Dictionary

All Word

36951 ठोसाइ ना. ठोस्ने भाव, क्रिया वा प्रक्रिया।
36952 ठोसाइनु क.क्रि. ठोस्न लाइनु।
36953 ठोसाउनु प्रे. क्रि. ठोस्न लाउनु।
36954 ठोसिनु क.क्रि. ठोस्ने काम गरिनु।
36955 ठोसे ना. १. घाँटीमा लगाउने एक किसिमको गहना।
36956 ठोसे ना. वि. २. ठोसोजस्ती; तिखा चुच्चे स्तन भएकी (तरुनी)।
36957 ठोसेतरुनी ना. पूरा जवानी चढेकी वा बैंसले मत्त भएकी तरुनी; अङ्गप्रत्यङ्ग पुष्ट भएकी तरुनी; यौवन भरिएकी युवती।
36958 ठोसेबाला ना. चुच्चा परेका सुन वा चाँदीका बाला।
36959 ठोसो ना. १. मकै, धान, कोदो आदिको बोट काटेर बाँकी रहेको फेद।
36960 ठोसो ना. २. निगाला आदिको टुसो।
36961 ठोसो ना. ३. कुनै वस्तुको छेस्को।
36962 ठोस्या ना. स्त्रीजातिले घाँटीमा लगाउने चाँदीका ठोसाहरूबाट बनाइएको एक प्रकारको गहना।
36963 ठौर ना. ठाउँ; थलो।
36964 ठौरठेगान ना. रहनेबस्ने स्थान; थातथलो।
36965 ठ्या ना. १. आफ्नो नजिकैको पर्ने वा समान जातको नातादार।
36966 ठ्या ना. २. खास गरी क्षेत्रीहरूमा विवाहिता पत्नीबाट जन्मेका सन्तानलाई जनाउँदा प्रयुक्त हुने शब्द।
36967 ठ्याँक्नु स.क्रि. १. ठ्याँक खुवाउनु; गलहत्ती दिनु।
36968 ठ्याँक्नु स.क्रि. २. कसैलाई बोल्न नसक्ने गरी ठक्कर दिनु; परास्त गर्नु।
36969 ठ्याँक्नु स.क्रि. ३. डन्डीबियो खेल्दा डन्डीले बियो उफारेर हान्ने काम गर्नु; ठ्याँक लगाउने काम गर्नु।
36970 ठ्याँक ना. १. कसैलाई घाँटी समातेर गरिने घोक्याइ वा मुन्ट्याइ; गलहत्ती।
36971 ठ्याँक ना. २. कुनै कामकुरामा कसैलाई बोल्न नसक्ने गरी दिइने ठक्कर वा जवाफ।
36972 ठ्याँक ना. ३. डन्डीबियोको खेलमा डन्डीले बियोलाई टाढा हुत्त्याउने काम।
36973 ठ्याँक ना. ४. खेल, कुस्ती आदिमा अरूको बल, तुजुक आदि झार्ने काम; हार; पराजय।
36974 ठ्याँकिनु क.क्रि. ठ्याँक्ने काम गरिनु; ठ्याँक खुवाइनु।
36975 ठ्याइनु क.क्रि. ठ्याउने काम गरिनु; ठम्याइनु।
36976 ठ्याउनु स.क्रि. राम्ररी हेरी ठहऱ्याउनु; छुट्ट्याउनु; नियाल्नु; ठम्याउनु।
36977 ठ्याक १ ना. १. कमरमा डोरीले बाँधेर अड्काई खुर्पा घुसारेर भिरिने काठको सामान; खुर्पाको दाप।
36978 ठ्याक १ ना. २. डन्डीले बियो हिर्काउने काम।
36979 ठ्याक २ ना. आपसको मिल्दो विचार; राय; मतो।
36980 ठ्याक २ ना. (उदा.- तिनका बाबुछोराको पटक्कै ठ्याक मिल्दैन)।
36981 ठ्याकठुक क्रि.वि. कुनै कामकुरो गडबड नपरी मिल्ने किसिमले; टाकटुक्क।
36982 ठ्याकप्वा ना. गाराको सुर मिलाउन प्रयोग गरिने घन्टीका आकारको सामान; साहुल।
36983 ठ्याक्क क्रि.वि. १. ठिकसँग मिल्ने वा सुहाउने गरी।
36984 ठ्याक्क क्रि.वि. २. ठक्कर लाग्ने वा ठक्कर लाग्दा आवाज निस्कने किसिमले।
36985 ठ्याङठ्याङ क्रि.वि. १. धातुका भाँडाकुँडा ठोकिए झैँ।
36986 ठ्याङठ्याङ क्रि.वि. २. बारम्बार ठक्कर लाग्ने गरी।
36987 ठ्याङठ्याङ क्रि.वि. ३. रुख, बाँस आदि काट्ता आवाज निस्कने चालमा।
36988 ठ्याङ्ग / ठ्याङ्ङ क्रि.वि. १. धातुका भाँडाकुँडा खस्दा वा ठोकिँदा एकैबाजि चड्का शब्द आउने गरी।
36989 ठ्याङ्ग / ठ्याङ्ङ क्रि.वि. २. ठोकिने वा ठक्कर लाग्ने भएर।
36990 ठ्याप्प क्रि.वि. १. कुनै वस्तु अर्को वस्तुसि जोडिने वा ठिकसँग मिल्ने गरी।
36991 ठ्याप्प क्रि.वि. २. झ्याल, ढोका, बाकस आदि एकाएक थुनिने वा बन्द हुने किसिमले।
36992 ठ्यामठ्याम क्रि.वि. १. लबटाले गालामा धमाधम हान्ने गरी।
36993 ठ्यामठ्याम क्रि.वि. २. कुनै वस्तु अर्को वस्तुसित राम्ररी वा धमाधम मिल्ने चालमा।
36994 ठ्याम्म क्रि.वि. १. लबटाले गालामा चड्काउने किसिमले; चड्याङ्ग।
36995 ठ्याम्म क्रि.वि. २. ठिक्कसँग मिल्ने गरी ठ्याक्क।
36996 ठ्याम्म क्रि.वि. ३. एकदम सिद्धिएर; कत्ति पनि नरहीकन।
36997 ठ्यासठ्यास क्रि.वि. खुला चालले बारम्बार ठ्यास भएर।
36998 ठ्यासठ्यासी / ठ्यासठ्यास्ती क्रि.वि. अझ छिटो ठ्यासठ्यास हुने गरी।
36999 ठ्यासफू ना. परस्परमा पत्रहरू जोडिएको एक किसिमको पुरानो ढाँचाको पुस्तक; फरफरे।
37000 ठ्यासिनु क.क्रि. ठ्यास्ने काम गरिनु; ठेसिनु।