Dictionary

All Word

37301 डाँडाकाँडा ना. डाँडाहरूको समूह वा शृङ्खला; पहाड,पर्व।
37302 डाँडाभाटा ना. घर छाउन उपयोग गरिने डाँडा र भाटाहरूको समूह।
37303 डाँडी ना. १.डोलीको दर्बार झुन्ड्याउनका निम्ति हालिने तेर्सो काठ।
37304 डाँडी ना. २. एक किसिमको कोक्रो।
37305 डाँडो ना. १.पहाडको चुलिएको भाग; पहाड, पर्वतको चुचुरो।
37306 डाँडो ना. २. अग्लो र ठुलो डिल।
37307 डाँडो ना. १.पराल वा खरले घर छाउँदा हालिने ठाडो काठ; छानाको मुसी।
37308 डाँडो ना. २. छाताको कपडा अड्याउने मसिनो फलामे डन्डी वा कमानी।
37309 डाँफ ना. लुगा सिउँदा डोब टाढटाढा पारी फड्केर सिउने काम।
37310 डाँफे ना. नेपालको उत्तरी लेकतिर पाइने रङ्गीचङ्गी प्वाँख भएको, सिउरदार सुन्दर जङ्गली पक्षी; नेपालको राष्ट्रिय चरो।
37311 डाँवाडोल वि. १.कुनै स्थिति, वातावरण आदि यताउति भएर डगमगाएको; अस्थिर।
37312 डाँवाडोल वि. २. जलमय; जलाम्मे।
37313 डास्नु स.क्रि. १.अरूलाई फकाईफुल्याई कुनै वस्तु लिनु; डस्नु।
37314 डास्नु स.क्रि. २. धुने काम गर्नु; ठग्नु।
37315 डाँस ना. गाईबस्तुलाई लाग्ने एक जातको ठुलो जङ्गली झिँगो।
37316 डाइनामा ना. सवारी साधन वा यन्त्रलाई गतिशील तुल्याउन विद्युत् निकाल्ने एक किसिमको सानो यन्त्र।
37317 डाइनी ना. अरूलाई वशमा पारी दुःख दिन खोज्ने आइमाई; डङ्किनी।
37318 डाइनी बोक्सी ना. अरूलाई वशमा पार्न खोज्ने र टुनामुना गर्ने आइमाई; डाइनी र बोक्सी।
37319 डाइनु ना. १.मकै आदिको ठेट्नु; अटेर्नु।
37320 डाइनु ना. २. रानु भइनसकेका पोथी मौरी आदि; रानु मौरीको पूर्वरूप।
37321 डाइरेक्टर ना. हे. निर्देशक।
37322 डाइरेक्टरी ना. वर्णक्रमानुसार टेलिफोनको नाम, नम्बर लेखिएको वा छापिएको पुस्तिका; टेलिफोन निर्देशिका।
37323 डाक्नु स.क्रि. १.अरूलाई 'आऊ' भन्नु; नजिक बोलाउनु; पुकार्नु।
37324 डाक्नु स.क्रि. २. निम्तो गर्नु।
37325 डाक ना. १.निम्न कोटिमा पर्ने एक देवयोनि।
37326 डाक ना. २. साधक पुरुष वा साधनाका शक्तिले बताइएको कुनै कुरो।
37327 डाक ना. कसैलाई डाक्ने वा बोलाउने काम।
37328 डाकबोलाउ ना. डाक्ने र बोलाउने काम; बोलावट; निम्तो।
37329 डाकिनी ना. १.कालीका वरपर रहने एक स्त्रीगण; एक पिशाचिनी।
37330 डाकिनी ना. २. डाइनी; बोक्सी।
37331 डाकिनु क.क्रि. डाक्ने काम गरिनु; बोलाइनु।
37332 डाक्टर ना. १.आधुनिक र वैज्ञानिक पद्धतिअनुसार रोगको परीक्षण तथा उपचार गर्ने चिकित्सक।
37333 डाक्टर ना. २. विश्वविद्यालयद्वारा कुनै विशिष्ट विद्वान्लाई सम्मानार्थ वा अनुसन्धाताले नियमानुसार पूर्ण गरेको कुनै अनुसन्धानात्मक गहन कृतिका निमित्त दिइने उच्च उपाधि।
37334 डाक्टरी ना. डाक्टरको काम; आधुनिक तथा वैज्ञानिक चिकित्साशास्त्र।
37335 डाङडुङ क्रि.वि. कुनै काम हडबडसाथ वा चटपटाएर गर्ने गरी।
37336 डाङडुडे वि. १.डाङडुङ काम गर्ने; हडबडे स्वभावको।
37337 डाङडुडे वि. २. बेढङ्गी; घुमेको।
37338 डाङडुडे वि. ना. २. अक्षरारम्भ वा अक्षरअभ्यासका क्रममा दिइने 'ड' अक्षरको नाम; डकार।
37339 डाङ्कृति ना. झ्याली, घण्ट आदिबाट निस्कने शब्द।
37340 डाङ्ग्री ना. १.भित्री कपडाको बचाउका निम्ति मिस्त्री आदि कामदारले लगाउने, ठुलो मोहोता भएको सुरुवाल र छोटो कमिज जोडेर सिइएको पोसाक।
37341 डाङ्ग्री ना. २. देउताको पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति।
37342 डाङ्ग्रे ना. १.धामीझाँक्रीको विद्या वा काम सिक्ने मानिस; धामीझाँक्रीको चेलो।
37343 डाङ्ग्रे ना. २. धामीझाँक्रीले फलाक्ता गरिने सम्बोधन।
37344 डाङ्ग्रे ना. वि. ३. डँडाक; ठुलो; डाङ्ग्रो।
37345 डाङ्ग्रे बेत ना. एक जातको बे।
37346 डाङ्ग्रे सारौँ ना. एक प्रकारको ठुलो सारौँ; रुपी; सारिका।
37347 डाङ्ग्रो ना. १.झारफुके काममा पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति; डाङ्ग्री।
37348 डाङ्ग्रो ना. २. नीच मानिस वा दुच्छर गाईबस्तु।
37349 डाङ्ग्रो ना. ३. कामी जातिलाई हियाएर भनिने शब्द।
37350 डाङ्ग्रो ना. वि. ४. डँडाक; ठुलो।