Dictionary

All Word

37601 डेब्रिनु अ.क्रि. २. डेब्रो हुनु; बाउँटिनु।
37602 डेब्रो वि. १.भनेको नबुझ्ने वा एक थोक भनेकामा अर्कै थोक गर्ने;अधबेस्रो; बाउँटो।
37603 डेब्रो वि. २. भनेको नटेर्ने; अटेर।
37604 डेब्य्राइ ना. डेब्रिने क्रिया वा प्रक्रिया।
37605 डेब्य्राइनु क.क्रि. डेब्रो पारिनु।
37606 डेब्य्राउनु प्रे. क्रि. डेब्रो पार्नु।
37607 डेरा ना. १.थोरै वा केही दिनका निम्ति बसिने, अर्काको घर; अस्थायी वासस्थान।
37608 डेरा ना. २. भाडाको घर वा कोठो।
37609 डेराडन्डा ना. अस्थायी बसोबास र आवश्यक सरसामानसहितको व्यवस्था।
37610 डेरी ना. गाईभैँसी आदि पाल्ने वा नौनी आदि निकाल्ने र प्रशोधित दुध सर्वसाधारणमा बिक्रीवितरण गर्ने स्थान; दुग्धशाला;दुधघर।
37611 डेरी फर्म ना. डेरीको कारखाना; दुग्ध विकास संस्थान।
37612 डेरे वि. डेडे; डेरो।
37613 डेलिनु स.क्रि. १.पेट डुम्म हुने किसिमले धेरै खानु; बुकुल्याउनु।
37614 डेलिनु स.क्रि. अ.क्रि. २. तृप्त हुनु; अघाउनु।
37615 डेली ना. १.बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो।
37616 डेली ना. २. पहिले पहिले दही, मही आदि हालेर बोकिने बाँस वा बेतका चोयाबाट बुनेको भाँडो।
37617 डेल्याइ ना. डेलिने क्रिया वा प्रक्रिया।
37618 डेल्याइनु क.क्रि. डेलिने पारिनु।
37619 डेल्याउनु प्रे. क्रि. डेलिने पार्नु।
37620 डेस्क ना. लेख्नपढ्नका निम्ति उपयोग गरिने टेबुल जस्तै फर्निचर; घर्रावाल टेबुल।
37621 डोँड ना. एक प्रकारको सर्पविशेष।
37622 डोइल्या ना. निगालाको चोयाले बुनिने डोकाका आकारको एक प्रकारको घरेलु साधन।
37623 डोके वि. डोको बोकेर मात्र पेटपालो गर्ने; डोको बोक्ने; डोकासँग सम्बन्धि।
37624 डोकेसो ना. १.रुन्चे लागेका केटाकेटीलाई डोकाले छोपी पानी खन्याएर गरिने सजाययुक्त उपचार।
37625 डोकेसो ना. २. चराचुरुङ्गी समात्ने डोकाको पासो।
37626 डोको ना. १.बाँस, निगाला आदिका चोयाले बुनेको, ठुलठुला आँखा वा प्वाल हुने, मालताल हाली नाम्लो वा खकनसमेत लगाएर पिठिउँमा बोकिने सोलीजस्तो भाँडो।
37627 डोको ना. २. सरकारी हुलाक बोकेबापत खान्कीका रूपमा केही जग्गा आदि पाइने पुरानो प्रचलनको रकम।
37628 डोको न डालो वि. केही पनि नहुने स्थिति;अर्थ न बर्थको;विनापत्ताको।
37629 डोको नाम्लो ना. बोक्ने भाँडो र बोकिने डोरी, नाम्लो आदि साधन; डोको र नाम्लो।
37630 डोको पानी ना. हे.डोकेसो।
37631 डोङमेन ना. छवटा तार भएको र टाउकोमा प्रायः घोडाको टाउको खोपिएको हुने, सेब्रुनाच र गीतमा बजाइने, टुङ्नाको ठुलो रूपको बाजा।
37632 डोटी ना. नेपालको सुदूर पश्चिममा रहेको, सेती अञ्चलभित्र पर्ने एक जिल्ला।
37633 डोटेल वि. १.डोटी जिल्लामा बस्ने वा डोटीको निवासी; डोटी जिल्लाको डोटीसम्बन्धी।
37634 डोटेल वि. ना. २. नेपालीको एउटा थर।
37635 डोट्याल ना. डोटेल।
37636 डोब्नु स.क्रि. १.कोट, पाइन्ट आदि सिउँदा मिलानका निम्ति पहिले ठुलठुला टाँका गरेर तुन्नु वा फड्को मारेर सिउनु; डोब लगाउनु; चिनु लगाउनु।
37637 डोब्नु स.क्रि. २. चोट वा घाउ लाउनु; खिल्नु।
37638 डोब्नु स.क्रि. ३. चोपल्नु; डुबाउनु।
37639 डोब ना. १.सिलाइ, खोपाइ आदिको चिह्न।
37640 डोब ना. २. हलो, बन्चरो आदि हतियारबाट लागेको चोट; डाम ख।
37641 डोब ना. ३. कामको अन्दाजका निम्ति पहिले लगाइने चिनो।
37642 डोब ना. ४. चास (खेत)।
37643 डोबटी ना. बाक्लो खालको एक जातको खाँडी।
37644 डोबाइ ना. डोब्ने क्रिया वा प्रक्रिया।
37645 डोबाइनु क.क्रि. डोब्न लाइनु।
37646 डोबाउनु प्रे. क्रि. डोब्न लाउनु; चिनु लाउनु।
37647 डोबिनु क.क्रि. डोब्ने काम गरिनु।
37648 डोबिल्काडोबिल्की ना. सानाठुला डोबिल्काको समूह; डोबिल्को र डोबिल्की।
37649 डोबिल्की ना. सानो डोबिल्को।
37650 डोबिल्को ना. पानीको सानो दह; सानो किसिमको जलाशय वा कुवा; डोब्किलो।