Dictionary

All Word

37551 डुम्म क्रि.वि. १.खानेकुरा धेरै खानाले वा वायु बढ्नाले पेट फुलेर वा ढुस्सिएर; टुन्न।
37552 डुम्म क्रि.वि. २. कसैलाई डिम्क्याउँदा आवाज आउने चालमा; डिम्म।
37553 डुम्री ना. लाम्चा पात हुने, फूल नफुलीकनै अञ्जिरका जस्ता फल फल्ने, वरका जातको रुख वा त्यसैको फल।
37554 डुम्रो हे. डुम।
37555 डुल्नु अ.क्रि. १.मन बहलाउनका लागि वरपर, यताउति हिँड्नु; टहल्नु।
37556 डुल्नु अ.क्रि. २. कुनै कामविशेषले वा हेर्ने उद्देश्यले नयाँ नयाँ ठाउँमा घुम्नु; घुमफिर गर्नु।
37557 डुलन्ता / डुलन्ताम् / डुलन्ते वि. डुलिरहने स्वभावको; डुलुवा।
37558 डुलफिर ना. डुल्ने वा टहल्ने काम; घुमफिर।
37559 डुलाइ ना. डुल्ने वा डुलाउने क्रिया-प्रक्रिया।
37560 डुलाइनु क.क्रि. डुल्न लाइनु।
37561 डुलाउनु प्रे. क्रि. डुल्न लाउनु।
37562 डुलि ना. सानो जातको पोथी कछुवा; कछुवी।
37563 डुलिनु अ.क्रि. डुल्ने काम भइनु; घुमिनु।
37564 डुलुवा वि. डुल्ने बानी भएको; डुलन्ते।
37565 डुलुवा भूत ना. १.डुलिरहने खालको र हिँडेका मानिसहरूउपर लाग्ने एक किसिमको कल्पित भू।
37566 डुलुवा भूत ना. २. रन्डीबाज; गुन्डो।
37567 डुल्की ना. उफ्रेजस्तो गरी चारै खुट्टा छुट्टाछुट्टै वा क्रमैले उठाएर दगुर्ने घोडाको चाल।
37568 डुस ना. गुदद्वारबाट पाइप वा नलीद्वारा तरल औषधी पेटमा पुर्‍याई दिसा खुलाइने उपचार विशेष।
37569 डुहिँया ना. हे.डुइँया।
37570 डुहुरे वि. सानो कद वा गाँठीको; लुरे; डुहुरो।
37571 डुहुरे मुसो ना. १.सानो जातको मुसो।
37572 डुहुरे मुसो ना. २. (लाक्षणिक अर्थमा) केही गर्न नसक्ने लुरे मानिस।
37573 डुहुरो वि. सलक्क नपरी खिएको; सानो कद वा गाँठीको; लुरो।
37574 डुहुरो मुसो ना. १.सानो जातको मुसो।
37575 डुहुरो मुसो ना. २. (लाक्षणिक अर्थमा) केही गर्न नसक्ने लुरे मानिस।
37576 डूँड ना. हे.डुँड।
37577 डूम ना. हे.डुम।
37578 डेँढी ना. विष नहुने सानो जातको एक प्रकारको सर्प।
37579 डेउढा वि. १.छड्के वा टेढो; ड्यौढा।
37580 डेउढा वि. २. बाङ्गो।
37581 डेउढा वि. ३. दोठ्याङ परेको।
37582 डेउढी ना. १.ढोकाअगाडिको ठाउँ; खड्गेली; ड्यौढी।
37583 डेउढी ना. २. बाटो मोडिने वा सडक घुमेको ठाउँ; मोड; घुम्ती।
37584 डेउढो वि. १.अरूसँग मिल्ने स्वभाव नभएको; डेब्रो; अड्भङ्ग्याहा; ड्यौढो।
37585 डेउढो वि. २. डेउढा वा छड्के (बाटो आदि)।
37586 डेक्ची ना. थोरै बिट फर्केको, ठाडो र फराकिलो, पकाउने भाँडो; तपेस; डेक्ची।
37587 डेग ना. पाइलो;फड्को।
37588 डेग ना. (उदा. - जति भने पनि उनी घरबाट डेग चलेनन्)।
37589 डेगिलो वि. डेग भएको; डेग लाग्ने।
37590 डेडे वि. डेडो।
37591 डेडो वि. १.आँखा टेढो हुने वा टेढो भएर हेर्ने।
37592 डेडो वि. २. कर्के; बाङ्गो (आँखा)।
37593 डेढ वि. एक र आधा; साढे एक (१ १/२)।
37594 डेढअक्कल ना. नचाहिने खालको बढी अक्कल।
37595 डेढअक्कली वि. डेढअक्कल लाउने वा पूरा अक्कल नभएको;लालबुझक्कड।
37596 डेढी वि. एक र आधा; डेढ।
37597 डेपुटी ना. नायब; उप (जस्तै- डेपुटी रजिस्ट्रार, डेपुटी सेक्रेटरी इ.)।
37598 डेप्पा वि. दायाँभन्दा बायाँ हात बढी चल्ने वा चलाउने;देब्रे; बाउँटे।
37599 डेबरकाँडो ना. सुन्तला रङको जरा र ठुलठुला काँडा हुने, चाँगेका जस्ता पात लाग्ने, पहेँला बाटुला फूल फुल्ने एक जातको लहरो।
37600 डेब्रिनु अ.क्रि. १.टेढो स्वभावको हुनु; टेढिनु।