Dictionary

All Word

37651 डोब्किलाडोब्किली ना. सानाठुला धेरै डोब्किला।
37652 डोब्किलो ना. पानी भएको सानो खाल्डो; डोबिल्को।
37653 डोम ना. डुम; चाण्डाल।
37654 डोमे वि. डोमसम्बन्धी वा डोमको; डोमलाई दिइने ( अनाज, पैसा आदि)।
37655 डोर ना. १.कुनै विशेष काम गर्न केही दिनका निम्ति अड्डाबाट बाहिर खटाइने कर्मचारीहरूको टोली वा त्यस टोलीले गर्ने काम।
37656 डोर ना. २. तीर्थयात्राको प्रसङ्ग।
37657 डोर ना. ३. धागो; सुत; डोरो।
37658 डोरिनु अ.क्रि. अरूले जता लग्यो उतै लागिनु; डोरी; हात आदि समातेर हिँडिनु।
37659 डोरिया वि. डोऱ्याउने; सम्बन्ध गाँस्ने।
37660 डोरिया फरिया ना. धागा, फरिया आदि स्त्रीजातिले लाउने शृङ्गारसाधन र वस्त्र।
37661 डोरी ना. बाबियो, धागो, पाट आदिले बाटिएको, पोयो लगाइएको वा नलगाइएको मोटो डोरो; लखाकी।
37662 डोरेँटो ना. एक-दुई जना मात्र हिँड्न हुने सानो बाटो; गोरेटो।
37663 डोरे वि. डोरो भएको; धर्काधिर्की भएको;डोरोसम्बन्धी।
37664 डोरेटो ना. हे.डोरेँटो।
37665 डोरेपिङ ना. रुखको हाँगामा बाँधेर दुईतिर मोटो डोरी झुन्ड्याई तल काम्रो हालेको मच्चाएर खेलिने पिङ।
37666 डोरो ना. १.बुन्ने, बाँध्ने आदि काम लिइने कपास, ऊन, पाट आदिको बाटिएको वा बटारिएको तन्तु; धागो;सु।
37667 डोरो ना. २. पिठो, चुन आदि धुलो वस्तु खसालिएको सोझो धर्को; रेखा।
37668 डोरो ना. ३. रक्षासूत्र।
37669 डोरो ना. ४. बाटो; गोरेटो।
37670 डोरोवाल ना. मध्यस्थललाई मदत गर्ने काममा खेलका मैदानको छेउमा रहने अधिकारी।
37671 डोऱ्याँटो ना. हे. डोरेँटो।
37672 डोऱ्याइ ना. १.डोरिने क्रिया वा प्रक्रिया।
37673 डोऱ्याइ ना. [डोऱ्याउ + याइ] २. डोऱ्याउने क्रिया वा प्रक्रिया।
37674 डोऱ्याइनु क.क्रि. समातेर हिँडाइनु।
37675 डोऱ्याउनु स.क्रि. १.पशुहरूलाई डोरी आदिले बाँधेर घिच्च्याउनु।
37676 डोऱ्याउनु स.क्रि. २. सरासरी वा राम्ररी हिँड्न नसक्नेलाई कुनै आधार दिएर अथवा समातेर लैजानु।
37677 डोऱ्याउनु स.क्रि. ३. कसैलाई आफ्नो पछि पछि लगाएर हिँडाउनु वा लानु।
37678 डोल्नु हाँगा, पात आदि यताउति झुल्नु; हल्लनु।
37679 डोल ना. १.इनारबाट पानी झक्न उपयोग गरिने डल्लो खालको भाँडो।
37680 डोल ना. २. दुई डाँडाका बिचमा रहेको खेती गर्न हुने लामो, सोतो जमिन।
37681 डोला ना. मानिसले बोक्ने झोलुङ्गोजस्तो लामो सवारी; डोली।
37682 डोला ना. विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या; विवाहअघि घरमा तालिम गर्न ल्याइएकी कन्या।
37683 डोलाइ ना. डोल्ने वा डोलाउने क्रियाप्रक्रिया।
37684 डोलाइनु क.क्रि. डोलाउने काम गरिनु; झुलाइनु।
37685 डोलाउनु स.क्रि. १.चमर, पङ्खा आदि बिस्तारै बिस्तारै हम्कनु वा हल्लाउनु; झुलाउनु।
37686 डोलाउनु स.क्रि. २. कसिङ्गर वा मिसिएका वस्तुहरू छुट्ट्याउन नाङ्लामा अनाज हालेर बिस्तारै हल्लाउनु।
37687 डोलाजी ना. विवाह गर्नका निम्ति अन्यत्रबाट घरमा ल्याएर राखिने वर।
37688 डोलामी ना. डोलो किसिमको लामो र सलक्क परेको कपालको चुल्ठो।
37689 डोलिनु अ.क्रि. हल्लिनु; झुलिनु।
37690 डोली ना. दुईतिरबाट मानिसद्वारा बोकिने, डाँडीमा अड्याइएको, झोलुङ्गोजस्तो र सुत्न हुने एक किसिमको सवारी; डोला।
37691 डोले ना. १.डोली बोक्ने वा डोली बोकेर जीविका चलाउने मानिस।
37692 डोले ना. २. भान्सामा खानेकुरो ल्याउने वा भाँडा माझ्ने नोकर।
37693 डोलेढोले ना. डोली बोक्ने र बाजा बजाउने व्यक्ति; डोले र ढोली।
37694 डोलेपैसो ना. पहिले पहिले चल्तीमा आएको पन्युँको डाँठजस्तो पैसो।
37695 डोलेठो ना. डोलो परेको वा बाटुलो खालको काठ।
37696 डोलो वि. चारपाटे वा चेप्टो नभई लामो र गोल किसिमको; समरो (पाखुरा, लट्ठी, स्तम्भ आदि)।
37697 डोलो गुँद ना. डोला पात हुने एक जातको गुँद झार।
37698 डोल्पा ना. नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने कर्णाली अञ्चलको उत्तरी भेकमा रहेको एक जिल्ला।
37699 डोल्याइ ना. डोल्याउने क्रिया वा प्रक्रिया।
37700 डोल्याइनु क.क्रि. डोलो पारिनु।