Dictionary

All Word

37401 डिँगरी ना. नचाहिँदो होहल्ला; सानोतिनो हल्ला।
37402 डिँगो ना. १.गाईगोरुलाई झोकले वा माया गरेर भनिने शब्द; डिङो।
37403 डिँगो ना. २. जवान अवस्थाको गाई वा गोरु; बस्तुभाउ।
37404 डिँगो ना. ३. मरेको जन्तुको सिनु।
37405 डिँगो ना. वि. ४. काम छलेर ठगीठगी खान पल्केको सुकुलगुन्डो; लन्ठ।
37406 डिक ना. बन्धकी; धितो।
37407 डिको ना. देवनागरी अक्षरका शिरमा तानिएको वा तानिने तेर्सो धर्को वा रेखा।
37408 डिग ना. बन्दुक, तोप आदिको निशाना वा लक्ष्य।
37409 डिग्री ना. १.विश्वविद्यालयको स्नातकोत्तर परीक्षामा उत्तीर्ण हुनेले पाउने उपाधि।
37410 डिग्री ना. २. गर्मी, ज्वरो आदिको तापमान नाप्ने वैज्ञानिक यन्त्र; थर्मामिटर।
37411 डिग्री ना. ३. कुनै कोणको अंश।
37412 डिग्री ना. देवानी अड्डाबाट पाइने मुद्दामामिलाको जितापत्र।
37413 डिङ ना. कसैसित गरिने फाइँफुट्टी; भएनभएको धाक।
37414 डिङो ना. हे. डिँगो।
37415 डिङ्गर ना. १.धूर्त र धोकेबाज मानिस; तुच्छ व्यक्ति।
37416 डिङ्गर ना. २. नोकरचाकर।
37417 डिङ्गर ना. ३. तुच्छ, कालो र मोटोघाटो मानिस।
37418 डिङ्गर ना. ४. नाङ्गाफुस्रा जोगीहरूलाई निन्दा गरी भनिने शब्द।
37419 डिङ्गरी ना. कसैलाई पिट्ने काम; चुटाइ (उदा.- निहुँ खोजाहाले डिङ्गरी नखाई चेत्दैन)।
37420 डिङ्ना/डिड्नु ना. लट्ठी; डिँगनु।
37421 डिजाइन ना. कुनै वस्तुको बनोट वा त्यसको ढाँचा;छाँट।
37422 डिजिटल घडी ना. रेडियोमा कार्यक्रमको सञ्चालनजस्ता महत्त्वपूर्ण कार्यका लागि उपयोगी हुने, सेकेन्डसहितको समय सूचित गर्ने विशेष किसिमको घडी।
37423 डिजेल ना. मोटर, ट्रक आदि चलाउन उपयोग गरिने वा इन्धन।
37424 डिटा ना. पाडाबाछाहरू बाँध्ने ठाउँ।
37425 डिटो वि. बियाएको छ महिनापछि नथाकुन्जेलको (गाईभैँसी); बकेर्नु।
37426 डिट्ठा ना. नायब सुब्बाभन्दा तल र मुखियाभन्दा माथि पर्ने पहिले पहिले बढी प्रचलित एक निजामती दर्जा।
37427 डिट्ठो ना. हे.डिट्ठा; नाइके;नायक।
37428 डिठ ना. दृष्टि; हे. दीठ।
37429 डिण्डिभ ना. पानीमा बस्ने सर्प; पानीसर्प।
37430 डिण्डिम ना. १.एक किसिमको ढोल बाजा।
37431 डिण्डिम ना. २. डिबडिबे।
37432 डित्थ ना. १.श्याम वर्णको राम्रो र विद्वान् युवक।
37433 डित्थ ना. २. काठद्वारा बनाइएको हात्ती।
37434 डिन ना. विश्वविद्यालयअन्तर्गत रहने कुनै अध्ययन,सङ्काय वा संस्थानका प्रशासन प्रमुख वा अध्यक्ष।
37435 डिपो ना. १.बिक्रीवितरण वा आपूर्तिका निम्ति कुनै सामान राखिने केन्द्र; गोदाम; भण्डार।
37436 डिपो ना. २. सेनामा नयाँ जवानहरू भर्ती गर्ने र तालिम दिने ठाउँ।
37437 डिप्लोमा ना. शैक्षिक क्षेत्रमा प्रमाणपत्र र स्नातकोत्तरका बिचमा रहेको, योग्यताक्रम वा परीक्षाको प्रामाणिक तह; उपाधि;स्नातक तह।
37438 डिबडिब क्रि.वि. डमरु आदि बज्दा आवाज आउने गरी।
37439 डिबडिबे ना. डमरुका ढाँचाको सानो माटाको बाजा; डमरु।
37440 डिबिया ना. १.मटीतेल हाली बत्ती बाल्ने बाटुलो खालको सानो भाँडो; टुकी।
37441 डिबिया ना. २. टिन आदिको बट्टा; डिब्बा; कुपी।
37442 डिब्बा ना. १.बिर्को भएको खत्र्याकखुत्रुक हालिने भाँडो; बट्टा।
37443 डिब्बा ना. २. मानिस बस्ने रेलको कोठा; डब्बा।
37444 डिभिजन ना. क्षेत्र; फाँट; विभाग; श्रेणी।
37445 डिभिजन बेन्च ना. फुल बेन्चभन्दा तल्लो सिङ्गल बेन्चले गरेको फैसला उपर पुनर्विचार गर्ने दुई जना न्यायाधीशहरू भएको बेन्च वा सभा; खण्डन्यायाधिकरण।
37446 डिमरेज ना. गोदाम आदिमा रहेका मालसामान अधिक समय रहनाले तिर्नुपर्ने हर्जाना।
37447 डिमाई ना. लमाइ बाइस इन्च र चौडाइ अठार इन्च भएको कागको नाप।
37448 डिमाई साइज ना. त्यस्तो कागतको आकार ( पुस्तक, पत्रिका आदिमा )।
37449 डिमार्केसन ना. वनजङ्गलको सुरक्षा आदिका निम्ति घेराबन्दी गर्ने काम; वनघेराउ।
37450 डिम्किनु अ. क्रि. हे.डम्किनु।