Dictionary

All Word

37001 ठ्यास्नु स.क्रि. हे. ठेस्नु।
37002 ठ्यास ना. जबर्जस्ती ठेस्ने काम; खाँद्ने काम; कोचाइ।
37003 ठ्यास्स क्रि.वि. १. हलुका चालले ठक्कर लागेर; ठ्याक्क।
37004 ठ्यास्स क्रि.वि. २. चाक टेकाएर वा एकैछिन बसेर।
37005 ठ्यास्स क्रि.वि. ३. एकाएक; प्याक्क।
37006 ठ्यास्स क्रि.वि. ४. मन नपरीकन राख्ने गरी।
37007 ठ्यौको ना. काठको ठुलो टुक्रो; गिंडुल्को; ठेउको।
37008 ठ्वाक्क क्रि.वि. कुनै साह्रो वस्तुमा हिर्काउँदा हल्का आवाज आउने गरी।
37009 ठ्वासठ्वास क्रि.वि १. धमाधम वा पटापट ओठे जवाफ दिने किसिमले।
37010 ठ्वासठ्वास क्रि.वि २. बोल्दा ठिकबेठिक बिचारै नगरी।
37011 ठ्वासठ्वास क्रि.वि ३. बारम्बार अगल्टो ठोसेर।
37012 ठ्वासठ्वासी/ठ्वासठ्वास्ती क्रि.वि. अझ छिटो ठ्वासठ्वास भएर।
37013 ठ्वास्स क्रि.वि. १. घोच्ने किसिमले ओठे जवाफ दिने गरी।
37014 ठ्वास्स क्रि.वि. २. कुनै वस्तु मन नपर्ने चालले राखेर।
37015 ठ्वास्स क्रि.वि. ३. ठिकबेठिक विचारै नगरी।
37016 ठ्वास्स क्रि.वि. ४. दुर्गन्धित हुने गरी।
37017 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेह्रौं वर्ण, स्पर्शी, मूर्धन्य, सघोष, अल्पप्राण, ताडित व्यञ्जनवर्ण; टवर्गको तेस्रो अक्षर; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्नस; डाङडुङे ड।
37018 डँकाइ ना. डाँक्ने भाव, क्रिया वा प्रक्रिया।
37019 डँकाइनु क.क्रि. डाँक्न लाइनु।
37020 डँकाउनु प्रे.क्रि. डाँक्न लाउनु।
37021 डँकाहा वि. उफ्रेर नाघ्ने; फड्कने।
37022 डँटाइ ना. १.डाँट्ने भाव, क्रिया वा प्रक्रिया।
37023 डँटाइ ना. २. छँसाइ; हप्काइ।
37024 डँडाइ ना. डाँड्ने भाव, क्रिया वा प्रक्रिया।
37025 डँडाइनु क.क्रि. डाँड्न लाइनु।
37026 डँडाउनु प्रे.क्रि. डाँड्न लाउनु; जरिवाना तिराउनु।
37027 डँडाक वि. बढेर वा सप्रेर ठुलो देखिएको; ढड्डु; घ्वाँक।
37028 डँडाली / डँडाल्नी ना. झ्यालको कोटालमास्तिर हालिने काठ वा फलामको तेर्सो डन्डी।
37029 डँडाल्नु ना. ढुटो चालेर बाँकी रहेको खस्रो भुस।
37030 डँडाल्नु / डँडाल्नो ना. काँधदेखि मुनि कम्मरसम्मको शरीरको पछिल्लो भाग; पिठिउँ; ढाड।
37031 डँडेल ना. १.डोली, तामदान, पाल्की आदि बोक्ने व्यक्ति; डोले।
37032 डँडेल ना. २. डँडाल्नु।
37033 डँडेलधुरा ना. १.डोली, पालकी आदिमा रहने तेर्सो काठ;डाँडी।
37034 डँडेलधुरा ना. २. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने महाकाली अञ्चलको पहाडी र केही भित्री मदेसको भाग पनि रहेको एक जिल्ला।
37035 डँडेलो ना. १.खर वा परालले छाइएका घरका छानामा रहने मुसी; डाँडा; डढेलो।
37036 डँडेलो ना. २. चालेर बचेको खस्रो भुस; डँडाल्नु।
37037 डँड्याइ ना. डँड्याउने भाव, क्रिया वा प्रक्रिया।
37038 डँड्याइनु क.क्रि. छानामा डाँडा हालिनु।
37039 डँड्याउनु स.क्रि. खर वा परालले घर छाइने छानामा डाँडा हाल्नु; छानाका डाँडाहरू बाँध्नु।
37040 डँसाइ ना. डाँस्ने काम वा किसिम।
37041 डँसाइनु क.क्रि. डाँस्न लाइनु।
37042 डँसाउनु प्रे.क्रि. डाँस्न लाउनु; डसाउनु; धुताउनु।
37043 डक्नु स.क्रि. कसैलाई उमेर, बल, खवाइ आदिले दमन गर्नु वा थिच्नु; नियन्त्रण गर्नु; ऐँचनु।
37044 डक्नु स.क्रि. (उदा.- दाजुले डकेर हो कि कान्छो सप्रनै सकेन।
37045 डकर्मी ना. घर बनाउँदा माटो, वज्र, सिमेन्ट आदिले जोडी ढुङ्गा, इँट आदिको गारो लगाउने मानिस; घर बनाउने काममा ढुङ्गा, इँट , माटो आदिको काम पूरा गर्ने कालिगड।
37046 डकाइ ना. १.डक्ने भाव, क्रिया वा प्रक्रिया।
37047 डकाइ ना. २. डाक्ने भाव, क्रिया वा प्रक्रिया।
37048 डकाइनु क.क्रि. डक्न लाइनु; दमन गर्न लाइनु।
37049 डकाउनु प्रे. क्रि. दमन गराउनु; दबाउनु।
37050 डकार्नु स.क्रि. १.पेटको वायु शब्दसहित घाँटीबाट बाहिर निकाल्नु; डकार झिक्नु।