Dictionary

All Word

37701 डोल्याउनु स.क्रि. डोलो पार्नु, गोलो र लाम्चिलो बनाउनु।
37702 डोल्सी ना. दुईतिर किनार उठेको भई माझमा गहिरो परेको खाल्डो; त्यस्तै खालको लामो रेखा।
37703 डोहो ना. कसैको उन्नति वा सुखसन्तोष देखेर मनमा हुने डाह; रिस; ईर्ष्या।
37704 डोहो ना. कुनै आवश्यक वस्तुका निम्ति भएको खाँचो; हर्जो।
37705 डोहो ना. २. कमी;न्यूनता।
37706 डोहोडोहो ना. आवश्यक कुराको कमी होला होलाजस्तो स्थिति; पुगेस-पुगेस।
37707 डोहोडोहो ना. (उदा.- मलाई यसपल्ट खर्चले डोहोडोहो पारेको छ।)।
37708 डौँठे वि. १.काम गर्ने खुबी, सिप वा ढङ्ग नभएको।
37709 डौँठे वि. २. ठर्रो मिजासको; ठाडे।
37710 डौँठे निहुरो ना. ठुलठुला डाँठ हुने एक जातको निहुरो।
37711 डौँडारिनु अ.क्रि. कुनै कामकाज नगरी यताउति डुल्नु; ढौँटारिनु।
37712 डौँडारिनु अ.क्रि. २. फतफताउँदै वा फटफटाउँदै यताउति लरखरिनु।
37713 डौँडारे वि. १.काम गर्ने सिप वा ढङ्ग नभएको।
37714 डौँडारे वि. २. जथाभाबीसँग वा नचाहिँदो किसिमले खर्च गर्ने।
37715 डौँडारे वि. ३. बेकाममा घुमिरहने; डुलुवा।
37716 डौँडारो ना. जमिन, भित्ता आदिमा परेको ठुलो प्वाल; भ्वाङ,भँड्खारो।
37717 डौँडऱ्याइ ना. डौँडाऱ्याउने क्रिया वा प्रक्रिया।
37718 डौँडाऱ्याइनु क.क्रि. काम न काजसित डुलाइनु।
37719 डौँडाऱ्याउनु प्रे. क्रि. काम न काजसित यताउति डुलाउनु।
37720 डौँल ना. १.शरीर आदिको आकारप्रकार।
37721 डौँल ना. २. कुनै रचनाको बनोट।
37722 डौँल ना. ३. कुनै वस्तु वा कामको रूपरेखा; खाका।
37723 ड्याक ना. व्यापार गर्दा मुनाफा र परल मोलसमेत प्राप्त नभई भएको हानि; घाटा; नोक्सान।
37724 ड्याङ ना. १.बाली लगाउनका निम्ति दुईतिर कुलेसो पारी माझमा थोरै उठाइएको, माटाको लामो र खण्डेदार सानो डिल।
37725 ड्याङ ना. वि.२. बुद्धि नभएको; लट्ठक।
37726 ड्याङपाटा / पाता ना. रुख, पात आदिमा गुँड बनाएर बस्ने रातोरातो, ठुलो एक जातको कमिलो।
37727 ड्यामड्याम क्रि.वि. १.लगालग मुक्क्याउने गरी; ढ्यामढ्याम।
37728 ड्यामड्याम क्रि.वि. २. एकपछि अर्को गर्दै पछारिएर।
37729 ड्यामड्यामती/ड्यामड्यामी क्रि.वि. लगातार मुक्क्याउने वा पछारिने किसिमले।
37730 ड्यामप्रुफ ना. जमिनको चिसो नआओस् भन्नका निम्ति र बलियो पार्नका लागि घर आदि बनाउँदा जग, गारो वा भुइँमा गरिने ढलान।
37731 ड्याम्म क्रि.वि. १.कसैलाई मुक्काले हिर्काउँदा ठुलो आवाज आउने गरी; दुस्स; ढ्याम्म।
37732 ड्याम्म क्रि.वि. २. छाया, बादल, कुहिरो आदिले व्यापक रूपमा ढाकिएर।
37733 ड्याम्म क्रि.वि. ३. आवाज आउने गरी पछारिँदै।
37734 ड्यौढा वि. हे. डेउढा।
37735 ड्यौढी ना. हे. डेउढी।
37736 ड्यौढो वि. हे. डेउढो।
37737 ड्रम ना. १.मट्टितेल, अलकत्रा, पेट्रोल आदि हाल्न प्रयोग गरिने गोलो ठुलो ढ्वाङ; त्यस्तो भाँडो।
37738 ड्रम ना. २. छालाको गोलो फ्रेममा दुवै छेउबाट वरिपरि छालाकै डोरीले दरोसँग कसेर बनाइएको लट्ठी वा हातले बजाइने वाद्ययन्त्र; ढोल; मृदङ्ग।
37739 ड्राइक्लिन ना. आधुनिक मेसिनद्वारा हुने कपडाको धुलाइ वा त्यस्तो धुलाइ हुने स्थान; धुलाइघर।
37740 ड्राइभर ना. मोटर, ट्रक आदि हाँक्ने व्यक्ति; चालक।
37741 ड्रामा ना. १.अभिनय; नाटक; नाट्यकला।
37742 ड्रामा ना. २. रङ्गमञ्चमा प्रदर्शन गरिने र रेडियो तथा टिभीबाट समेत प्रसारित हुने अभिनेय काव्य।
37743 ड्वाँङ्ङ क्रि.वि. हे. ड्वाङ्ग।
37744 ड्वाँड्वाँ क्रि.वि. १.गाईवस्तुले एकोहोरो कराउने गरी।
37745 ड्वाँड्वाँ क्रि.वि. २. ठुलो डाँको छोडेर रुँदै वा ठुलो स्वरले कराउँदै।
37746 ड्वाङड्वाङ क्रि.वि. झ्याल, ढोका आदि एकदम ह्वाङ्ङ भएर खुला हुने गरी।
37747 ड्वाङड्वाङती क्रि.वि. अझै ड्वाङड्वाङ हुने गरी।
37748 ड्वाङ्ग क्रि.वि. १.एकै चोटि बेसरी लड्ने वा पछारिने गरी; ड्वाङ्ङ।
37749 ड्वाङ्ग क्रि.वि. २. झ्यालढोका आदि सबै खुला भएर।
37750 ड्वाङ्ग्राङ्ङ क्रि.वि. जोडसँग लड्ने वा पछारिने गरी।