Dictionary

All Word

37251 डहन ना. २. पिर; कष्ट।
37252 डहना ना. लगाम झुन्ड्याउनका निम्ति घोडाका मुखभित्र रहने काँडादार फलामे डन्डी।
37253 डहर ना. साँघुरो सानो बाटो; गोरेटो; गल्छेडो; गल्ली;सोतो।
37254 डहाइ ना. १.डहने भाव, क्रिया वा प्रक्रिया।
37255 डहाइ ना. [डहाउ+आइ]।
37256 डहाइ ना. २. डहाउने भाव, क्रिया वा प्रक्रिया।
37257 डहाइनु क.क्रि. डाह गराइनु।
37258 डहाउनु प्रे. क्रि. डाह गराउनु।
37259 डहिनु अ.क्रि. डाह होइनु।
37260 डाँक्नु स.क्रि. १.कुनै ठाउँ, खोल्सो, नाला आदि उफ्रेर नाघ्नु; फट्कनु; पार गर्नु; तर्नु।
37261 डाँक्नु स.क्रि. २. छिटो गतिले धेरै हिँड्नु।
37262 डाँक ना. कुनै वस्तुको लिलाम गर्दा बढिबढाउ, घटिघटाउ आदिमा मोल तोक्ने बोली।
37263 डाँक ना. (उदा.- जे कुरामा पनि डाँकको बोली गरेर कसरी हुन्छ र !)।
37264 डाँक ना. १.चिठीपत्र आदि ओहोरदोहोर गराइने सरकारी प्रबन्ध; हुलाक व्यवस्था।
37265 डाँक ना. २. ठाउँ ठाउँमा बासको प्रबन्ध गर्नलाई सवारीभन्दा पहिले जाने डफ्फा।
37266 डाँक ना. ३. लामो यात्रामा छिटो पुग्न थाकेका वाहनहरूलाई बिचमा छाडी अर्को वाहन फेर्ने काम।
37267 डाँक आदेश ना. हुलाकबाट पठाइने आदेश; हुलाकी आदेश।
37268 डाँकखाना ना. डाँक चलाउने अड्डा; डाँकघर; हुलाक अड्डा।
37269 डाँकगाडी ना. १.हुलाकका चिठीपत्र आदि ओसारपसार गर्ने मोटर, रेल आदि सवारी।
37270 डाँकगाडी ना. २. प्रमुख स्थानहरूमा मात्र रोकिने द्रुतगामी मोटर, रेल आदि सवारी।
37271 डाँकघर ना. डाँकखाना; हुलाक घर।
37272 डाँकथैला ना. डाँकका वस्तुहरू हालेर चलाइने कपडा वा छालाका थैला।
37273 डाँकथैली ना. चिठीपत्रहरू हालिने सानो थैलो।
37274 डाँका ना. १.अरूको धनमाल आदि जबरजस्ती धतेर वा लुटेर लिने व्यक्ति; डाँकु।
37275 डाँका ना. २. त्यसरी धनमाल लुट्नलाई गरिने आक्रमण; डकैती।
37276 डाँकिनु क.क्रि. उफ्रेर नाघिनु।
37277 डाँकु ना. हे. डाँका।
37278 डाँके वि. ठुलठुलो स्वरले बोल्ने; डाँको भएको।
37279 डाँको ना. १.कसैलाई हप्काउने, तर्साउने, घुर्क्याउने आदि दृष्टिले झिकिने ठुलो स्वर वा आवाज।
37280 डाँको ना. २. रुवाइ फुटेको ठुलो स्वर।
37281 डाँको ना. ३. कुखुरो बास्ने काम।
37282 डाँख्लाडाँख्ली ना. सानाठुला धेरै डाँख्लाको समूह।
37283 डाँख्ली ना. सानो डाँख्लो।
37284 डाँख्ले वि. ठुलठुला डाँठ भएको; डाँख्ला हुने; डौँठे।
37285 डाँख्लो ना. उखु, सागपात आदिको डाँठ।
37286 डाँगी ना. इन्द्रजात्रामा इन्द्रकी आमाको प्रतीकका रूपमा ल्याइने व्यक्ति।
37287 डाँगो ना. १.भाले कुकुर वा कुकुरको छाउरो।
37288 डाँगो ना. पो. डाँगी (छाउरी)।
37289 डाँगो ना. वि. २. जवान र धिरी।
37290 डाँट्नु स.क्रि. डाँटनो कसैलाई तर्साउने दृष्टिले ठुलठुलो स्वर झिकी गाली गर्नु; हे. छाँस्नु; हप्काउनु; टोकस्नु।
37291 डाँट ना. १.डाँट्ने काम; इँटाइ।
37292 डाँट ना. २. खप्की; हप्की।
37293 डाँटडपेट ना. डाँट्ने र दपेट्ने काम; हप्काइदप्काइ।
37294 डाँटिनु क.क्रि. डाँट्ने काम गरिनु,; छाँसिनु; धम्काइनु।
37295 डाँठ ना. बोटबिरुवा वा सागपातको डाँख्लो;डाँख्लो।
37296 डाँठे वि. ठुलठुला डाँठ भएको; डौँठे।
37297 डाँड्नु स.क्रि. १.डाँड्ने काम गर्नु; डन्ड वा जरिवाना गर्नु।
37298 डाँड्नु स.क्रि. २. सित्तैँमा अरूलाई खर्च गराउनु।
37299 डाँड ना. १.कसैलाई बाजीमा हार्दा र कसुरबापत तिरिने वा तिराइने जरिवाना; आर्थिक वा शारीरिक दण्ड।
37300 डाँड ना. २. बिनसित्तिको खर्च।