।
36805 ठुस्स्याउनु प्रे. क्रि. ठुस्स पार्नु; रिस उठाउनु; जङ्ग्याउनु।
36806 ठुस्स्याहट ना. ठुस्सिने काम वा किसिम।
36807 ठूलो वि. हे. ठुलो।
36808 ठेउकाठेउकी ना. सानाठुला धेरै ठेउकाको समूह।
36809 ठेउको ना. हे. १. ठ्यौको।
36810 ठेउको ना. २. अल्लारे केटो।
36811 ठेउला ना. ज्वरो आउने, छाला चिलाउने र पानी भरिएको ठुलठुला फोका उठ्ने एक प्रकारको सङ्क्रामक रोग; बिफरको एक भेद।
36812 ठेउलिनु अ.क्रि. १. कसैसँगको कुराकानी वा छलफलमा जवाफ फर्काउन नसकेर हार्नु; ठक्कर खाएपछि त्यसबाट पन्छिनु वा पर हट्नु।
36813 ठेउलिनु अ.क्रि. २. कुनै उपाय नहुनु।
36814 ठेउल्याइ ना. ठेउलिने वा ठेउल्याउने क्रिया-प्रक्रिया।
36815 ठेउल्याइनु क.क्रि. ठेउल्याउने काम गरिनु।
36816 ठेउल्याउनु प्रे.क्रि. कसैलाई कुराकानीमा हराउनु; नाजवाफ पार्नु; कुनै कामकुराबाट पन्छाउनु।
36817 ठेउवा ना. चुच्चो, डँडाल्नु र पुच्छरको माझ खैरो, घाँटी गुलाफी र अरू शरीर निलो हुने पक्षीविशेष।
36818 ठेक्नु स.क्रि. कुनै कामका लागि आवश्यक पर्ने मानिस, रुपियाँ, समय आदि नियत गर्नु; ठेक निश्चित गरिदिनु; तोक्नु।
36819 ठेकाइ ना. ठेक्ने काम वा किसिम।
36820 ठेकाइनु क.क्रि. ठेक्न लाइनु।
36821 ठेकाउनु प्रे. क्रि. ठेकको निधो गराउनु; ठेक्न लाउनु।
36822 ठेकिनु क.क्रि. ठेक्ने काम गरिनु।
36823 ठेक ना. १. सालिन्दा बुझाउने गरिएको तिरो वा दस्तुर।
36824 ठेक ना. २. नियत दर वा समयमा कुनै काम पूरा गर्ने बोलकबोल, इजारा; ठेक्का।
36825 ठेक ना. ३. ठेक्कामा बुझाउनु पर्ने रकम वा मालसामान।
36826 ठेकदार ना. ठेक लिने व्यक्ति; ठेक्कामा काम गर्ने मानिस; ठेकेदार।
36827 ठेकदारी ना. ठेकदारको काम वा पेसा; ठेकेदारी।
36828 ठेकन ना. १. कुनै टेको, टेवा आदिको तलतिर ठोकिने चुकुल।
36829 ठेकन ना. २. कक्कड, गाँजा आदि खाँदा चिलिमका प्वालमा राखिने ढुङ्गो, खबटा आदिको टुक्रो वा ठेडी।
36830 ठेका ना. १. दहीमही राखिने काठको भाँडो।
36831 ठेका ना. २. भलायोका गेडाको भेट्नापट्टिको भाग।
36832 ठेकाभाँडा ना. गोठ वा गोशाला आदिमा दुधदही राखिने भाँडाकुँडाको समूह।
36833 ठेकी १ ना. दही, मही, घिउ, तेल आदि राखिने काठको भाँडो; सानो ठेको।
36834 ठेकी २ ना. ठेकबापतको रकम वा दस्तुर।
36835 ठेकीफल ना. एक जातको खान हुने फल फल्ने बोट वा त्यसैको फल।
36836 ठेकीभेटी ना. १. कुनै ठेक निश्चित गर्दा ठेक पाउनेले दातालाई दिइने दस्तुर।
36837 ठेकीभेटी ना. २. पहाडी खण्डका तालुकदारले रैतीलाई कुनै जग्गाको बहाली दिएबापत लिने दस्तुर।
36838 ठेकुवा १ ना. खजुरीका ढाँचाको एक किसिमको मिठाई; ठकुवा।
36839 ठेकुवा २ वि. १. यति भनी तोकिएको; ठेकिएको (कुनै काम, कुरा, दस्तुर इ.)।
36840 ठेकुवा २ वि. २. ठेक्ने।
36841 ठेको ना. दही, मही आदि हालिने काठको ठुलो ठेकी।
36842 ठेक्का ना. १. जग्गा कमाएबापत बर्सेनी मोहीले तल्सिङलाई बुझाउनुपर्ने अन्नबाली वा कु।
36843 ठेक्का ना. २. कुनै अड्डाखाना वा संस्थालाई नियमित समयमा निश्चित परिमाणमा दिइरहनुपर्ने कबुलअनुसारको खाद्य वस्तु वा चिजबिज।
36844 ठेक्का ना. ३. निश्चित दर वा रकममा निर्धारित समयभित्र पूरा गर्नुपर्ने कुनै निर्माणसम्बन्धी कामको कबुल।
36845 ठेक्का ना. ४. बोलकबोलअनुसार गरिने कुनै पनि कामको जिम्मा; ठेक; इजहारा।
36846 ठेक्का कबुलियत ना. ऐनकानुनबमोजिम तोकिएको काम तोकिएको समयमा गरुँला र बुझाउँला भनी ठेक्का लिनेले सर्तबमोजिम लेखिदिने काग।
36847 ठेक्काकर ना. ठेक्कापट्टा लिने ठेकदारले ठेक्काका आधारमा बुझाउनुपर्ने कर वा रकम।
36848 ठेक्कापट्टा ना. ठेक्का लिने ठेकदारले लेखिदिने ठेक्काको कबुलिय।
36849 ठेगान/ठेगाना ना. १. घर वा डेरा गरेर बसेको कुनै निश्चित ठाउँ ; थातथलो; पत्ता (उदा.- तपाईंको घरको ठेगाना टिपिदिनुहोस् है।)।
36850 ठेगान/ठेगाना ना. २. कुनै कामकुराको टुङ्गो लाग्ने वा थिति बस्ने काम, निधो ; थान्को।