Dictionary

All Word

37351 डाडनी ना. जग्गाको बाली नकाटिँदैमा उब्जनीको अनुमान गरी कृषकलाई दिइने पेस्की वा अग्रिम मूल्य।
37352 डाडु ना. दाल, तरकारी आदि चलाउने वा उघाउने, समाउने केही लामो डन्डी भएको कचौरीजस्तो बाटुलो भाँडो।
37353 डाढ्नु स.क्रि. फकाईफुल्याई अरूको वस्तु लिनु, डाँस्नु,धुत्नु।
37354 डाढ ना. अर्काको सुखसम्पत्ति, उन्नतिप्रगति आदि देखेर हने ईर्ष्या, आहिस, डाह।
37355 डाढिनु क.क्रि. डाढ्ने काम गरिनु, डाँसिनु।
37356 डाढे वि. १.अरूको कुभलो र आफ्नो मात्र भलो होस् भन्ने कलुषित भावना भएको (व्यक्ति)।
37357 डाढे वि. २. डाढ गर्ने; आ ह्रिसे; ईर्ष्यालु; असन्तोकी।
37358 डाबर ना. १.कुनै विषालु वस्तु बिझ्नाले वा लाग्नाले शरीरमा उछ्रिने दाग।
37359 डाबर ना. २. खटिरो आउने बेला रक्तविकारका कारणले शरीरमा देखिने दाग।
37360 डाबर ना. ३. एउटा आयुर्वेदिक औषधि निर्माता प्रसिद्ध कम्पनी।
37361 डाम्नु स.क्रि. १.तातेको फलाम, भरभराउँदो आगो आदिले शरीरमा कुनै प्रकारको चिह्न लाग्नु।
37362 डाम्नु स.क्रि. २. मृतकको किरिया गर्दा साँढे छोड्नका निम्ति बहरका फिलामा तताइएको फलामे चक्र तथा त्रिशूलले चिनु लगाउनु।
37363 डाम्नु स.क्रि. ३. डामल गर्नु।
37364 डाम ना. १.पोलेर, डामेर, घाउखटिरा उब्जेर, चोटपटक लागेर आदि कारणले शरीरका कुनै भागमा बस्ने दाग वा चिह्न; ख।
37365 डाम ना. २. कुनै वस्तुले नरम ठाउँमा थिच्ता पर्ने त्यही आकारको चिह्न।
37366 डाम ना. ३. मानिस, बस्तु आदिका पाइलाको चिह्न; डोब।
37367 डामल ना. १.तताइएको फलाम, चक्र, त्रिशूल आदिले डाम्ने काम।
37368 डामल ना. २. त्यसरी डामेर बसेको दाग।
37369 डामिनु स.क्रि. डाम्ने काम गरिनु; दामल गरिनु।
37370 डाम्नो ना. १.गाईबस्तुलाई हियाएर वा रिसले भनिने शब्द।
37371 डाम्नो ना. २. डामेर छोडिएको साँढे।
37372 डाम्रो वि. भित्र गेडा वा गुदी नभई खाली भएको; फोस्रो (कोसो, दाना आदि)।
37373 डायर ना. हे.दायर।
37374 डायरी ना. १.दिनभरका उल्लेखनीय वा स्मरणीय कामकुराको विवरण सङ्क्षिप्त रूपमा लेखिने पुस्तिका; दैनन्दिनी।
37375 डायरी ना. २. जीवनसित सम्बन्धित वा सामयिक सामयिक महत्त्व रहने क्रमबद्धतासहितको रोचक लेख।
37376 डायल ना. अङ्क वा समयसङ्केत लेखिएको, मास्तिर घुम्ने, घडीका मुखको चक्का।
37377 डायल टोन ना. टेलिफोन गर्नु ठिक हुन्छ भन्ने सङ्केतक ध्वनि।
37378 डार्नु स.क्रि. १.तताएको तेलघिउमा कुनै वस्तु फुराउनु; झान्नु।
37379 डार्नु स.क्रि. २. हाल्नु।
37380 डारिनु क.क्रि. डार्ने काम गरिनु; फुराइनु।
37381 डाल ना. १.कामकाज नगरी ढाँचाकाँचा पार्ने काम।
37382 डाल ना. २. आदत; बानी।
37383 डाल ना. ३. डौल।
37384 डालाडाली ना. सानाठुला डालाको समूह।
37385 डालिनु अ. क्रि. कामकाज केही नगरी लरखरिनु;अल्लारिनु।
37386 डाली ना. सानो डालो।
37387 डाले वि. १.डालो बोक्ने; डालाको वा डालोसम्बन्धी।
37388 डाले वि. २. मृतकको क्रियाकर्मका लागि आवश्यक सरसामान हालेको डालो बोकेर ढिकुरामा लैजाने (मानिस)।
37389 डाले वि. ३. डालामा हालेर ल्याइने वा डाला (हाँगा )काटेर लिइने (घाँस, स्याउला आदि)।
37390 डाले घाँस ना. स्याउले घाँस।
37391 डालो ना. बाँस, निगाला आदिका चोयाले बुनेको,अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो।
37392 डासुल्लो ना. दुधमा पिठो रयालेर खोलेजस्तो पारी बनाइने खाद्य पदार्।
37393 डाह/डाहा ना. १.अरूको सुखसम्पत्ति, उन्नतिप्रगति देख्न नसकेर मनमा हुने दुःख; मानसिक पीडा वा चिन्ता; दाहा।
37394 डाह/डाहा ना. २. छटपटाहट; रन्थनी।
37395 डाहिल्ले वि. अरूको डाह गर्ने; डाहा गर्ने स्वभावको;इखालु।
37396 डाहिल्लो वि. डाही; इखालु; डाहिल्ले।
37397 डाही ना. डाहा गर्ने बानी भएको; ईर्ष्यालु।
37398 डाहुक ना. नदीका छेउछाउमा रहने हुटिट्याउँका आकारको एक जातको चरो।
37399 डिँगनु ना. गाईबस्तु धपाउनका निम्ति गोठालाले हाम लिने लौरो।
37400 डिँगर ना. हे.डिङ्गर।