Dictionary

All Word

37501 डुँडुलो ना. वि. २. डुँडो भएको।
37502 डुँडुलो ना. स्त्री. डुँडुली।
37503 डुँडे / डुँडो वि. १.हात वा गोडाका औँला नभएको।
37504 डुँडे / डुँडो वि. २. हात वा हर्थुङ्गो नभएको।
37505 डुँडे / डुँडो वि. ३. छोटो हात भएको।
37506 डुइँया ना. नेवार जातिको एक वर्ग; डुहिँया।
37507 डुकु ना. तरकारी, अचार आदि बनाएर खाइने रायो, मुला आदिको फूल, मुनासहितको कमलो डाँठ।
37508 डुकु वि. इलम, उद्योग वा काम नभई यताउति डुलिरहने; बेइलमी;निरुद्योगी।
37509 डुकुलट्ठक हे. तोरीलाहुरे।
37510 डुकुलन्ठ / लन्ठन / लन्ठु वि. विनाकाम यताउति हल्लने वा लर्खरिने;बेइलमी।
37511 डुक्रनु अ.क्रि. १.साँढे, बाघ आदि कराउनु; गर्जनु।
37512 डुक्रनु अ.क्रि. २. फुर्ती वा गर्वसाथ ठुलो ठुलो स्वरले बोल्नु; ठुलो डाँको झिकेर बोल्नु; कुर्लनु।
37513 डुक्राइ ना. डुक्रने क्रिया वा प्रक्रिया।
37514 डुक्राइनु क.क्रि. डुक्रन लाइनु।
37515 डुक्राउनु प्रे. क्रि. डुक्रन लाउनु।
37516 डुक्रिनु अ.क्रि. डुक्रनु।
37517 डुगडुग क्रि.वि. डमरु, ट्याम्को, सानो दमाहा आदि बजाउँदा ताल वा शब्द आउने गरी।
37518 डुगडुगी ना. १.छालाले मोरेको दमाहाका ढाँचाको सानो बाजा; एक किसिमको ट्याम्को।
37519 डुगडुगी ना. २. कराईकराईकन सबैलाई सुनाएर फयल गरिने कुरा।
37520 डुग्गी ना. हल्ल; डुगडुगी (जस्तै- डुग्गी पिटाउनु, डुग्गी फिराउनु।
37521 डुङडुङ क्रि.वि. सडेगलेका वस्तु, खानेकुरा आदि बेसरी गनाउने भएर; ठसठस।
37522 डुङडुडी / डुङडुङ्ती क्रि.वि. चर्कोसित गनाउने गरी; ठसठसी।
37523 डुङ्गा ना. नदीमा वारपार गर्नका निम्ति काठ खोपेर वा फल्याकहरू गाँसगुँस पारेर बनाइएको, बहना खियाएर चलाइने साधन;नाउ; नौका।
37524 डुङ्गुर ना. १.ठुलो थुप्रो; रास;डङ्गुर।
37525 डुङ्गुर ना. वि. २. प्रशस्त, थुप्रो; धेरै।
37526 डुङ्ग्री ना. भएनभएका कुरा सबैतिर फिँजिने किसिमले गरिने हल्ला।
37527 डुङ्ग्री पिट्नु टु. हल्ला फिँजाउने काम गर्नु।
37528 डुङ्ङ क्रि.वि. सडेगलेका वस्तु, खानेकुरा आदि नराम्रोसित गनाउने गरी; ठस्स।
37529 डुठो ना. इँट, ढुङ्गा आदिको सानो टुक्रो।
37530 डुण्डुभ ना. पानीमा बस्ने विष नभएको एक जातको सर्प; डुमसर्प।
37531 डुण्डुल ना. सानो खालको एक जातको लाटोकोसेरो।
37532 डुन्डी ना. १.छालाले मढेको, ठोकेर बजाइने एक किसिमको बाजा।
37533 डुन्डी ना. २. त्यो बाजा बजाएर सर्वसाधारणलाई कुनै कुरा सूचित गर्ने काम।
37534 डुन्डु ना. लसुनका पोटीमा गहुँ घुसारी रोपेर उमारिने गहुँकै बोटजस्तो र लसुनको स्वाद आउने एक किसिमको साग;साँखुलो।
37535 डुप्लिकेटर ना. प्रतिलिपि छाप्ने यन्त्रविशेष; लिथो मेसिन।
37536 डुब्नु अ.क्रि. १.कुनै वस्तु वा प्राणी पानीभित्र पर्नु; किराफटेङ्ग्रा तरल पदार्थभित्र पर्नु।
37537 डुब्नु अ.क्रि. २. कुनै कामकुरामा गडेर विचार गर्नु वा तल्लीन हुनु।
37538 डुब्नु अ.क्रि. ३. धनसम्पत्ति आदि पुरै नष्ट हुनु; अन्तिम अवस्थामा पुग्नु।
37539 डुबाइ ना. डुब्ने काम वा किसिम।
37540 डुबाइनु क.क्रि. डुब्न लाइनु।
37541 डुबाउनु प्रे. क्रि. डुब्ने पार्नु; डुब्न लगाउनु।
37542 डुबिनु अ.क्रि. डुब्ने काम होइनु।
37543 डुबुल्की ना. पानीमा थोरै बेर डुब्ने काम; डुब्की;गोता।
37544 डुबौ बोटी ना. हिउँदेबर्खे दुवै बाली ( दिव्य . )।
37545 डुब्की ना. १.घोडाले वेग छोडेको हिँडाइ वा कुदाइ।
37546 डुब्की ना. २. हे. डुबुल्की।
37547 डुम ना. १.कुनैकुनै बालखेलमा अछुत बन्ने व्यक्ति।
37548 डुम ना. (उदा.- यति नाना फाट्यो, मुसाले काट्यो, सिइदेऊ न डुम दाइ !) २. चाण्डाल जातिविशेष; डोम; डुम्रो।
37549 डुम काग ना. हे.ढोले काग।
37550 डुम सर्प ना. शरीरमा ठाडा धर्काहरू देखिने एक जातको सर्प।