Dictionary

All Word

37051 डकार्नु स.क्रि. २. अघाउन्जेल खानु; पेट टन्न भरिने गरी खानु।
37052 डकार ना. ड' अक्षर; टवर्गमा पर्ने तेस्रो अक्षर।
37053 डकार ना. पेटको वायु घाँटीबाट निकालिने शारीरिक क्रिया वा सो वायु निक्लँदा आउने आवाज; ऊर्ध्ववायु।
37054 डकाराइ ना. डकार्ने भाव, क्रिया वा प्रक्रिया।
37055 डकारिनु अ.क्रि. डकार निकालिनु।
37056 डकिनु क.क्रि. डक्ने काम गरिनु; दमन गरिनु।
37057 डकुमेन्ट्री ना. ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि महत्त्वका विषयवस्तुमा आधारित लघु चलचित्र; वृत्तचित्र।
37058 डकुल्ल्याइ ना. डकुल्ल्याउने भाव, क्रिया वा प्रक्रिया।
37059 डकुल्ल्याइनु क.क्रि. अरूको धनमाल पचाइनु; थुप्रै खाइनु।
37060 डकुल्ल्याउनु स.क्रि. १.अरूको धनमाल सोहोर्नु वा पचाउनु।
37061 डकुल्ल्याउनु स.क्रि. २. थुप्रै खानु; अघाउन्जेल खानु।
37062 डकैत ना. जबरजस्ती लुटपिट गरी चोरी गर्ने वा अवैध र अनुचित तरिकाले अरूको धनमाल हत्त्याउने डाँका।
37063 डकैती ना. डाँका मार्ने काम; डाँकाको काम।
37064 डकोटा ना. एक किसिमको वायुयान वा हवाईजहाज।
37065 डक्क वि. १.कमबेसी नगरी भएजति सबै; एकमुस्ट; ग्वाम्म।
37066 डक्क वि. २. प्रशस्त;धेरै।
37067 डक्कारी ना. सारङ्गी झैँ रेटेर बजाइने एक प्रकारको तारबाजा।
37068 डग्नु अ.क्रि. १.कुनै भइरहेको स्थिति, मर्यादा, सिद्धान्त आदिमा नअड्नु; ठाउँ छोड्नु; खुस्कनु; चुक्नु।
37069 डग्नु अ.क्रि. २. डगमगाउनु; हल्लनु।
37070 डगडग क्रि.वि. जाडो, ज्वरो, डर आदिले शरीर डगमगाउने वा हल्लने भएर; थरथराईकन।
37071 डगडगाइ ना. डगडगाउने भाव, क्रिया वा प्रक्रिया।
37072 डगडगाइनु अ.क्रि. डगडग गरिनु; डगमगाइनु।
37073 डगडगाउनु अ.क्रि. १.डगडग गर्नु; डगमगाउनु; हल्लनु।
37074 डगडगाउनु अ.क्रि. २. भुङ्ग्रो भएर आगो बेसरी बल्नु।
37075 डगडगिनु अ.क्रि. डगडगाइनु।
37076 डगडग्याइ ना. डगडगिने भाव, क्रिया वा प्रक्रिया।
37077 डगडग्याहट ना. डगडगिने किसिम वा काम।
37078 डगमग क्रि.वि. पानीको छालले डुङ्गा, भुइँचालोले जमिन र बुढ्याइँ, बिमारी तथा कमजोरीले मानिस आदि हल्लने गरी; ढलपल; डगडग।
37079 डगमगाइ ना. डगमगाउने क्रिया वा प्रक्रिया; ढलपलाइ।
37080 डगमगाइनु अ.क्रि. डगमग गरिनु; ढलपलाइनु।
37081 डगमगाउनु अ.क्रि. १.डगमग गर्नु; हल्लनु वा काँप्नु; डगडगाउनु।
37082 डगमगाउनु अ.क्रि. २. आफ्नो ठाउँ वा स्थितिबाट खुस्कन खोज्नु; ढलमलाउनु।
37083 डगमगिनु अ.क्रि. डगमगाउनु।
37084 डगमग्याइ ना. डगमगिने काम वा किसिम।
37085 डगमग्याइनु अ.क्रि. डगमग पारिनु।
37086 डगमग्याउनु प्रे.क्रि. डगमग पार्नु।
37087 डगर ना. सोतो; गोरेटो; हे. डहर।
37088 डगाइ ना. डग्ने भाव, क्रिया वा प्रक्रिया।
37089 डगाइनु क.क्रि. डग्न वा हल्लन लाइनु।
37090 डगाउनु प्रे. क्रि. १.आफ्नो स्थिति, निश्चय, सिद्धान्त आदिबाट गिराउनु।
37091 डगाउनु प्रे. क्रि. २. हल्लाउनु; कँपाउनु।
37092 डगिनु अ.क्रि. डगमगिनु; हल्लिनु।
37093 ङङङङ क्रि.वि. १.खुट्टा बजारेर हिँड्दाको आवाज आउने गरी।
37094 ङङङङ क्रि.वि. २. नरम वस्तुमा कडा वस्तुले हिर्काउँदा आवाज निस्के झैँ।
37095 ङङङङ क्रि.वि. ३. एकपछि अर्को गर्दै लड्ने वा पछारिने किसिमले।
37096 डङ्क ना. अरिङ्गाल, बारुलो, बिच्छी आदि किराका पुच्छरका टुप्पा वा चाकामा हुने विषालु काँढा; खिल।
37097 डङ्का ना. १.दमाहाजस्तो एक किसिमको ठुलो तालबाजा; नगरा।
37098 डङ्का ना. २. हल्ला (जस्तो- डङ्का पिटाउनु, डङ्का फिँजाउनु)।
37099 डङ् किनी ना. १.आफ्नो बिगार गर्ने वा मन नपरेकी स्वास्नीमानिसलाई गाली गर्दा भनिने शब्द; पिशाचिनी।
37100 डङ् किनी ना. २. टुनामुना गर्ने स्त्री; टुन्याही; डाकिनी।