Dictionary

All Word

37151 डफ्फा ना. धेरै मानिसको समूह;टोली; जमात; दल।
37152 डब ना. १.एक भाषाको चलचित्रलाई अर्को भाषामा रूपान्तरित गर्ने काम; भाषान्तर।
37153 डब ना. २. एक पटक खिचिसकेको दृश्यमा अङ्कित संवादलाई पुनः अङ्कित गर्ने काम वा प्रक्रिया।
37154 डबको ना. बैठक नहुने एक प्रकारको ठुलो कचौरा; बटुको।
37155 डबल वि. १.दोबर; दुगुना; डब्बल।
37156 डबल वि. ना. २. रुपियाँ वा सय पैसाको नेपाली सिक्का।
37157 डबल अ.क्रि. डबल हुनु; एकको दुई हुनु; दोहोरिनु।
37158 डबली ना. १.देवदेवीका प्राचीन नाच नचाउन सहरका विभिन्न स्थानमा जमिनबाट केही उठाई बनाइएको चौतारोजस्तो स्थल; खुला रङ्गमञ्च।
37159 डबली ना. २. धेरै बाटा जोरिने सहरका बिचको खुला ठाउँ।
37160 डबली ना. स्वास्नीमानिसले लाउने, पुरानो ठुलो गोलो टिको।
37161 डबली जाई ना. एकै ठाउँमा दुइटा फूल फुल्ने एक प्रकारको जाई।
37162 डबल्याइ ना. १.डबलिने क्रिया वा प्रक्रिया।
37163 डबल्याइ ना. [डबल्याउ + आइ] २. डबल्याउने क्रिया वा प्रक्रिया।
37164 डबल्याइनु क. क्रि. डबल पारिनु; दोबर बनाइनु।
37165 डबल्याउनु प्रे. क्रि. डबल पार्नु; एकको दुई बनाउनु; दोहोऱ्याउनु।
37166 डब्बल वि. हे. डबल।
37167 डब्बा ना. १.बिर्को लाउन हुने टिन आदिको सानो भाँडो;बट्टा।
37168 डब्बा ना. २. रेल आदिको यात्रा गर्दा बसिने कोठा; डिब्बा।
37169 डब्बु ना. ठुलो खालको डाडु; एक किसिमको कसौँडी।
37170 डब्लिनु अ.क्रि. डबल हुनु; डबलिनु।
37171 डब्ल्याइ ना. डब्लिने वा डब्ल्याउने काम।
37172 डब्ल्याइनु क.क्रि. डब्ल्याउने काम गरिनु।
37173 डब्ल्याउनु प्रे. क्रि. डबल पार्नु; डबल्याउनु।
37174 डमरु ना. सिंह वा बाघको बच्चो।
37175 डमरु ना. समातिने माझ भाग झिनो भएको, दुईपट्टि फराक मुखमा छालाले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका डाले ठोकिएर बज्ने माटो, काठ वा धातुले बनेको बाजा; डिबडिबे।
37176 डमरु ना. (डमरु जोगी, तमासे र चटकेहरूले बजाउनाका साथै पूजाआजा, चाडपर्वमा पूजाकोठा र मन्दिरमा तथा दसैँमा प्रायः घरैपिच्छे पनि बजाउने गरिन्छ)।
37177 डमरुमध्य ना. दुई ठुलठुला महाद्वीप वा समुद्रलाई जोर्ने जल वा स्थलको साँघुरो भाग (जस्तै- जलडमरुमध्य, स्थलडमरूमध्य )।
37178 डमरु यन्त्र ना. डमरुको आकार जस्तै अर्क झिक्ने एक प्रकारको यन्त्र।
37179 डमी ना. पुस्तकपुस्तिका आदि छाप्न वा चित्र, मूर्ति बनाउनका निम्ति तयार पारिने बाह्य रूपरेखा; नकली रूपाङ्कन।
37180 डम्कनु अ.क्रि. भरिनु; डम्किनु।
37181 डम्काइ ना. डम्कने क्रिया वा प्रक्रिया।
37182 डम्किनु अ.क्रि. १.भरिभराउ हुनु; टम्म भरिनु।
37183 डम्किनु अ.क्रि. २. गर्भधारण गर्नु; पेट बोक्नु।
37184 डम्क्याइ ना. डम्किने वा डम्क्याउने क्रिया-प्रक्रिया।
37185 डम्क्याइनु क.क्रि. डम्क्याउने काम गरिनु; भरिभराउ पारिनु।
37186 डम्क्याउनु स.क्रि. भरिभराउ पार्नु; टनाटन भर्नु।
37187 डम्फरकाँडो ना. हसिनाको जत्रो बोट र त्यसकै जस्तो लहरा हुने, बडहरका जस्ता ठुलठुला तर खल्लो स्वादका फल फल्ने एक प्रकारको काँडादार बोट।
37188 डम्फु ना. गोलाकार फ्रेममा एकापट्टि छालाले मोहोरिएको, देब्रे हातले समाती दाहिने हातले बजाइने, विशेषतः तामाङ जातिमा लोकप्रिय र झाम्रे नाच तथा गीतमा गुरुङ र मगरहरूले पनि प्रयोग गर्ने एक बाजा।
37189 डम्बर वि. १.फैलिएको; प्रख्यात; प्रसिद्ध।
37190 डम्बर वि. ना. २. फोस्रो रवाफ;ढाँचा; आडम्बर।
37191 डम्बर वि. ३. समूह; राशि।
37192 डम्बर वि. ४. विस्तार।
37193 डम्बरकुमारी ना. रङ्गीचङ्गी बुट्टा छापिएको;जङ्गबहादुरकी छोरीको नामबाट प्रचलित हुन गएको एक किसिमको कपडा; नकली ढाका।
37194 डम्बरे ना. फेदैदेखि दुईतीन अमलका काँडा हुने, लाम्चा मसिना पात पलाउने, पहेँला फूल फुल्ने र हरिया लाम्चा फल फल्ने एक बोट वा त्यसैको फल।
37195 डम्म क्रि.वि. १.खानेकुराले पेट भरिने वा अघाएर डकार्ने गरी।
37196 डम्म क्रि.वि. २. कुनै वस्तु हाल्दा भाँडो भरी भएर।
37197 डम्म क्रि.वि. ३. हिँड्दा वा खेल्दा पछारिएर; ड्याम्म।
37198 डम्म क्रि.वि. ४. मुड्की वा लाठाले हिर्काउँदा शब्द निस्कने चालमा।
37199 डर ना. कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आशङ्काले मनमा उत्पन्न हुने भाव; भय; त्रास।
37200 डरछेरुवा वि. डराउने स्वभावको;साह्रै काँतर; भीरु।