Dictionary

All Word

37101 डङ्ग क्रि.वि. बन्दुक, तोप आदि पड्कँदा आवाज निस्के झैँ।
37102 डङ्गुर वि. प्रशस्त; धेरै; थुप्रै।
37103 डङ्गोल ना. १.जग्गाजमिन, घर आदि नापी गर्ने व्यक्ति।
37104 डङ्गोल ना. २. नेवार जातिको एक वर्ग वा थर।
37105 डङ्ग्रङ्ङ क्रि.वि. लड्दा, पछारिँदा वा थचारिँदा ठुलो आवाज आउने गरी; भुङ्ग;डङ्ङ।
37106 डट्नु अ.क्रि. १.आफ्नो विचार, स्थान, मत आदिमा अडिग भएर रहनु; अड्नु।
37107 डट्नु अ.क्रि. २. फुर्तीसाथ बोल्नु, कड्कनु वा कुनै काम गर्नु।
37108 डट्नु अ.क्रि. ३. कसिकसाउ हुनु; ठाँटिनु।
37109 डटाइ ना. डट्ने भाव, क्रिया वा प्रक्रिया।
37110 डटाइनु क.क्रि. डट्न लाइनु।
37111 डटाउनु प्रे.क्रि. डट्न लाउनु; अड्न लाउनु।
37112 डटिडटाउ वि. १.लुगा, गहना आदिले सुसज्जित; सजिसजाउ; कसिकसाउ।
37113 डटिडटाउ वि. २. रवाफसाथ वा ठाँटसित बसेको; डटेर बसेको।
37114 डट्टा ना. हुक्काका सुमेरुमा जडिने गट्टा।
37115 डढ्नु अ.क्रि. १.कुनै वस्तु आगाले पोलिनु; खाक हुनु;खरानी हुनु।
37116 डढ्नु अ.क्रि. २. भुटेपकाएको वस्तु पानी मर्नाले र आँच धेरै हुनाले खहरिनु।
37117 डढ्नु अ.क्रि. ३. पिर, चिन्ता, भनाइ आदिले चित्त पाक्नु वा दुख्नु; चिढिनु।
37118 डढाइ ना. डढ्ने वा डढाउने क्रिया-प्रक्रिया।
37119 डढाइनु क.क्रि. आगाले पोलिनु।
37120 डढाउनु प्रे. क्रि. १.आगाले पोल्नु; खरानी पार्नु।
37121 डढाउनु प्रे. क्रि. २. खहऱ्याउनु।
37122 डढाउनु प्रे. क्रि. स.क्रि. ३. चित्त दुखाउनु; चिढाउनु।
37123 डढिनु अ.क्रि. आगाले पोलेर खरानी होइनु।
37124 डढुल्लो वि. डढेको; डढुवा।
37125 डढुवा वि. १.बढ्ता पोलिएको; डढेको।
37126 डढुवा वि. ना. २. बालीमा लाग्ने एक किसिमको रोग।
37127 डढेलो ना. खरघारी, जङ्गल आदिमा लागेको वा लगाइएको आगो।
37128 डढेलो लाग्नु टु. १.वनमा आगो सल्कनु।
37129 डढेलो लाग्नु टु. २. ( उपमा अर्थमा ) बुद्धिसुद्धि. बिग्रनु।
37130 डढेलो लाग्नु टु. (उदा.- अचेल उनको बुद्धिमा डढेलो लागेको छ)।
37131 डढ्यौली / डढ्यौलो ना. सेलरोटी पकाएपछि कराहीमा बचेको घिउतेल;डढुल्लो घिउतेल।
37132 डन्ठा ना. मोटो लट्ठी;डन्डा; लौरो।
37133 डन्ठी ना. सागपात आदिको कमलो वा नरम डाँठ; लौरो।
37134 डन्ठ्याइ ना. डन्ठ्याउने क्रिया वा प्रक्रिया।
37135 डन्ठ्याइनु क.क्रि. डन्डा मारिनु; डन्ठ्याउने काम गरिनु।
37136 डन्ठ्याउनु स.क्रि. डन्ठाले कुट्नु; डन्डाले हिर्काउनु।
37137 डन्ड ना. दण्ड; डन्डा; जरिवाना।
37138 डन्डताल ना. धातुले बनेका चिम्टामा मुजुरा वा मुन्द्रा लागेको एक प्रकारको बाजा।
37139 डन्डा ना. लामो र मोटो लट्ठी; लाठो।
37140 डन्डी ना. १.धातु, काठ आदिको लट्ठीजस्तो लामो डोलो वस्तु; सानो डन्डा; छड।
37141 डन्डी ना. २. तुलो आदिमा रहने फलामे लट्ठी।
37142 डन्डीफोर ना. खास गरी यौवनावस्थामा अनुहारमा देखापर्ने ससाना बिमिरा।
37143 डन्डीफोर बियो ना. लट्ठीले हुच्चिने र बियो ठ्याक लगाएर खेलिने प्रसिद्ध खेल।
37144 डन्डोल जग्गा, जमिन नापी गर्नका निम्ति नियमबमोजिम निर्धारित गरी बनाइएको फलामे साङ्लो; नाप्ने सिक्री।
37145 डफ/डफल ना. खास गरी जात्रामात्रा, होली आदिमा बजाइने, तराईतिर प्रचलित ठुलो डम्फु।
37146 डफला ना. दिसापिसाबले बिग्रला भनी भित्र थाङ्नाथरा हाली तगेर बाहिर राम्रो पारिएको, नानीहरू सुताउने सानो लम्पट।
37147 डफल्को ना. नानीहरूलाई सुताइने थोत्रो पट्टो; डफला।
37148 डफल्क्याइ ना. डफल्क्याउने काम वा किसिम; थङ्न्याइ।
37149 डफल्क्याइनु क.क्रि. थङ्न्याइनु।
37150 डफल्क्याउनु स.क्रि. थङथिलो बनाउनु; थङ्न्याउनु।